• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

शारीरिक क्रियाकलाप: कुन उमेरमा कति जरुरी हुन्छ ?

64x64
नेपाल लाइभ बुधबार, असार ३२, २०८२  १०:००
1140x725

रेणु श्रेष्ठ

हाम्रो दैनिक जीवनमा हामीले विभिन्न शारीरिक क्रियाकलाप गर्छौं। हाम्रो शरीरमा रहेका ६०० भन्दा बढी मांसपेशीहरूले सन्तुलित ढङ्गमा काम गर्दा हामी यी क्रियाकलापहरु गर्न सक्षम हुन्छौँ। शारीरिक क्रियाकलापले हाम्रो समग्र स्वास्थ्यलाई नै प्रभाव पारिरहेको हुन्छ। आजभोलि आधुनिककरण तथा प्राविधिक विकास सँगसँगै हामीले गर्ने दैनिक क्रियाकलापमा पनि परिवर्तन आएको छ। यसले हाम्रो दैनिकीलाई सरल त बनाएको छ तर शारीरिक क्रियाकलाप कम हुँदै गइरहेको छ। 

शरीरलाई स्वस्थ राख्न र शारीरिक सन्तुलन बनाइराख्न हामीमध्ये कतिपयले आफ्नो दैनिकीमा व्यायाम र योगको अभ्यास गरिरहेका छौं। कतिपयलाई स्वास्थ्यकर्मीले नै योजनाबद्ध रुपमा व्यायाम स्वीकृत गरिदिनुभएको छ। व्यायाम भनेको योजनाबद्ध, संरक्षित र दोहोर्‍याएर गरिने शारीरिक गतिविधि हो। तसर्थ सामान्य शारीरिक क्रियाकलापले हाम्रो शरीरलाई सक्रिय राख्छ तर लक्षित व्यायाम विशेष स्वास्थ्य समस्याहरूमा सुधार ल्याउन प्रयोग गरिन्छ जुन विशेषज्ञद्वारा सिफारिस गरिन्छ। शारीरिक क्रियाकलापको तीव्रतालाई तीन भागमा वर्गीकरण गरिएको छ। कम तीव्रता मध्यम तीव्रता र बढी तीव्रता।

शारीरिक तीव्रतालाई हामी मुटुको चाल वा श्वासको गतिबाट मापन गर्न सक्दछौं। कम तीव्रताको गतिविधिमा शरीर हलुका चलिरहेको हुन्छ तर सास र मुटुको गति खासै बढ्दैन, तपाईं सजिलैसँग गफ गर्न सक्नुहुन्छ। उदाहरण: बिस्तारै हिँड्नु, घरको हलुका काम र सरसफाई। मध्यम तीव्रताको गतिविधिमा साँस र मुटुको गति केही बढ्छ। गफ गर्न सकिन्छ तर निरन्तर रूपमा बोल्न गाह्रो हुँदै जान्छ। उदाहरण: छिटो हिँड्नु, सामान्य साइकल चलाउनु, घरको गाह्रो काम जस्तै पोछा लगाउने, बगैँचामा खन्ने आदि। उच्च तीव्रताको गतिविधिमा सास धेरै चाँडो बढ्छ पसिना आउँछ; बोल्न गाह्रो हुन्छ र केही शब्द मात्र बोल्न सकिन्छ। उदाहरण: दौडनु, डाँडामा उकालो हिँड्नु, खेलकुद आदि।

 विश्व स्वास्थ्य संगठनले विभिन्न उमेर समूह र अवस्थाको अनुसार के र कति शारीरिक क्रियाकलाप गर्ने भनेर सिफारिस गरेको छ। ५ देखि १७ वर्षसम्मको उमेर समूहको लागि दिनको कम्तीमा एक घण्टा मध्यमदेखि बढी तीव्रता हुने शारीरिक क्रियाकलाप गर्न सिफारिस गरेको छ। यसका साथै हप्तामा कम्तिमा तीन दिन मांसपेशी तथा हड्डीलाई दरो बनाउन बढी तीव्रताको क्रियाकलाप गर्न सुझाव दिन्छ। १८ देखि ६४ उमेरका वयस्कहरूको हकमा भने सबैलाई कम्तीमा हप्ताको १५० देखि ३०० मिनेट मध्यम तीव्रता हुने क्रियाकलाप वा कम्तीमा ७५ देखि १५० मिनेट बढी तीव्रता हुने क्रियाकलाप वा दुवैको समतुल्य संयोजन गर्न सिफारिस गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

थप शारीरिक फाइदाको लागि हप्ताको दुई दिन मांसपेशी दरो बनाउने मध्यम या तीव्र गतिको क्रियाकलाप गर्न सिफारिस गर्दछ। ६५ वर्षको उमेरपछि पनि वयस्कहरूको जतिकै शारीरिक क्रियाकलाप गर्न सिफारिस गरेको छ। त्यो बाहेक हप्ताको तीन दिन शारीरिक सन्तुलन र शक्ति बढाउने मध्यमदेखि बढी तीव्रताको क्रियाकलाप गर्न सिफारिस गर्दछ। बुढ्यौलीमा पर्याप्त शारीरिक क्रियाकलापले गर्दा लड्ने र लडेपछि हुने चोटपटक जस्तै हड्डी टुट्ने, मांसपेशीको चोटपटकबाट बचाउने र दैनिकी क्रियाकलाप गर्न पनि सहज हुन्छ। स्वास्थ्यकर्मीले निषेधित नगरेको हकमा हप्ताको ३०० मिनेटभन्दा बढी मध्यम तीव्रता हुने शारीरिक क्रियाकलाप वा हप्ताको १५० मिनेट भन्दा बढी बढी तीव्रता हुने शारीरिक क्रियाकलापको लागि सिफारिस गर्दछ। 

सामान्य गर्भवती तथा सुत्केरी अवस्थामा हप्ताको कम्तिमा १५० मिनेट मध्यम तीव्रताको शारीरिक क्रियाकलापको लागि सिफारिस गरेको छ। साथै मांसपेशी दरो बनाउने क्रियाकलाप र मांसपेशी तन्काउने सामान्य कसरतहरू पनि फाइदाजनक हुन्छन्। गर्भवती हुनुभन्दा पहिले नै बढी शारीरिक संलग्न महिलाहरू वा शारीरिक क्रियाकलापमा पर्याप्त सक्रिय महिलाहरुलाई ती क्रियाकलापहरु सुचारु राख्न सिफारिस गरेको छ। यो अवस्थामा पर्याप्त शारीरिक गतिविधिले गर्भवती अवस्थामा हुने उच्च रक्तचाप मधुमेह अति मोटोपना प्रसव व्यथा तथा सुत्केरी अवस्थामा हुने जटिलता तथा डिप्रेसन हुनबाट बचाउन सक्दछ। यी अवस्थामा भने शारीरिक क्रियाकलाप गर्दा होसियार रहनु पर्छ र स्वास्थ्यकर्मीको सुझाव पनि लिनुपर्दछ। 

वयस्क तथा बुढ्यौली उमेर समूहमा दीर्घ रोगहरू जस्तै क्यान्सर, उच्च रक्तचाप, मधुमेह, एचआइभीमा पनि पर्याप्त शारीरिक क्रियाकलापले समस्या अनुसारको फाइदा पुर्‍याउँछ जस्तै रोग बढ्नबाट जोगाउने, नियन्त्रणमा राख्ने, दैनिकीको गुणस्तर सुधार गर्ने, मृत्युदर घटाउने र मानसिक स्वास्थ्य सबल राख्ने। यो अवस्थामा शारीरिक गतिविधिको तीव्रता र समय भने बुढ्यौली उमेरको जतिकै गर्न सिफारिस गरेको छ। अपाङ्गता भएका वयस्क तथा वृद्ध व्यक्तिहरूलाई पनि समान समय र तीव्रताको सिफारिस गर्दछ। 

अपाङ्गता भएका बालबालिकाहरूमा पर्याप्त शारीरिक क्रियाकलापले शारीरिक स्फूर्ति प्रदान गर्ने, हड्डी र मांसपेशी दरो बनाउनुको साथसाथै संज्ञात्मक विकासमा सहयोग गर्दछ र दैनिकी कार्यमा पनि सुधार ल्याउँछ। शारीरिक गतिविधिको समय र तीव्रता भने सामान्य बालबालिकाहरूको जस्तै गर्न सिफारिस गरेको छ।


ध्यान दिनुपर्ने कुराहरू 
•    धेरै समयसम्म आसिन भएर बस्दा दीर्घ रोगहरू जस्तै मुटुरोग क्यान्सर र मधुमेहको जोखिम बढ्दछ। त्यसैले आसिन समय खटाई शारीरिक सक्रियता बढाउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। 
•    हरेक क्रियाकलापले माइना राख्छ: कामको क्रियाकलाप, खेलकुद, घरायसी काम वा फुर्सदको गतिविधिहरु।
•    हामीले बसेर बिताउने समय विशेषगरी मनोरञ्जनात्मक स्क्रिन समयलाई सकेसम्म सीमामा राख्नुपर्छ।
•    शारीरिक क्रियाकलाप आफ्नो क्षमता अनुसार सुरुवात गर्नुपर्छ र बढाउँदै जानुपर्छ । 
•    सामान्य बाहेक विशेष अवस्थाहरू जस्तै गर्भावस्थाको मधुमेह अत्यन्त उच्च रक्तचाप अत्याधिक मधुमेह आदिमा विशेषज्ञ डाक्टर तथा फिजियोथेरापिस्टको सल्लाह लिनुपर्दछ। 
•    कुनै पनि शारीरिक गतिविधि नगर्नु भन्दा केही गर्नु राम्रो हो। 

शारीरिक क्रियाकलाप हाम्रो जीवन शैलीको अत्यावश्यक र महत्वपूर्ण हिस्सा हो, स्वास्थ्यमा सन्तुलन कायम राख्न हामीले पौष्टिक आधारमा आहारमा ध्यान दिनु समयसमयमा स्वास्थ्य परीक्षण गराउनु र शरीरको सङ्केतहरूलाई गम्भीरतापूर्वक लिन आवश्यक छ। हामीले जे भएपनि चलिरहन्छ भन्ने सोच नअपनाई सचेत भएर आफ्नै स्वास्थ्यको जिम्मेवारी लिनु आजको आवश्यकता हो।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्