• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

न्याय माग्न काठमाडौं आएका सुस्तावासी भन्छन्– प्रधानमन्त्रीलाई नभेटी फर्कंदैनौं

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०७५  ०६:००
1140x725

काठमाडौं– नवलपरासीको सुस्तापूर्व दुलनिया खोला बग्छ। दक्षिण-पूर्वको जंगल किनारमा भने हराभरा आँपको बगैंचा। 

_x000D_ _x000D_

उक्त बगैंचा मुन्ना खव, सिभ विहारी भर, रामचन्द्र कुर्मी, चेडी कामकर र श्रदा प्रसाद लगायत ५० जना नेपालीको श्रम र पसिनाले सिर्जिएको हो। आजभन्दा ठ्याक्कै ४६ वर्षअघि उक्त जग्गाका लागि लालपूर्जासमेत वितरण भइसकेको छ। 

_x000D_ _x000D_

गत भदौ ६ गते बकर इद चलिरहेको थियो। मुस्लिमहरुको ठूलो चाड। सुस्तावासी रमाउँदै थिए। तर, त्यो रमाइलो धेरै समय लम्बिन पाएन। भारतीय सीमा सुरक्षा बल (एसएसबी) सहित आएका भारतीय जनताले एकाएक बाटो निर्माण गर्न थाले उक्त बगैंचा रहेको जग्गामा।

_x000D_ _x000D_

जबर्जस्ती नेपाली भूमिमा भारतीय पक्षबाट बाटो बनाउन थालिएपछि उनीहरु विरोधमा उत्रिए। उल्टै भारतीय पक्षले भारतको बाटो हुँदै बैराज पुल आउने सीमामा एक मिटर गहिराइको तीन वटा खाडल खने। १० दिनसम्म अघोषित नाकाबन्दी नै लगाइदिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेसहितको टोली विवाद सुल्झाउन अथक प्रयासमा लाग्यो तर कुनै निष्कर्षबिना फर्किएको सुस्ता बचाउ अभियानका सदस्य रवीन्द्र जैसवाल बताउँछन्। 'भारत विस्तारवाद हो। सीमाना विवाद समाधान गर्न दुई देशबीच कूटनीतिक छलफल गर्न आवश्यक छ,' उनले भने।

_x000D_ _x000D_

सुस्तावासीले खेपेको सास्ती यो पहिलो पटक होइन। वर्षौंदेखि सुस्ता सीमा अतिक्रमणको घाउ बोकेर बाँच्न विवश छन्। र, झन् बढी सताइएका छन् त्यहाँका बासिन्दा।

_x000D_ _x000D_

अतिक्रमण खप्न नसकेपछि सुस्तावासीको एक टोली असोज ९ गते काठमाडौं आइपुगेको छ, न्यायको खोजीमा। सरकारलाई आफ्नो समस्या प्रत्यक्ष सुनाउन आएका उनीहरु 'राष्ट्र बचाउ अभियान केन्द्रीय कार्यक्रम'सहित थापाथलीको कालमोचन घाटमा ब्यानर टाँगेर बसिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

'सुस्ता हाम्रै हो, हामी आफ्नो भूमि अरुलाई कुनै हालतमा दिँदैनौं,' अभियानका उपाध्यक्ष आदम खाँ आक्रोश व्यक्त गर्छन्। प्रधानमन्त्री केपी ओलीलाई भेटेर समस्या सुनाएपछि मात्रै फर्किने उनीहरुको योजना छ।

_x000D_ _x000D_

—OOO—

_x000D_ _x000D_

नेपालको तराई भूभागमा रहेका २६ जिल्ला भारतसँग जोडिएका छन्। प्राय: जिल्लामा कुनै न कुनै बेला सीमाको घाउ दुखिइरहने गरेको छ। नवलपरासी जिल्लाको सुस्ता (हाल सुस्ता गाउँपालिका वडा नम्बर ५) क्षेत्रमा २०६० देखि २०६४ सालबीच ४ वर्षमा १४ हजार हेक्टरभन्दा बढी भूमि भारतबाट अतिक्रमण भएको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

त्यसयता उनीहरुले सीमाको विकराल समस्या सम्बोधन गर्न भन्दै विभिन्न सरकारी निकायमा पटकपटक ज्ञापनपत्र बुझाए। तर, कतैबाट सुनुवाइ भएको उनीहरुले महसुस गर्न सकेका छैनन्।

_x000D_ _x000D_

असोजको दोस्रो हप्ता रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितलाई भेटेर उनीहरुले ज्ञापनपत्र बुझाए। सामान्य प्रशासन मन्त्रालयबाहेक अरुबाट प्रतिक्रिया नआएको अभियानका उपाध्यक्ष खाँले बताए।

_x000D_ _x000D_

'वर्षाको समयमा सुस्ता डुबानमा पर्ने भएकाले जनधन सुरक्षाका लागि उच्च प्रविधियुक्त सुरक्षित भवन निर्माण गरिदिने मन्त्री लालबाबु पण्डितले आश्वासन दिनुभएको छ,' उनले भने।

_x000D_ _x000D_

_x000D_ _x000D_

सुस्ताको क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर हो। जसमा हालसम्म भारतले १४ हजार ५ सय हेक्टर क्षेत्रफल नेपाली भूमि कब्जा गरिसकेका छ। जंगल, चौर, पर्तीको १९ हजार ४ सय ८० हेक्टर क्षेत्रफल भूभागमा भारतीय पक्षले जोतभोग गर्न रोक लगाएको छ। हाल ६ हजार हेक्टर क्षेत्रफलको सुस्ता भूभाग मात्र जोतभोगमा रहेको छ।  

_x000D_ _x000D_

नागरिकताको पनि उस्तै समस्या
_x000D_ करिब २ सय ६५ घरधुरी रहेको सुस्तामा ३१ सय ३३ जनसंख्याको बसोबास छ। तर त्यहाँ जग्गा मात्र होइन नागरिकताको पनि उत्तिकै समस्या छ। ती नागरिकमध्ये २ सय ९५ ले मात्र नागकिता पाएका छन्। नागरिकता बनाउन बाँकीको संख्या नै १६ सयभन्दा बढी छ।

_x000D_ _x000D_

२०६३ सालमा सुस्ताको त्रिवेणीमा नागरिकता टोली पुगेको थियो। तर त्यहाँ सबै नागरिक टोली बसेको ठाउँसम्म जान पाएनन्। त्यसको कारण हो, भारतीय अतिक्रमणको डर।

_x000D_ _x000D_

'बाहिर निस्किएकै बेला आफू बसेको भूमिमा भारतीय झन्डा गाड्छन् भन्ने डरले धेरै जना नागरिकता बनाउन गएनन्,' स्थानीय रवीन्द्र जैसवाल भन्छन्, 'भारतीयदेखि डराएर कतिन्जेल बस्ने? हामी त निरन्तर जन्मभूमि नेपाल बचाउन लागिपरेका छौं। हाम्रो देश बचायौं भने मात्र त हामीले नागरिकता पाउन सक्छौं।'

_x000D_ _x000D_

_x000D_ _x000D_

अतिक्रमणको विरोधमा जब उनीहरु उत्रिन्छन्, भारतीय पक्षबाट जवाफ आउँछ, 'तिमीहरु नेपाली नै होइनौ। किनकि नागरिकता छैन।' 

_x000D_ _x000D_

'सुस्ता भूभाग नै भारततिर गाभ्न सहयोग गर, हामी नै नागरिकता बनाइदिन्छौं भनेर भारतीय अधिकारीले नै दबाब दिने गरेका छन्,' सुस्ता बचाउ अभियानका सचिव जयप्रकाश चौधरीले पीडा सुनाए।

_x000D_ _x000D_

एसएसबीको ज्यादती
_x000D_ सुस्तावासीलाई यतिसम्म सास्ती छ कि सरकारी कार्यालय जान पनि भारतको विहारको भूमि प्रयोग गर्नुपर्छ। नभए नारायणी नदीमा डुङ्गा चलाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। भारतीय भूमि छिर्दा एसएसबीको ज्यादती, नारायणी नदी तर्दा ज्यानको जोखिम। आफ्नै देशमा पनि उनीहरु शरणार्थीझैं बन्न विवश छन्। 

_x000D_ _x000D_

नारायणीमा बन्ने भनिएको झोलुंगे पुल बेहाल अवस्थामा ठेकेदारले छोडेका छन्।  नदीको तटबन्धका लागि बारम्बार सरकारसमक्ष आग्रह गरे पनि आफूहरु थाकिसकेको जैसवालले गुनासो गरे।

_x000D_ _x000D_

सुस्तास्थित सशस्त्र प्रहरी बल बिओपीका प्रहरी निरीक्षक विष्णुप्रसाद थापाले केही सीमा विवाद साम्य भएको दाबी गरे पनि स्थानीय त्यो मान्न तयार छैनन्। 'म गत साउन २२ गते यहाँ आएको हुँ। भदौ ६ गते एसएसबी फोर्स र भारतीय जनता चकदहवा भन्ने ठाउँमा बाटो विस्तारका लागि आएका थिए,' उनी भन्छन्, 'तर स्थानीयवासीको सहयोगमा हामीले त्यो रोक्न सफल भयौं।'

_x000D_ _x000D_

सुस्तावासीले २०६२ सालदेखि विभिन्न माग राखेर पटकपटक आन्दोलनसमेत गरिरहेका छन्। सीमांकन गर्न, अतिक्रमित जग्गा फिर्ता दिलाउन, जग्गाको पुनः लेखाजोखा गरी लालपुर्जा दिन, छुटेका नागरिकलाई नागरिकता दिन, झोलुंगे पुल निर्माण, उच्च स्तरको शिक्षा दिलाउने शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र आदिको व्यवस्था मिलाउनुपर्ने उनीहरुको मुख्य माग छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

भारतीय पक्षले एकै पटक सीमा मिच्ने होइनन्। क्रमिक रुपमा थोरैथोरै गरेर नेपाली भूमिमा घुसिइरहेका छन्। जब नेपालमा राजनीतिक संक्रमणकाल वा चाडबाडको सिजन सुरु हुन्छ, जब भारतीयहरु सलबलाउन थाल्छन्।

_x000D_ _x000D_

'भारतीय सीमामा नेपालीले केही गरे तुरुन्तै एसएसबीले पक्राउ गर्छ,' अभियानका उपाध्यक्ष आदम खाँ भन्छन्, 'आफ्नै भूमिमा हामी पिल्सिइरहेका छौं तर नेपाल सरकार मौन बसेको छ।' 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्