• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पूर्वराजदूत झा हत्या : किन सुल्झाउन सकेन प्रहरीले रहस्य?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १२, २०७५  ००:१४
1140x725

काठमाडौं- पूर्वराजदूत केशवराज झाको बबरमहलस्थित आफ्नै निवासमा हत्या भएको दुई महिना नाघिसकेको छ। गत भदौ ३ गते राति चक्कु प्रहारबाट ८० वर्षीय वयोवृद्ध झाको हत्या भएको थियो। हत्यालगत्तै अनुसन्धानमा जुटेको प्रहरीले अहिलेसम्म हत्यारा नजिक पुग्न सकेको छैन। यद्यपि प्रहरीले अनुसन्धान भने जारी नै राखेको छ।

_x000D_ _x000D_

हत्याको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाले झाको हत्यालाई रहस्यमय मध्येको एक भएको बताएको छ। अनुसन्धानमा खटिएको महाशाखाकाले अहिलेसम्म झाको हत्या किन र कसले गर्‍यो पत्ता लगाउन सकेको छैन। हत्याको अनुसन्धान गरिरहेका महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर भन्छन् ‘एकमदै प्रोफेसनल तरिकाले हत्या गरिएको छ। यस्तो जटिल केसका अनुसन्धान लामो समयसम्म पनि जान सक्छ।’

_x000D_ _x000D_

अहिलेसम्म अनुसन्धानमा प्रगति नभएको राठौरको भनाई छ। सोधपुछ र बयान लिने काम बाहेक प्रहरीले नयाँ तथ्य फेला पार्न सकेको छैन। प्रहरीले झा हत्याको अनुसन्धानको सिलसिलामा अहिलेसम्म ४ सय जनाभन्दा बढीसँग सोधपुछ गरिसकेको जनाएको छ। तर परिणाम भने शून्य छ।

_x000D_ _x000D_

घटना मोड्न नाटक
_x000D_ हत्यामा परिवारका सदस्यको पनि संलग्नता हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ। अहिले पनि प्रहरीले परिवारका सदस्यलाई बेला-बेलामा सोधपुछ गरिरहेको बताउँदै आएको छ।घटनाको दुई दिनअघि विदेश गएका झाका छोरा–बुहारी हत्यापछि नेपाल फर्किएका थिए। बाबुको अन्त्येष्टि र अन्तिम कर्ममा सहभागी भएर बुहारी फेरि विदेश फर्किसकेकी छिन् भने छोरा किरणराज झासँग प्रहरी पटक-पटक सोधपुछ गरिरहेको बताएको छ। महाशाखाको एक प्रहरीका अनुसार अहिले प्रहरीको अनुसन्धान परिवारभित्रै बढी केन्द्रित छ। जसका केही कारण पनि रहेको बताइएको छ। 

_x000D_ _x000D_

झ्याल बन्द हुनु र कोठाको ढोका खुल्ला हुनु, गेटमा बसेको पालेले कोही आए/गएको थाहा नपाउनुले आशंका गर्ने ठाउँ भएको प्रहरी स्रोतले बतायो। 

_x000D_ _x000D_

यतिमात्रै होइन, झाको भान्साकोठाको चक्कुबाटै उनको हत्या हुनु र झ्यालको जाली पटक-पटक च्यातिएको हुनुले हत्या गरेर घटना अन्यत्र मोड्न नाटक गरेको देखिएको महाशाखाका एक प्रहरी अधिकारीले बताए। ती प्रहरीले भने ‘घरको सिसा फुटेको र जाली काटिएका घटना यसअघि पनि पटक-पटक भएको पाइयो। जसकारण हत्या गरेर घटना अन्यत्र मोड्नका लागि नाटक गरेजस्तो देखिन्छ।’

_x000D_ _x000D_

यसकारण हत्यामा परिवारका सदस्य र आफन्तहरु प्रहरीको शंकाको घेरामा छन्। हत्याको अनुसन्धान जटिल मोडमा पुगेको प्रहरीले जनाएको छ। 

_x000D_ _x000D_

झाको हत्या हुनुभन्दा २ दिनअघिदेखि नै नयाँ फौजदारी कानून र मुलुकी अपराध संहिता लागु भएको थियो। महाशाखाका एक प्रहरीका अनुसार नयाँ अपराध संहिताका कारण पनि घटना पत्ता लाग्न केही गाह्रो भएको छ। एक प्रहरीले भने ‘हामीले आशंका गरेका व्यक्ति स्वयम् पीडित छन्। पीडितलाई थप पीडा दिएर अनुसन्धान गर्न सक्ने ठाउँ छैन।’

nimb
nimb
_x000D_ _x000D_

कतिपय अवस्थामा अभियुक्तले फकाएको भरमा कुरा खोल्ने नगरेकाले सामान्य यातना पनि दिनुपर्ने हुन सक्छ । तर नयाँ अपराध संहिताले यातना दिन नमिल्ने भएकाले अनुसन्धानमा केही जटिलता भएको एक प्रहरीले बताए।

_x000D_ _x000D_

पक्राउ परेर छुटेकामाथि अझै निगरानी
_x000D_ झाको हत्या आरोपमा महाशाखाको टोलीले झाकै घरमा पाले बसेका सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङलाई पक्राउ गरेको थियो। भदौ २९ गते ८/८ हजार रुपैयाँ धरौटीमा उनीहरु छुटेका थिए। उनीहरुको पोलिग्राफ परीक्षणमा पनि केही नदेखिएकाले धरौटीमा रिहा भएका थिए। अहिले झाको घरको सुरक्षा गार्ड, मालीसमेत परिवर्तन गरिएको छ। 

_x000D_ _x000D_

आशंका गरेर पक्राउ गरिएका व्यक्ति निर्दोष देखिएर छुटेपछि प्रहरीलाई हत्यारा पत्ता लगाउन थप चुनौती थपिएको थियो। यद्यपि पक्राउ परेर छुटेका निर्दोष देखिए पनि प्रहरीले भने उनीहरुमा निगरानी बढाइरहेको छ। महाशाखाका एसपी राठौर भन्छन् ‘उनीहरु छुटेका मात्रै हुन् । हाम्रै निगरानीमा छन्। केही क्लु फेला परे फेरि पक्राउ पर्न सक्छन्। हामीले अनुसन्धान गरिरहेका छौं।’

_x000D_ _x000D_

हत्या योजनाबद्ध र पेसेवरबाट 
_x000D_ प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कुलगायत अन्य प्रमाण फेला पारेको थियो। तर चक्कुको ल्याब टेस्ट गर्दासमेत कसैको फिंगर प्रिन्टसँग नमिलेको प्रहरीले जनाएको छ। चक्कुमा समेत कुनै प्रमाण नछोड्नुले हत्या योजनाबद्ध र पेसेवरबाटै भएको हुनसक्ने पनि प्रहरीको आँकलन छ। 

_x000D_ _x000D_

चक्कुमा फिंगर प्रिन्ट फेला नपरेपछि प्रहरीले पञ्जा लगाएर हत्या गरेको आशंका गरेको थियो। झाको घरबाहिर फालिएको पञ्जा प्रहरीले प्रमाणका रुपमा उठाए पनि त्यसबाट समेत कुनै तथ्य फेला पर्न सकेन। प्रहरीले बरामद गरेको पञ्जा हत्या गर्दा प्रयोग नगरेको पाइएको छ। 

_x000D_ _x000D_

तालिम प्राप्त कुकुर लगेर घटनास्थलमा स्न्याफिङ गराउँदा समेत हत्याको क्लु फेला पर्न सकेन। कुकुरले संकेत गरेअनुुसार पालेलाई नियन्त्रणमा लिएर अनुस्न्धान गर्दा उनी निर्दोष देखिए।

_x000D_ _x000D_

सबैतिरका गेट बन्द भएको घरमा हत्याराहरु कसरी प्रवेश गरे? झ्यालको जाली काट्दा कोठामा रहेकी श्रीमतीले किन थाहा पाइनन्? कसैसँग पनि रिसइबी नभएको भद्र परिवारका सदस्यलाई किन आक्रमण भयो? घरमा रहेको कुकुर त्यो रात किन भुकेन? जस्ता प्रश्नहरु अझै अनुत्तरित छन्। यसको जवाफ अनुसन्धानमा खटिएको प्रहरीले समेत पाउन सकेको छैन।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  ००:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्