• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘विरही’ गायकको रोमान्टिक रेकर्ड : सालको पात टपरी

64x64
नेपाल लाइभ बुधबार, पुस ११, २०७५  १३:२९
1140x725

बजारमा अहिले एउटा लोकदोहोरी गीत चर्चित छ-

सालकाे पात टपरी हुनी हे बरै नहुनी सल्लैकाे
तिम्राे माया कति छ कति हे बरै नलाउ पछि हल्लैकाे

लोकदोहोरी भन्नेबित्तिकै नाक खुम्च्याउने वर्ग र पुस्ताले समेत यस गीतलाई ‘टिकटक’को मसला बनाइरहेका छन्। भोज तथा पार्टीहरुमा कम्मर मर्काइरहेका छन्।

लोकदोहोरी गीतमा जमेका गायक कुलेन्द्र विश्वकर्माको पहिचान यो गीतले थप फराकिलो बनाइदिएको छ। लोकदोहोरी क्षेत्रमा ‘विरही गायक’को पहिचान बनाएका विश्वकर्माले रोमान्टिक गीतमा यसपल्ट रेकर्ड नै बनाएका हुन्।

अहिले गीत हिट/फ्लपको मापक मानिएको युट्युबमा डेढ करोड भन्दा बढीले हेरिसकेका छन्। हालसम्मै सबैभन्दा धेरै दर्शक पाउने लोकदोहोरी गीतका रुपमा यसले रेकर्ड बनाएको छ। लोकदोहोरी गीति क्षेत्रमा चर्चित वसन्त थापा र नवराज पन्तसँगको जुगलबन्दी कुलेन्द्रलाई पुनः एकपटक 'फलिफाप' भएको छ। यसअघि ‘डाँडै फुर्के सल्लो’मा थापा र पन्तसँगको सहकार्य कुलेन्द्रको सांगीतिक जीवनका लागि कोशेढुंगा नै सावित भएकाे थियाे। ‘डाँडै फुर्के सल्लो’मा थापा संगीतकार र पन्त गीतकारका रुपमा विश्वकर्मासँग सहकार्यमा थिए।

आफ्ना र अरुका गरी ३ हजारभन्दा बढी गीत गाइसकेका विश्वकर्मा हाल पहिलोपटक सफलता ‘सेलिब्रेट’ गर्ने मुडमा छन्। किनभने यो गीत कुलेन्द्रको गायन करियरमा ‘पुनर्जन्म’ नै हो। एक समय असाध्यै हिट भएर दिनमै ७ वटासम्म गीत रेकर्ड गराउने अवस्थासम्म पुगेका विश्वकर्मा पछिल्लो ४ वर्षदेखि भने केही ओझेलमा परेका थिए।

‘भावुक गीत भयो कि कुलेन्द्र’

विरहका गीतका लागि चिनिएका उनी लोकदोहोरी क्षेत्रमा रोमान्टिक गीतको युग आएदेखि केही ओझेलिएका थिए। विश्वकर्मालाई पनि विरहका गीतमा आफू डुबेर गाउन सक्छु जस्तो लाग्दोरहेछ। एक समय त बजारमा ‘ट्रेन्ड’ नै यस्तो भइदियो कि अलि भावुक खालको भाका छ, विरहका शब्द छन् भने ‘यो कुलेन्द्रलाई गाउन दिनुपर्छ’ भन्ने अवस्थासमेत बन्यो।

Ncell 2
Ncell 2
nimb
nimb

समयक्रमसँगै उनले यसको नाफा/घाटा दुबै बेहोरे। फाइदा भयो– विरहका धेरै गीत गाए। घाटा भयो– स्टेज कार्यक्रममा दर्शकलाई बुरुक–बुरुक उफार्ने गीतको अभाव भयो।

जब उनलाई आफ्नो करियर र पछिल्लो बजारको अवस्थाका बारेमा त्यति तालमेल नमिलेको तत्वबोध भयो, चार वर्षपछि उनको सक्रियता बढ्यो–एउटा ‘डान्सिङ नम्बर’ बजारमा ल्याउन। यसका लागि उनले गीतसंगीतका लागि आफ्ना पुराना मित्रहरु वसन्त थापा र नवराज पन्तलाई गुहारे। अमेरिका बस्दै आएका नवराज पन्तले गीत लेखे। र थापाले संगीत भरे। कुलेन्द्रलाई गायिका विष्णु माझीले स्वरमा साथ दिइन्। अर्का प्रभावशाली संगीतकार आशीष अविरलले संगीत संगीत संयोजन गरे। भिडियोमा पनि विश्वकर्मा र थापा आफैं ‘कास्ट’ भएका छन्। मरिस्का पोखरेलसँगको यी दुबैको ‘केमेस्ट्री’लाई पनि दर्शक र श्रोताले रुचाइदिए।

‘गीत अनपेक्षित हिट भयो,’ सफलता सेलिब्रेट कार्यक्रमको निम्तो दिने क्रममा नेपाल लाइभसँग कुरा गर्दै गायक विश्वकर्माले भने, ‘राम्रो गीत भयो भने लोकदोहोरी मात्रै होइन, सबै क्षेत्रमा उत्तिकै रुचाइन्छ भन्ने यसले प्रमाणित गर्‍यो।’

Xtrem

Xtrem

स्टेज कार्यक्रममा जाँदा नाँच्न र हाँस्न धेरैले खोज्ने गरेको बुझाइ छ गायक विश्वकर्माको। भने, ‘त्यो अभाव यो गीतले पूरा गरेको छ।’ उनले मीठो स्वरमा शान्त भएर गहिरो भावका गीत सुन्ने स्रोता हालसम्म पनि गुमाएका छैनन। त्यसका लागि उनका यसअघिका गीत छँदैछन्।

दुःख यथार्थ, रमाइलो क्षणिक

गायक विश्वकर्माले रोमान्टिक गीतमा पनि आफ्नो स्वरमार्फत उत्तिकै न्याय गर्न सक्छन् भन्ने यही गीतले प्रमाणित गरिदिएको छ। यसअघि पनि केही रोमान्टिक गीत उनको स्वरमा नआएका होइनन्। ती गीत पनि एक तहसम्म चर्चित छन्। तर, उनलाई दुःख यथार्थ र रमाइलोको आयु क्षणिक जस्तो लाग्छ।

‘हरेकको जीवनमा सुख त एकछिन न हो। त्यसमाथि म दुःखका अनेकन जंघार तरेर यहाँसम्म आइपुगेको हुँ। दुःखसँगै जन्मे हुर्केको भएर मलाई त्यस्ता गीत गाउँदा गहिराइसम्म पुग्ने ऊर्जा मिल्छ,’ उनले केही समयअघि दुःखका गीत गाउनुका कारण सुनाएका थिए।

कतार जान नपाउँदा कलाकार

पर्वतको लुङ्खुदेउराली भन्ने गाउँको सामान्य आर्थिक हैसियत भएको दलित परिवारमा जन्मेका विश्वकर्माभित्र कलाकार बन्ने सपनाले पखेटा सानैमा हालेको थियो। तर, त्यो पूरा गर्न सहज थिएन। ‘कलाकार बन्ने त सपना मात्रै थियो। त्यो यथार्थमा परिणत गराउने आर्थिक हैसियत त्यो बेला कहाँ थियो र हामीसँग?,’ उनी सम्झिएर आफैंसँग प्रश्न गर्छन्।

घरखर्च राम्ररी चलाउन हाम्रा गाउँका हरेक हुर्केका युवा कतार, दुबईतिर लाग्ने प्रचलन जस्तै भइसकेको थियो। २०५८ सालमा एसएलसी पास गरेपछि उनीसँग पनि थप पढ्न सक्ने वा कलाकार बन्नेतिर लाग्ने आधार थिएन। परिवारको जेठो छोरा भएकाले घर चलाउनकै लागि भएपनि विश्वकर्मालाई विदेशतिरै लाग्नुपर्ने अवस्था आयो। ‘म पहिलोपल्ट कतार जाने भनेर पासपोर्ट बनाउन काठमाडौं आएको थिएँ। विदेश जानका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने रहेछ। मेरो उमेर केही महिना पुगेन,’ उनले पुराना दिनमा फर्किंदै सुनाए, ‘त्यसपछि मसँगै आएका गाउँका अरु कतार गए, म भने फर्केर गाउँतिरै गएँ।’

विदेश जानु घरपरिवार चलाउन सहयोग गर्ने मुख्य उद्देश्य थियो नै। कतार पुगेर कमाएको पैसाले गीत रेकर्ड गराएर गायक बन्ने विश्वकर्माको झन् ठूलो सपना समेत टुट्यो त्योबेला। ‘उमेरले गायक बन्ने सपना समेत रोकेकोमा निकै दुःखी बनायो। त्यसपछि जस्तो दुःख गरेर भएपनि काठमाडौं बस्छु र गायक बन्छु भनेर काठमाडौं आएँ,’ उनले विगत सम्झिए।

गायक होइन, वाद्यवादक

उनले गायक बन्न धेरै थोक गरे। आफूले चिनेका व्यक्तिलाई भनुसुन गरे, अनेकथरी पापड पनि बेले। त्यसमध्ये निकै भनसुन गरेर दोहोरी साँझमा मादल बजाउने जागिर गरेकोलाई आफ्नो गीती यात्राको पहिलो सिँढीका रुपमा लिन्छन्। दुःख गरेर जागिर पाएकाले त्यहाँ उनलाई गीत गाउने आँट आएन। ‘गीत गाउने हुनका लागि झन् ठूलो ‘सोर्सफोर्स’ चाहिन्थ्यो,’ केहीबेर मुस्कुराएपछि विश्वकर्मा संवादमा जोडिए, ‘गीत गाउँछु भनेर अघि सर्‍यो भने बल्लतल्ल हात परेको मादल बजाउने जागिर पनि छाड्नुपर्ला कि भन्ने डर लाग्थ्यो।’

बेलुकी दोहोरीसाँझमा जागिर गरेपछि दिउँसो उनी रेडियो नेपाल धाउँथे। रेडियो नेपालबाट हरेक शुक्रबार लोकदोहोरी गीतको कार्यक्रम ‘चौतारी’ बज्थ्यो। त्यसमै गाउन पाइएला भनेर विश्वकर्मा धेरै समय रेडियो नेपाल धाए। ‘पछि मेरो स्वर त्यहाँका दाइदिदीहरुलाई मन परेर गाउन दिन थाले। त्यसपछि गीत गाउन देलान् कि भनेर म्युजिक कम्पनी धाउन थालें,’ उनले स्मरण गरे। उनले धेरै धाएको मध्ये एक कम्पनी रञ्जना म्युजिक थियो। त्यो बालाजुमा थियो। ‘म अनामनगरबाट बालाजु प्रत्येक दिन हिँडेर जाने र आउने गर्थें। पाँच रुपैयाँमा चिउरा र दालमोठ किनेर चपाउँदै ओहोर–दोहोर गर्ने हाम्रो सानोतिनो ग्याङ नै थियो,’ उनले संघर्षका दिन फर्केर हेरे।

पहिलो गीत ‘के छ हालचाल’

पहिलो गीत रेकर्ड गराउने दिन उनले धेरै समयदेखि कल्पना गरेको दिन थियो। काठमाडौंमा निकै दुःख गरेपछि साथीहरुको सहयोगमा उनले एउटा गीत रेकर्ड गर्ने रकमको जोहो गरे। ‘के छ हालचाल’ नामक गीत बनाएर रेकर्ड गर्न उनी स्टुडियो पुगे। गीत राम्रै बनेको थियो।

तर, त्यतिबेला लोकदोहोरी गायकमा राजु परियारको दबदबा थियो। हरेकले उनको स्वरमा रेकर्ड गराउँथे। किनभने उनले गीत गाए भने ‘हिट’ हुन्छ भन्ने विश्वास थियो। ‘त्यसैले मेरो गीत पनि राम्रो भएकाले नयाँ गायकले गाएर खेर नफाल्ने निर्णयमा स्टुडियोका मान्छेहरु पुगे,’ उनले भने, ‘मैले जिद्दी गरें, बिन्तीभाउ बिसाएँ। त्यसपछि एकपल्ट ट्राइ गर्न दिन उनीहरु राजी भए। मैले गाउन थालेपछि उनीहरुले बल्ल भने, राम्रै गाउने रहेछ। गाउन दिउँ।’

गीत रेकर्ड त भयो तर त्यसलाई बजार पठाउन म्युजिक कम्पनी तयार भएनन्। तयार हुनेले पनि निकै दुःख दिएर मात्रै बजारमा पठाए।

उनले हिजोआज पनि ती दिनहरु धेरै भन्दा धेरै नै सम्झिने बताउँछन्। साथीभाइ आफन्तहरुसँग दुःखका दिन बाँड्न रुचाउँछन्। भन्छन्, ‘कहिलेकाहीं त एक्लै सम्झेर खुशीका आँशु पनि झर्छन्।’

बुधबार दिउँसो यी ‘विरही गायक’ साथीभाइ जमघट गरेर फेरि आँशु झार्न खोजिरहेका छन्। आँशुको रङ उस्तै भएपनि सन्दर्भ फरक हुनेछ। उनका लागि यसपटकको पालो खुशीका आँशु झार्ने परेको छ।

हेर्नुस् 'सालकाे पात टपरी हुनी':

प्रकाशित मिति: बुधबार, पुस ११, २०७५  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
फेसबुके राजा र फेसबुके रानी भन्दै मिराज ढुंगानाले गरे कटाक्ष सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्