• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२ Sat, May 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ
\'अनि मात्र थाहा भयो, यस्ता भिडियो त म्युजिक भिडियो पो रहेछन्\' 
64x64
नेपाल लाइभ सोमबार, पुस ९, २०७५  १५:४०
1140x725

काठमाडौं-

मायालु तिमी टाढा भई दिनाले 
छातीमा पिर बोकी हासेर के गरौं 
मनका कुरा बोकेर के गरौं 

जब अभिनेता भुवन केसी यिनै शब्दहरूमाथि सुर र तालमा गुञ्जिन थाले दर्शकदीर्घामा बसेका छोरा अनमोल केसी बुबाको गायनकला नियालिरहेका थिए। सँगै रहेका अन्य कलाकर्मी पनि उतिकै जिज्ञासु नजरमा मुस्कुराई रहेका थिए। उता भुवनको संगीतमय आवाजलाई आ-आफ्ना क्यामेरमा कैद गर्न सञ्चारकर्मीहरू पनि उतिकै चनाखो देखिन्थे।

यतिकैमा भुवनले भने,‘यो चाँहि नेपालको पहिलो म्युजिक भिडियोको गीत हो। यसमा शम्भूजित बास्कोटाले संगीत र निर्देशन दुबै गर्नुभएको थियो।’  भुवनको यो भनाइलाई पुष्टि गर्दै सञ्चारकर्मी नरेश भट्टराईले थपे,‘हो यो नेपालको फस्ट म्युजिक भिडियोको गीत हो।  यसमा भुवन दाईकै स्वर र अभिनय तथा विजय उदयका शब्द छन्।’

गत मंसिर २७ गते अभिनेता भुवन केसी र उनकै छोरा अनमोल केसीको अभिनयमा निर्माण भएको फिल्म ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक कार्यक्रमा देखिएको माहोलको एक अंश हो यो। यही माहोलभित्र रहेर पंक्तिकारमा विभिन्न जिज्ञासाहरू सृजना भए। यस्ता जिज्ञासा आम मानिसहरुमा सृजना भइरहका छन्।

त्यसको एक हप्तापछि अभिनेता भुवन केसीसँग संयोगले काठमाडौंको कुमारी हलमा एक कार्यक्रममा पुनः भेट भयो। उनी बजारमा सार्वजनिक भएको आफ्नो गीतको प्रतिक्रिया लिन जासुसझैं तल्लीन थिए। यसै क्रममा भुवनले सांगीतिक यात्रा र आफ्नो पहिलो म्युजिक भिडियोमा गरेको अभिनयका सम्बन्धमा पंक्तिकारसँग विभिन्न किस्साहरू पोख्न थाले। 

उनले मुस्कुराउदै भने, ‘उतिबेला हामीलाई म्युजिक भिडियो भनेको के हो, थाहै थिएन। गायकहरू रेडियो नेपालमा गाँउनु हुन्थ्यो। उहाँहरूलाई स्रोताले आवाजको भरमा चिन्नु पर्ने हुन्थ्यो। अन्य 'सिनियर' दाइहरू स्टेजमा गाँउनु हुन्थ्यो। उहाँहरुलाई देख्नेले चिन्ने गर्दथे। तर हामीलाई भने एउटा नयाँ चिज गरेर हेरौं न भनेर भिडियोको अवधारणा ल्याएका थियौं। सोही अवधारणा अनुसार हामी म्युजिक भिडियो बनायौं पनि। पछि निकै चर्चित पनि भयो।’ 

Ncell 2
Ncell 2

यति भनेर केही क्षण विश्राम लिएका उनी लामो समय रोकिएनन्। उनमा रोमाञ्चकता थपिँदै गएको देख्न सकिन्‍थ्यो। ‘त्यसअघिका घटना मेरो स्मरणमा छैनन्। यस किसिमको भिडियो नेपालमा मात्र नभएर भारतमा पनि शायदै कम मात्र बनेका थिए होला । तर पछि विस्तारै अन्य भिडियोहरू बजारमा आउन थाले। अनि मात्र थाहा भयो, हामीले बनाएको भिडियो त म्युजिक भिडियो पो रहेछ। जुन अहिले निकै प्रचलनमा छ। सबैले सजिलै थाहा पाउँछन्।’

भुवनलाई नेपालको पहिलो म्युजिक भिडियोमा अभिनय गरेको याद छ। तर उनलाई ठ्याक्कै मिति चाँहि स्मरण छैन। ‘यति नै साल भनेर याद त छैन। तर भयो होला ३० वर्षभन्दा बढी। किनकि उतिबेला म अनमोल जस्तै जवान थिएँ।’

चञ्चले स्वभावका भुवन उतिबेला निकै मेहनतका साथ लागि पर्ने गरेको सुनाउछन्। त्यसमा पनि एउटा गीतका लागि गरिएको अभिनयमा आफ्नो प्रस्तुती अव्वल बनाउने ध्याउन्नमा थिए उनि। काठमाडौं, भक्तपुर र विशेष गरि सल्लाघारी आसपासमा छायांकन गरिएको भिडियोलाई छायांकार जय सिंह शहले साथ दिएका थिए।

यसरी निर्माण भएको थियो पहिलो म्युजिक भिडियो
भुवनको अभिनयमा रहेको उक्त गीतका निर्देशक हुन् संगीतकार शम्भूजित बास्कोटा। उनैको अवधारणा र योजनामा निर्माण भएको थियो नेपालको पहिलो म्युजिक भिडियो। संगीतकार शम्भूजित सम्झन्छन्, ‘करिब २०४३/४४ सालको कुरा हो, म नेपाल टेलिभिजनमा ‘संगीत संगम’ नामक कार्यक्रम सञ्चालन गर्थें। कार्यक्रमको 'फरमेट' र 'कन्सेप्ट'अनुसार संगीत क्षेत्रमा आबद्ध व्यक्तित्वहरूका 'रेकर्डिङ स्टुडियो'मा 'लिप्सिङ' गरिएका भिडियोहरू प्रसारण गर्ने गथ्यौं। यसै शिलशिलामा भुवनसहित हाम्रो टिमले केही नयाँ गरेर टेलिभिजनमा भिडियो बजाऔं भनेर योजना बनायौं। सोही अनुसार भिडियो निर्माण भएको हो।’ 

shivam cement

shivam cement

भिडियो छायांकन सम्बन्धमा शम्भूजितले थपे,‘हामीसँग टेलिभिजनको क्यामेरा थियो। सोही क्यामेराले सुटिङ गर्यौं। गीतको भिडियोको पूरै छायांकन १ दिनमा पूरा भयो। नेपालमा म्युजिक भिडियोको सुरुवात गराएको थियो।’ भारतमा पनि सोभन्दा अघि खासै म्युजिक भिडियो नभएको संगीतकार बास्कोटाको दाबी छ। 

संगीतकार  बास्कोटाले भिडियो बनाए र टेलिभिजनमा प्रसारण पनि गरे। तर उनैलाई पनि थाहा थिएन कि यस प्रकारको भिडियोलाई बजारमा के भनिन्छ, भनेर। यस विषयमा बास्कोटा भन्छन्,‘यसपछि हामीले अन्य धेरै भिडियो बनायौं। बजारमा अन्य भिडियोहरु पनि आउन थाले। अनि बल्ल थाहा भयो, यस्ता भिडियोलाई त म्युजिक भिडियो भन्नुपर्ने रहेछ।’

यस्तो थियो पहिलो म्युजिक भिडियो

प्रकाशित मिति: सोमबार, पुस ९, २०७५  १५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते
चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको मृत्यु
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा शुक्रबार, जेठ २, २०८२
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको मृत्यु शुक्रबार, जेठ २, २०८२
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश शुक्रबार, जेठ २, २०८२
ट्रम्पको पश्चिम एसिया भ्रमण सम्पन्न शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्