• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

किन घट्दैछ मध्यपूर्वमा अमेरिकी प्रभाव ?

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०७५  ११:५७
1140x725

इस्लामिक स्टेट (जसलाई आइसिस वा आइसिल भनेर पनि चिनिन्छ) को मुख्य जरो इराकको अल-कायदा नै हो। सुषुप्त अवस्थामा रहेको अल–कायदाको इराक संगठन पुन: २०११ मा संगठित हुँदै इराक र सिरियाको आधिकांश भूभागमा कब्जा मात्र जमाउन सफल भएन, केही अफ्रिकी देशहरु लिबिया, इजिप्ट, सोमलिया र यता जोर्डनसम्म बलियो संगठन निर्माण गर्न समेत सफल भयो।

_x000D_ _x000D_

तर अहिले उक्त समूह लगभग पराजित अवस्थामा पुगिसकेको छ र इराक तथा सिरियाका केही गाउँमा सीमित भएको छ। आइसिसको उदय हुनुमा इराक र सिरिया भित्रका सत्तासिनहरुको लापर्बाहीभन्दा पनि शक्तिसम्पन्न राष्ट्रहरुको भित्री इच्छा थियो भन्ने कुरा लुकेको छैन।

_x000D_ _x000D_

त्यो क्षेत्रमा रहेको अभूतपूर्ण पेट्रोलियम पदार्थको भन्डार, ती देशहरुसँग हतियार खरिद गर्नसक्ने बलियो आर्थिक स्थिति र मध्यपूर्वमा रहेको धार्मिक विभक्तिकरण मुख्यगरी मुस्लिम समुदाय भित्रका सुन्नी र सियाबीचको विभाजन नै मुख्यकारण रहेको देखिन्छ। आइसिसको उदय र पतनसँगै त्यो क्षेत्रमा लामो समयदेखि रहेको एकपक्षीय शक्ति अमेरिकाको पकड पनि खस्किँदै गइरहेको छ।

_x000D_ _x000D_

सिरियामा बहुराष्ट्रिय शक्तिकेन्द्रका खेलहरु भइरहेका छन्। सुरुवाती अवस्थामा आइसिसप्रति मौन रहेको टर्कीले आइसिस र विद्रोही सिरियन आर्मीको प्रयोग गरेर सिरियाका राष्ट्रपति आसादलाई पदच्यूत गर्न चाह्यो। त्यो क्षेत्रमा उदाउँदो शक्ति टर्की नाटोको सदस्य राष्ट्र भएर पनि अमेरिका, बेलायतलगायतको आइसिसबिरुद्धको गठबन्धनमा सुरुमा समाहित भएन। टर्कीका आफ्नै स्वार्थ र समस्या छन् जो अमेरिका र बेलायत अझै जर्मनको नितिसँग कत्ति मेल खाँदैनन्।

_x000D_ _x000D_

टर्कीको सिमानानजिक रहेका  कोबानेको भिषण युद्ध होस् वा अल बाबको युद्ध टर्कीको अमेरिकाभन्दा भिन्न स्वार्थ थियो। टर्कीका सिमानामा रहेका कुर्दिस समूहहरुलाई अमेरिकाले निकै सहयोग गर्‍यो भने टर्कीले आइसिस र कुर्दिस एकआपसमा भिडेर सकिउन् भन्दै रमिते बनेर बसिरह्यो, आइसिसविरुद्ध कुनै कदम चालेन। कुर्दिस लाडाकु र आइसिसबीचमा भएको कोबानेको त्यो दर्दनाक युद्धमा सारा संसारले कुर्दिसहरुलाई साथ दिइरहेको बेलामा इराकी कुर्दिस लडाकुहरुलाई कोबाने प्रवेश गर्ने मार्ग दिन पनि निकै ढिलो गर्‍यो टर्कीले।

_x000D_ _x000D_

टर्कीले इराक र सिरियामा रहेका कुर्दहरुले आफ्नो देशमा सशस्त्र संघर्ष गरिरहेका पिपेके (कुर्द) हरुलाई समर्थन र सहयोग गरेको आरोप लगाएको छ। पिकेकेलाई टर्कीले अतंककारी घोषणा गरेको छ र देशको लागि खतराजन्य समूहमा राखेको छ। सिरिया र इराकको अधिकांश तेल भन्डार र प्रशोधन केन्द्र आइसिसको कब्जामा रहँदा गोप्य रुपमा सस्तो मूल्यमा टर्कीले उनीहरुसँग तेल खरिद गर्ने गरेको र अन्य देशहरुबाट आउने आइसिस लडाकाहरुलाई आफ्नो भूमिमार्फत सहजै सिरिया र इराक छिर्न दिएको तथ्य पनि छिपेको छैन। 

_x000D_ _x000D_

मध्यपूर्व खासगरी अमेरिकाको बलियो पकड रहेको क्षेत्र हो। इरानले अमेरिकाविरुद्ध सधैं अडान लिंदै आइरहेको हुनाले अमेरिकी प्रभावमा केही छिद्रहरु त पारेको थियो तर ती छिद्रहरु रसियालाई त्यो क्षेत्रमा छिर्नको लागि पर्याप्त थियनन्। साउदी अरब त्यो क्षेत्रमा अमेरिकाको सबैभन्दा भरपर्दो र बलियो सहयोगी अनि हतियार खरिदकर्ता पनि हो। साउदी अरबको सुरक्षा संयन्त्र पूरै अमेरिकी उपकरण, तालिम र सर्भिस सपोर्टमा आधारित छ। सिया बाहुल्य इरान साउदी अरबको क्षेत्रीय प्रतिद्वन्द्वी हो जसलाई रसियाले साथ दिइरहेको छ।

_x000D_ _x000D_

सन् २०१७ मा मात्रै ट्रम्प प्रशासन र साउदीबीचमा ११० बिलियन डलर बराबरको हतियार खरिद बिक्री सम्झौता भएको थियो। विशेषगरी उदाउँदो शक्ति अनि  रसियाको सहयोग प्राप्त इरानसँगको शक्ति सन्तुलन राख्नको लागि उक्त हतियार डिल भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनाव भइरहँदा सिरिया र इराकमा आइसिसविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनले भिषण युद्ध गरिरहेको थियो। बाहिरबाट हेर्दा अमेरिकाले अरबौ डलर उक्त युद्धमा खर्च गरिरहेझैं देखिन्थ्यो। त्यसैले राष्ट्रपतिका उम्मेदवार ट्रम्पले चुनावी सभाहरुमा आफूले चुनाव जितेपछि सिरिया र इराकबाट अमेरिका पछि हटने भाषण गरिरहे। तर भित्री अवस्था फरक थियो। उक्त युद्धमा अमेरिकाले प्रत्यक्ष रुपमा जति खर्च गरिरहेको थियो त्यसको कैयौ गुणा धेरै युद्धमा संलग्न पक्षहरुलाई हतियार बेचेर आम्दानी गरिरहेको थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

अमेरिका चाहन्थ्यो मध्यपूर्वका अन्य देशहरु पनि सो युद्धमा सामेल हुन् भन्ने। जोर्डन र इजिप्ट अमेरिकाकै स्वार्थअनुरुप सो युद्धमा सामेल भए यी देशहरु पनि अमेरिकाको हतियार खरिद गर्ने ठूला खरिदकर्ता हुन्। राष्ट्रपति निर्वाचित भइसकेपछि ट्रम्पको उक्त बोली एक सय असी डिग्रीमा घुम्यो। हतियार बिक्री र सजिलै पेट्रोलियम पदार्थ आपूर्तिको लागि पुरानै नीति निरन्तर रहिरह्यो।

_x000D_ _x000D_

सिरियाका राष्ट्रपति आसादलाई पदच्यूत गर्नको लागि विद्रोह गरिरहेका फ्री सिरियन आर्मीको ठूलो समूहलाई अमेरिकाले आइसिसविरुद्ध लड्न भन्दै हतियार, तालिम र बन्दोबस्तीका समानहरु उपलब्ध गराइरहेको थियो र छ। यसैगरी टर्कीले पनि केही समूहलाई त्यस्तै किसिमको सहयोग गरिरहेको छ अर्थात् अमेरिका र टर्कीले छुट्टाछुट्टै समूहलाई सहयोग गरेका छन्। आफ्नो छुट्टै राज्यको माग गरिरहेका सिरिया, इराक र टर्कीमा छरिएर रहेका कुर्दहरुको लडाका समूहलाई अमेरिकी गठबन्धनले सहयोग गरेको छ जसलाई टर्कीले विरोध गरेको छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

यस्तो अवस्थामा रसियालाई उक्त क्षेत्रमा प्रत्यक्ष संग्लन हुन सिरियाले ठूलो भूमिका खेल्यो। पुटिनसँग निकट सम्बन्ध भएका आसादले रसियन सेनालाई सिरियाको भुमिमा  भित्र्याउँदै मध्यपूर्वीय सागरमा समेत प्रवेश गराएर मध्यपूर्वको शक्ति सन्तुलनमा अर्को बलियो पक्षलाई घुसाइदिए। रसियाको चाहना पनि अमेरिका वा बेलायतको भन्दा फरक भने छैन। उसलाई आफ्ना हातियारको बजार चाहिएको छ र अमेरिकालाई चुनौती दिन परिरहेको छ।

_x000D_ _x000D_

अमेरिकाको मध्यपूर्व क्षेत्रमा रहेको पकड विस्तारै कमजोर हुँदै गइरहेको देखिन्छ। टर्की उक्त क्षेत्रमा नयाँ शक्तिकेन्द्रको रुपमा उदाएको छ भने अर्कोतर्फ इरान। अनि अहिले सिरियामार्फत रसियाको पकड त्यो क्षेत्रमा बढ्दै गइरहेको छ। अमेरिकी समर्थन र सहयोगप्राप्त साउदी अरब र रसियाको ब्याकअप रहेको इरानले यमनमा आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन्। युद्धको चपेटामा परेको यमन आफ्नै गृहयुद्धभन्दा पनि बाहिरी शक्तिको युद्धस्थल जस्तो बनेको छ।

_x000D_ _x000D_

सन् १९९० मा एकीकरण भएका उत्तरी र दक्षिणी यमन अहिले फेरि पुरानै पक्षहरुबीच नराम्रो युद्धमा फसेको छ। उत्तरी र पश्चिमी यमनमा रहेका बहुसंख्यक हाउथीहरुलाई इरानले सहयोग गरिरहेको छ भने दक्षिण र पूर्वी यमनमा रहेका सुन्नी र अन्य समूहहरुलाई सहयोग गर्दै साउदी अरबको नेतृत्वमा रहेका सुन्नीबाहुल्य देशहरुले हवाई आक्रमण जारी राखेका छन्। बाहिर धार्मिक आवरण र विभाजन देखिए तापनि भित्र साउदी अरबमार्फत अमेरिका र इरानमार्फत रसियाको शक्ति प्रदर्शनस्थल बनेको छ यमन।

_x000D_ _x000D_

यमनको पूर्वी भूभागमा रहेको मरुभूमि क्षेत्रमा अल–कायदाको ठूलो उपस्थिति छ र अमेरिकाले सोही कारण देखाउँदै बारम्बार हावाई आक्रमण पनि गरिरहेको छ। यमनको युद्धमार्फत रसिया र अमेरिकाले आफ्नो पकड त्यो क्षेत्रमा मजबुत बनाउने उद्देश्य राखेका छन्।

_x000D_ _x000D_

अहिले सिरियाको आधिकांश भूभाग सरकारी सेनाको (रसियन)  नियन्त्रणमा छ इड्लिब प्रदेश अमेरिकाको समर्थनप्राप्त विद्रोही समूह, टर्कीको सिमानामा रहेको केही भाग टर्की समर्थनप्राप्त विद्रोही र कुर्दिस क्षेत्र कुर्दिस विद्रोहीको नियन्त्रणमा। अमेरिकी समर्थनप्राप्त विद्रोहीको क्षेत्रमा सिरियन र रसियन आर्मीले लगातार भिषण आक्रमण गरिरहेका छन्।

_x000D_ _x000D_

सिरियामा युद्धबिराम गर्न टर्की, इरान र रसियाले त्रिपक्षीय छलफल गर्दा अमेरिका उक्त छलफलमा अटाउन सकेन अर्थात् अब सिरिया युद्धमा अमेरिकाको प्रभाव विस्तारै कमजोर भइसकेको छ। सिरिया टर्की र इरानले अमेरिका होइन रसियालाई त्यो क्षेत्रको मुख्य शक्ति मनिसकेको अवस्था छ अहिले।

_x000D_ _x000D_

भर्खरै सम्पन्न इराकी आमचुनावमा अमेरिकी सेनाको इराकमा उपस्थितिको खरो विरोध गर्ने मुक्तदा अल सद्रको समूह सबैभन्दा ठूलो पार्टीको रुपमा उदायपछि इराकी जनताको अमेरिकालाई हेर्ने दृष्टिकोण अहिलेको सरकारभन्दा भिन्न रहेको प्रस्ट देखिन्छ। इराकमा राष्ट्रपति र प्रधानमन्त्री छान्ने प्रक्रिया अब छिट्टै सुरु हुँदैछ।

_x000D_ _x000D_

अबको राष्ट्रपति र प्रधानमन्त्री को बन्नेछन् त्यसले इराकमा अमेरिकाको उपस्थितिलाई पक्कै केही असर पार्नेनै छ। अमेरिकाको सबैभन्दा नजिकको मित्र इजरायलप्रति अमेरिकी सहयोगी अन्य सुन्नीबाहुल्य राष्ट्रहरुले इजरायलविरुद्ध बोले पनि हतियार युद्धमा जानसक्ने अवस्था भने छैन र त्यो चाहन्नन् पनि।

_x000D_ _x000D_

सिरिया आफैं युद्धले थिलोथिलो परेको छ भने इरानले मात्र केही गर्नसक्ने अवस्था छैन। इरानको न्युक्लियर क्षमता कटौती गर्नेगरी २०१५ मा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीन र रसियाले संयुक्त रुपमा गरेको सम्झौता ट्रम्प प्रशासनले खारेज गर्दै इरानमाथि फेरि कडा नाकाबन्दी लगाउने घोषणालाई अरु राष्ट्रहरुले साथ दिएनन्। अरु ५ देश उक्त सम्झौतामा अझै अडिग छन्। मध्यपूर्वको एक बलियो शक्तिलाई फ्रान्स, जर्मनी र बेलायतले अमेरिकाभन्दा फरक दृष्टिकोणबाट हेर्दै भिन्न मत राख्नु पनि अमेरिकाको लागि धक्का पुग्नु हो।

_x000D_ _x000D_

_x000D_ _x000D_

ट्रम्प प्रशासनले मध्यपूर्वमा रहेको आफ्नो पकड फुत्किँन नदिन प्रयास नगरेको होइन। साउदी अरबको नेतृत्वमा बहराइन, युएई र इजिप्टले कतारमाथि लागाएको नाकाबन्दी पनि अमेरिकाको लागि प्रतिकुल बन्न पुग्यो। सुरुमा नाकाबन्दीको पक्षमा बोलेका ट्रम्प तुरुन्तै बोली फेर्न बाध्य भए।

_x000D_ _x000D_

सुन्नीबाहुल्य राष्ट्र भएर पनि इरानसँग समुधुर सम्बन्ध राखेको र आतंकवादलाई प्रश्रय दिएको भन्दै उनीहरुले कतारमाथि नाकाबन्दी लगाए र अहिले पनि जारी छ। त्यसै नाकाबन्दीका कारण कतार इरानको झनै नजिक बन्न पुग्दा अमेरिकाले त्यो क्षेत्रमा एउटा भरपर्दो सहयोगी राष्ट्र गुमाउने सम्भावना देखिन्छ।

_x000D_ _x000D_

अर्कोतिर चीनको आक्रमण व्यापार नीति, पुटिन प्रशासनको आक्रामक हतियार व्यापार नीति, मध्यपूर्वमा रहेको तेल भण्डारमा अन्य शक्ति राष्ट्रहरुको बढ्दो प्रभाव र चाहना अनि फ्रान्स र बेलायत जस्ता अमेरिकाका परम्परागत मित्र राष्ट्रको बढ्दो हतियार बिक्रीमोह जस्ता अनेक पक्षहरुको  समिश्रण हुनपुग्दा अमेरिकी पकड मध्यपूर्वमा अहिले निकै कमजोर अवस्थामा पुगेको छ।

_x000D_ _x000D_

मध्यपूर्वमा अमेरिकी पकड कमजोर हुँदैजाँदा रसियाको प्रवेश अनि टर्की र इरान उदाउँदा क्षेत्रीय शक्तिको रुपमा अगाडि बढिरहेका छन्। अब मध्यपूर्वको शक्तिमा अमेरिकाको मात्र पकड रहेन।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  ११:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्