काठमाडौं– नेपाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
उनले यस अवस्थामा सरकारले पीडितको खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि मागेको सहयोगमा सानो भए पनि बल थपिने भएका कारण आफ्नो कम्पनी आमा सरस्वती मुभिज प्रालिका तर्फबाट हाललाई प्रधानमन्त्री राहत कोषमा ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जानकारी दिएका छन् ।
उनले अन्य खाद्य सामग्री र कपडाहरुसमेत पठाउने क्रममा रहेको बताएका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।