रसुवा– सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा रसुवाका अधिकाशं स्थानीय तहका शिक्षा शाखा प्रमुखविहीन बनेका छन्।
_x000D_
_x000D_
जिल्लाको पाँच गाउँपालिका मध्ये चार गाउँपालिका अझै शिक्षा शाखा प्रमुखविहीन बनेका छन्।
_x000D_
_x000D_
शिक्षा शाखा प्रमुखबिहीन हुँदा जिल्लाका स्थानीय तहले शिक्षा सम्बन्धी कामकाज गर्न असहज भएको बताएका छन्। सरकारी दरबन्दीअनुसार जिल्लाको आमाछोदिङमो गाउँपालिकामा एक शाखा अधिकृत बाहेकको दरबन्दी हुनसकेको छैन।
_x000D_
_x000D_
गाउँपालिकामा एक शाखा अधिकृत र एक प्राविधिक सहायकको दरबन्दी रहेको छ। तर, रसुवाका कुनै पनि स्थानीय तहमा त्यो दरबन्दी पदपूर्ति हुनसकेको छैन।
_x000D_
_x000D_
दरबन्दी पदपूर्ति नहुँदा शिक्षासम्बन्धी कामकाज गर्न समस्या भइरहेको नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले बताइन्।
_x000D_
_x000D_
उनले भनिन्, ‘स्रोत व्यक्तिले सबै कुरा जानेको हुँदैन्, फिल्डमा गएर काम गर्नुपर्ने उहाँहरुलाई प्रशासनिक केहि थाहा हुँदैन्, जसले गर्दा धेरै समस्या भएको छ।’
_x000D_
_x000D_
संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएको भए पनि शिक्षाका दरबन्दी पदपूर्ति नहुँदा समस्या भएको छ।
_x000D_
_x000D_
संविधानको व्यवस्थासँगै गाउँपालिकामा गाउँ शिक्षा शाखामा साविकमा विद्यालय निरीक्षकको जिम्मेवारीमा रहेका शिक्षाका अधिकृतलाई नै स्थानीय तहमा शिक्षा शाखा प्रमुखका रूपमा खटाइएको थियो।
_x000D_
_x000D_
शिक्षा अधिकारी नहुँदा स्थानीय तहमा शिक्षा कार्यक्रम, नीति नियम निर्माण, विद्यालयको व्यवस्थापन, अनुगमन र निरीक्षणको काम प्रभावित भएको छ।
_x000D_
_x000D_
जिल्लाका कुनै पनि स्थानीय तहमा सरकारी दरबन्दीअनुसार कर्मचारी नहुँदा समस्या हुँदै आएको छ।
_x000D_
_x000D_
जिल्लाका ४ वटा स्थानीय तहमा शिक्षाका निजामती कर्मचारी नभएको शिक्षा विकास तथा समन्वय एकाइ रसुवाका प्रमुख बालकृष्ण सिंखडाले बताए।
_x000D_
_x000D_
स्रोत व्यक्तिले नै हाल जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखा सम्हालिरहेका छन्।
_x000D_
_x000D_
कर्मचारी पदपूर्ति नहुँदासम्म स्रोत व्यक्तिलाई शिक्षा शाखाको जिम्मेवारी दिइएको सिम्खडाले बताए।
_x000D_
_x000D_
शिक्षकबाट काजमा रहेका स्रोत व्यक्ति यसअघि विभिन्न क्षेत्रमा खटाइएका थिए। ती स्रोत व्यक्तिले नै अहिले स्थानीय तहका शाखाको जिम्मा पाएका हुन्।
_x000D_
_x000D_
स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन बन्दा शिक्षा नियमावली बनाउने, विद्यालय मर्ज गर्नुपर्ने काम र शिक्षा बजेट नै खर्च गर्न नसकिने अवस्था रहेको शिक्षा विकास तथा समन्वय एकाइ रसुवाले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।