• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२ Sun, May 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
धरौटी वृद्धिले वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान हुँदैन : उपाध्यक्ष भन्ताना [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ बिहीबार, असोज १८, २०७५  ०२:४५
1140x725

आवश्यकता अनुसार ऐन कानुन परिवर्तन र निर्माण गर्ने दायित्व सरकारको हो। ऐन नियम निर्माण गर्दा व्यवसायीलाई दख्खल पुग्नुहुँदैन भन्ने मान्यता वैदेशिक राेजगार व्यवसायीले राख्दै आएका छन्। सरकारले म्यानपावर व्यवसायीको धरौटी रकम वृद्धि गरी ६ करोडसम्म पुर्‍याउने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको छ। यसो गरिएको खण्डमा व्यवसायीको संख्या कम हुने र नियमन गर्न सरकारलाई सजिलो पर्ने विश्वास सरकारको छ।

_x000D_ _x000D_

तर, यो व्यवस्थाले पनि व्यवसायीको संख्या कम नहुने व्यवसायीहरुले बताउँदै आएका छन्। वैदेशिक रोजगार क्षेत्रमा राज्यको भन्दा व्यवसायीको योगदान धेरै भएको वैदेशिक रोजगार व्यवसायीले दाबी गर्दै आएका छन्। यसै सन्दर्भमा वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तानासँग नेपाल लाइभका सहकर्मी रमेश भारतीले गरेको कुराकानीः

_x000D_ _x000D_

पछिल्लो समय वैदेशिक रोजगारी क्षेत्रलाई व्यवसायीले कसरी नियाल्दै छन्? 
_x000D_ वैदेशिक रोजगार व्यवसाय अत्यन्तै प्रतिकूल अवस्थामा गुज्रिरहेको छ। व्यवसायमाथि चौतर्फी आक्रमण हुन थालेको छ। स्वदेशमा रोजगारको अवसर नपाएका अदक्ष, अर्धदक्ष र केही दक्ष नेपालीलाई रोजगारीका अवसर सिर्जना गर्दै आएका व्यवसायीलाई राज्यले नै आक्रमण गर्ने सुरु गर्दैछ। यसकारण व्यवसाय धरापमा पर्ने अवस्था छ। 

_x000D_ _x000D_

५७ प्रतिशतभन्दा बढी घरधुरीका परिवार यही वैदेशिक रोजगारीमा आश्रित छन्। यति ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने  युवा भएपछि व्यवसायी पनि थुप्रै छन्। तर राज्य व्यवसायिक अधिकार खोस्ने तरखरमा छ। व्यवसाय धरापमा पर्दै गर्दा आर्थिक, सामाजिक र राजनीतिक स्तरमा असर पर्दैै जाने निश्चित छ। 

_x000D_ _x000D_

सरकारले म्यानपावर कम्पनीको धरौटी रकम वृद्धि गर्दा व्यवसायी छाँटकाँट हुने अवस्था हुन्छ कि हुदैन?
_x000D_ व्यवसायीका पक्षबाट हेर्दा म्यानपावरको धरौटी रकम वृद्धि गरेपनि सरकारको अपेक्षाअनुसार व्यवसायीको  संख्या कम हुँदैन। मर्ज गरेर भएपनि व्यवसाय बचाउन तिर लाग्छन्। किनभने, यो क्षेत्रमा उनीहरुको ठूलो लगानी भइसकेको छ। तसर्थ सबै लगानी झिकेर धेरै व्यवसायी व्यवसायबाट नै फिर्ता हुन्छन् भन्ने मलाई लाग्दैन। धरौटी रकम वृद्धि गर्दा अनुमतिप्राप्त संस्थाको संख्यामा कमी आउला तर व्यवसायीकै संख्या कम हुने अवस्था चाँहि छैन। 

_x000D_ _x000D_

श्रम मन्त्रलायले धरौटी बढाउनुपर्ने कुुनै कारण छैन। धरौटीबाट कामदारलाई क्षतिपूर्ति भराएको प्रमाण मन्त्रालयसँग छैन। हचुवाका भरमा धरौटी वृद्धिले वैदेशिक रोजगार क्षेत्र अहिले अस्तव्यस्त बनेको छ। तर, व्यवसायीको संख्या न्यूनीकरण गर्न खासै ठूलो भूमिका खेल्न यो व्यवस्थाले पार्दैन। 

_x000D_ _x000D_

श्रममन्त्री गोर्कण विष्टले वैदेशिक रोजगार क्षेत्र सुधार्न गरेको प्रयासलाई संघले कसरी लिएको छ। श्रम मन्त्री विष्ट कडा रुपमा प्रस्तुत हुने संकेत गर्दै हुनुहुन्छ। यो विषयमा संघको प्रतिक्रिया कस्तो छ।   
_x000D_ पछिल्लो समय मन्त्रीको दबाबकै कारण व्यवसायीलाई मनोवैज्ञानिक रुपमा नै असर परेको छ। श्रम मन्त्रालयको दबाब बढ्दै गयो भने व्यवसायीले विकल्पमा जानुपर्ने बाध्यता आउँछ। 
_x000D_ अहिलेसम्म वैदेशिक रोजगारी क्षेत्र व्यवस्थापन गर्न संघले सरकारलाई सहयोग नै गर्दै आएको छ।

_x000D_ _x000D_

हाम्रो लचिलोपनको फाइदा सरकारले उठाउन खोज्यो भने व्यवसायी प्रतिवाद गर्न बाध्य हुनेछन्। सबैले कानुनी दायराभित्र रहेर काम गर्नुपर्छ। सरकार र सत्ता सञ्चालन गर्ने व्यक्तिसँग जोडिएको कानुन नरम र कडा भन्ने हुँदैन। दुबै पक्षको उत्तिकै जिम्मेवारी हुन्छ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

कानुनी राज्यको प्रत्याभूति मन्त्रीले व्यवसायीलाई गराउनुहुन्छ भन्ने विश्वास हामीलाई छ। श्रम मन्त्रालयले व्यवसायीलाई पन्छाएर यो क्षेत्र सुधार गर्न असम्भव छ। सरकारकै नकारात्मक प्रभावको बिगबिगी छ। यसलाई पहिला परिवर्तन गर्नुपर्छ। 

_x000D_ _x000D_

विदेशमा आर्जन गरिएको पूँजी, सीप र क्षमतालाई जोडेर स्वदेशमा रोजगारी सिर्जना गर्ने विषयमा रोजगार व्यवसायीको ठूलो हात रहन्छ। 

_x000D_ _x000D_

धरौटी वृद्धिले व्यवसायीलाई कस्तो असर पार्छ? सरकारले कडा ऐन ल्याउँदै छ, यो विषयमा व्यवसायीको छाता संगठनका भनाई केही छन् कि? 
_x000D_ माननीय मन्त्रीज्यूले वैदेशिक रोजगारी क्षेत्रमा सुधार गर्न खोज्नु राम्रो पक्ष हो। व्यवसायी पनि यो क्षेत्रलाई सुधार्नुपर्छ भन्ने पक्षमा नै रहेका छन्। तर, आजका मितिसम्म वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारले अनुभूति गर्ने गरी खासै ठूलो कुनै पनि परिवर्तन आउन सकेको छैन। व्यवसायीले  सहयोग गर्दागर्दै पनि सरकारी उदासीनताका कारण यो काम आजसम्म पनि संभव नभएको हो। 

_x000D_ _x000D_

नेपाली कामदारले पाउने सेवा सुविधा र अन्य सर्तहरु पूर्ण रुपमा खुलाई विदेशस्थित कुटनीतिक नियोगलाई नि–स्वार्थ रूपमा परिचालन गरिएमा यो क्षेत्र सुधार्न केही समय लाग्दैन। 

_x000D_ _x000D_

श्रम मन्त्रालयले एक्लै जबरजस्ती गरेर सुधार हुन सक्ने अवस्था छैन। वर्तमान सरकारले गरेका अव्यवहारिक नीतिगत निर्णय खारेज समेत गर्नुपर्ने हुन्छ।  

_x000D_ _x000D_

व्यवसायीबाटै विदेशिने कामदार आर्थिक शोषणमा पर्ने गरेको आरोप लाग्दै आएको छ। यो विषयमा तपाईंको भनाई के छ?
_x000D_ रोजगारीका नाममा हुने आर्थिक शोषण रोक्न व्यवसायी स्वयं प्रयत्नशील छन्। यो क्षेत्रमा धेरै विकृति छन्। कामदारमाथि हुने आर्थिक ठगी व्यवसायीका लागि टाउको दुखाइको विषय बनेको छ। जथाभावी रोजगारीका नाममा हुने अनियमितता रोक्न सरकार व्यवसायीले सहयोग गर्नेछन्। तर, ठगी व्यवसायीबाट होइन, अरुबाट नै भइरहेको छ। रोजगारीका नाममा हुने सम्पूर्ण ठगीमा व्यवसायीकै नाम जोडिने गरेको छ। 

_x000D_ _x000D_

वैदेशिक रोजगार क्षेत्र सुधार्न म्यानपावर पनि जिम्मेवार बन्नु पर्‍यो नि? वैदेशिक रोजगारीमा गएका कामदारप्रति व्यवसायी कति जिम्मेवार हुन्छ? म्यानपावरका लागि एजेन्ट कतिको आवश्यकता छ?

_x000D_ _x000D_

व्यवसायीले कामदारप्रति जिम्मेवार भएर काम गर्दै आएका छन्। भविष्यमा पनि कामदारप्रति व्यवसायी जिम्मेवार नै भएर काम गर्दै जानेछन् भन्ने मलाई विश्वास छ। 

_x000D_ _x000D_

वैदेशिक रोजगारीमा गएका कामदार समस्यामा परेमा व्यवसायीले आफ्नो जिम्मेवारी बोध गरी सक्दो सहयोग गर्दै आएका छन्। राज्यले अविभावक भएर कामदार र व्यवसायी दुवैको संरक्षणमा गर्नुपर्छ। 

_x000D_ _x000D_

कतिपय घटनामा एजेन्टका कारण व्यवसायीमाथि प्रश्न उठ्ने गरेको पनि छ। रोजगार व्यवसायीले एजेन्ट आवश्यक छैन भनेर नै दुई वर्षअघि खोरजीका माग गरेको थियो। अहिलेका अवस्थामा एजेन्ट जरुरी छैन।  

_x000D_ _x000D_

श्रम मन्त्रालयका पछिल्लो गतिविधिलाई व्यवसायीले कसरी हेर्दै आएका छन्। 
_x000D_ अहिले नियम कानूनलाई कुल्चेर आक्रामक शैलीमा राज्य व्यवसायीविरुद्ध उत्रिएको छ। शक्ति प्रयोग गरेर व्यवसायी निमयन गर्ने पक्षमा मन्त्रालय छ। यसरी राज्य अगाडि बढ्यो भने आर्थिक र सामाजिक पक्षबाट हेर्दा फलदायी छैन। सार्क मुलुकका अन्य देशमा पनि हाम्रोमा जस्तै रोजगार व्यवसायी छन्। उनीहरुलाई राज्यले संरक्षण गरिरहेको छ।  

_x000D_ _x000D_

नेपालका रोजगार व्यवसायीलाई पनि राज्यले संरक्षण गरेर चलाउन दिनुपर्छ। नेपालमा सुधारका कुराहरु पर्याप्त हुने तर काम भने नहुने भएकाले हाल गरिएको प्रयासलाई एउटा खाकाको रुपमा मात्र बुझ्न सकिन्छ।  

_x000D_ _x000D_

मलेसियाको समस्यालाई व्यवसायीले कसरी लिएका छन्। मलेसिया रोकिदाँ यो क्षेत्रमा कस्तो असर परेको छ? 
_x000D_ मलेसियाका विषयमा सरकारले गरेका निर्णय सह्रानीय छन्। व्यवसायीले यसको स्वागत गरिसकेको छन्।  तर, जुन निर्णय गर्नुभन्दा अगाडि यस्ता विषयमा मन्त्रालयले व्यवसायीलाई जानकारी गराउनुपर्छ। मलेसिया बन्द हुँदा व्यवसायीले ठूलो घाटा व्यहोर्नु परेको छ। यता तिर राज्यको ध्यान नै गएको छैन।

_x000D_ _x000D_

मलेसियासँग सरकारीस्तरमा श्रम सम्झौता हुनु सकारात्मक हो। यसका फाइदा कामदार र व्यवसायी दुवैमा हुन्छ। मलेसिया नेपाली कामदारको पहिलो रोजगार गन्तव्य मुलुक भित्र पर्छ। कामदार आपूर्ति गरेबापत् व्यवसायीको सेवाशुल्क प्रष्ट खुलाउनु पर्छ। 

_x000D_ _x000D_

सरकारले लागू गरेको फ्रि–भिसा र फ्रि–टिकटमा कामदार पठाउन नसकिने नै हो त? रोजगारदाता देशले कामदार आपूर्ति गर्दा लागेको खर्च आपूर्तिकर्ता संस्थालाई दिन्छन् रे त?
_x000D_ सरकारले रोजगारदाता कम्पनीको अध्ययन नै नगरी फ्रि–भिसा, फ्रि–टिकट नीति लागू गरेको थियो। रोजगारदाता कम्पनीले नेपालबाट कामदार आपूर्ति गरेबापत पहिलादेखि नै ३० देखि ३५ प्रतिशत कामदारलाई ‘फ्रि भिसा र फ्रि टिकट’ प्रणालीबाट आएका छन्। यो सुविधामा अहिले पनि कामदार आपूर्ति भइरहेको छ। राज्यले यस्ता कम्पनी पहिचान गरेर मात्र यो सेवा सुविधा लागू गर्नुपर्छ। 

_x000D_ _x000D_

फ्रि भिसा र टिकटका विषयमा सार्क राष्ट्रको एउटा साझा मापदण्ड बन्नुपर्छ। नेपालले मात्र फ्रि भिसा र टिकट प्रणालीमा कामदार आपूर्ति गर्न सक्ने अवस्था छैन।   

_x000D_ _x000D_

यी राष्ट्रहरु बीच सहमति भए फ्रि भिसा फ्रि टिकटलगायतका अन्य सेवा कार्यान्वयन गर्न सहज हुने देखिन्छ। अहिलेकै अवस्थामा फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन सक्ने अवस्था छैन।  

_x000D_ _x000D_

अन्त्यमा, वैदशिक रोजगारी क्षेत्रका विषयमा के भन्नुहुन्छ? 
_x000D_ वैदेशिक रोजगार व्यवसायी संघ र व्यवसायसँग सरोकार राख्ने विभिन्न संघ–संस्थाबीच साझा कार्ययोजना बनाई अगाडि बढ्नुको विकल्प छैन। राज्यको भन्दा व्यवसायीको बढी लगानी भएको क्षेत्र हो यो। यसकारण व्यवसायी र राज्यसँग सहकार्य गरेर अघि बढ्नुपर्छ। सरकारले व्यवसायीका समस्या सम्बोधन गर्छ भन्ने व्यवसायीको बुझाई छ। 
_x000D_  

प्रकाशित मिति: बिहीबार, असोज १८, २०७५  ०२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ
सेयर धितो कर्जाको जोखिम भार घट्यो
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय
सम्बन्धित सामग्री
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी:  आइतबार, फागुन ११, २०८१
ताजा समाचारसबै
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ आइतबार, जेठ ११, २०८२
सेयर धितो कर्जाको जोखिम भार घट्यो आइतबार, जेठ ११, २०८२
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय आइतबार, जेठ ११, २०८२
१५ औं राष्ट्रपति रनिङ सिल्ड जेठ अन्तिममा आइतबार, जेठ ११, २०८२
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा आइतबार, जेठ ११, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्