• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

उहिलेको पोखरा, अहिलेको फ्रेममा

64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०७५  १२:२७
1140x725

पाेखरा- ‘पहिलो पटक पोखरामा हवाई जहाज आउँदा खिचिएको फोटो हो यो,’ भित्तामा टाँगिएको पुरानो श्यामस्वेत फोटो देखाउँदै ५० वर्षीय सुनिल उलक भन्दै थिए, ‘पोखरामा पहिले जहाज आयो अनिमात्रै बस आएको हो।’ जगन्नाथ उलक स्मृति कोषले पोखरा भैरवटोलमा मंगलबारदेखि ‘उहिलेको पोखरा फोटो ग्यालरी’ सुरु गरेको छ। सोही ग्यालरीमै भेटिएका हुन्, सुनिल। उनी जगन्नाथ उलकका कान्छा छोरा तथा स्मृति कोषका अध्यक्षसमेत हुन्। 

_x000D_ _x000D_

दोस्रो विश्वयुद्धमा प्रयोग भएको जहाज युद्धविराम पछि तेस्रो मुलकलाई उपहार दिइएको थियो। त्यही बेला उपहारस्वरुप रोयल नेपाल एअरले एउटा जहाज पाएको थियो। ‘त्यो बेला पोखरादेखि जहाज चितवन जान्थ्यो,’ फोटोबारे स्पष्टीकरण दिँदै सुनीलले भने, ‘पहिले दुबै झ्यालतिर सिट हुन्थ्यो र बीचमा खाली ठाउँ। खाली ठाउँमा पोखरेलीले भएभरको सामान राखेर व्यापार गर्न जहाजमा चढेर चितवन जान्थे।’

_x000D_ _x000D_

जगन्नाथ उलकलाई पोखराका पहिलो व्यवसायिक फोटोग्राफरका रुपमा चिनिन्छ। उनले २०१३ सालमा पोखरा, भैरवटोलमा पहिलो पटक ‘नवीन फोटो स्टुडियो’ खोलेर व्यवसायिक फोटोग्राफी सुरु गरेका थिए। ‘म जन्मिएको १०/१२ वर्षमा बाबाले स्टुडियो खोल्नु भएको थियो। हातमा जहिले क्यामेरा हुन्थ्यो,’ जगन्नाथका जेठा छोरा नवीन उलक भन्छन्,  ‘त्यतिबेला उहाँले फोटोसँगै पुस्तक पसल पनि खोल्नुभएको थियो।’ नवीनकै नाममा जगन्नाथले खोलेको पुस्तक पसलको नाम पनि जुराएका थिए। 

_x000D_ _x000D_

भित्ताभरि श्यामश्वेत तस्बिर छन्, सयौंको संख्यामा। कँही पुरानो पोखराका विभिन्न ठाउँका तस्बिर छन् भने कँही विश्वास नै गर्न नसकिने खालका तस्बिर पनि छन्। ‘अहिलेको ठाउँ त्यही हो र!’, शंका लाग्छ पछिल्लो पुस्तालाई। ग्यालरीका कुनै कुनामा पोखरामा मनाइँदै आइएका लोकसंस्कृतिमा त्यो बेलाको अनुहार भेटिन्छ। 

_x000D_ _x000D_

फोटोमा धुलाम्मे बाटोमा खेलिरहेका बच्चाहरु देखिन्छन् । कँही गुच्छा खेलिरहेका बालक भेटिन्छन् भने कँही खोप्पी (सिक्का प्वालमा खसाल्ने खेल), त कँही टायर गुडाइरहेका छन्। वर्षौं पहिलेको पोखरा अहिलको विकसित अवस्थामा आइपुग्दा महिलाले पानी ल्याउन गरेको संघर्ष छ, पनि छरिएको छ फोटोमै। 

_x000D_ _x000D_

यी सबै तस्बिर जगन्नाथ उलकले खिचेका होइनन्। विदेशीहरू नेपाल घुम्न आएका बेला खिचेका तस्बिर पनि संकलन गरिएका छन्। २०१० सालपछिको पोखरा ग्लालरीमा भेटाउन सकिन्छ। 
_x000D_ ‘पोखरालाई चिनाउने नै यीनै फोटो हुन्। यो हाम्रो इतिहास हो,’ जगन्नाथका कान्छा छोरा सुनिल भन्छन्, ‘समयक्रम परिवर्तन भइरहँदा पोखरा कति फेरियो भन्ने अध्येतालाई यी फोटा निकै लाभदायक बन्न सक्छन्। फोटो जीवन्त इतिहास हो।’ 

_x000D_ _x000D_

ग्यालरीमा ३ इतिहास
_x000D_ ग्यालरीमा ३ प्रकारका फोटा संकलन गरी प्रदर्शनीमा राखिएका छन्। जगन्नाथ उलनले खिचेका फोटो, सन् १९६२ सालमा पहिलो पटक नेपालमा आएका अमेरिकी पिस कोर र सन् १९६८ मा जापानी वैज्ञानिकले गरेको पश्चिम नेपालको भ्रमणका बेला खिचेका फोटा पनि छन््। पोखराको विभिन्न समयक्रम परिवर्तनको ऐना बनेर उभिएका छन् ग्यालरीका फोटोहरु।

_x000D_ _x000D_

भैरवटोलका व्यवसायी आनन्दराज मुल्मीको घरमा खोलिएको छ, ग्यालरी। ग्यालरीका लागि २ कोठा सित्तैका उपलब्ध गराएका छन् उनले। ‘संग्रहालयभन्दा पनि हुन्छ। यी फोटोहरु सधैं यँही रहिरहने छन्। हेर्न आउने पोखराको अनुहार देख्नुहुनेछ,’ सुनिल भन्छन्। घरमा थुपारेर राखेको फोटो यसरी संग्रहालय बनाएर प्रदर्शनमा राख्ने सोच भने ८ वर्ष पहिले नै आएको थियो उनीलाई।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उलनका सबै छोरा फोटो संकलक
_x000D_ जगन्नाथका ३ जना छोरा छन्। तीनैजना छोरा फोटोग्राफर नभएपनि फोटो संकलन गर्ने सबै छोराहरुको शौखको विषय हो। सन् १९६२ सालमा अमेरिकन नागरिकहरु पहिलोपटक नेपालमा समाज सेवा गर्न आएका बेलादेखि सन् १९६८ मा जापानी वैज्ञानिकको भ्रमण पनि ग्यालगरीले समावेश गरेको छ। ‘जापानीले खिचेको २५ हजार वटा फोटो र अमेरिकीले खिचेको ३६ सय वटा फोटो कलेक्सन हामीसँग छ,’ उलन दाजुभाइ भन्छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

उलन परिवारसँग अहिले पोखराका मात्रै नभएर समग्र नेपालकै इतिहास बोकेका हजारौं फोटो संग्रहित छ। ग्यालरीमा सीमित फोटो प्रदर्शनीमा राखिएको भएपनि थप्दै लगिने उनीहरु बताउँछन्। 

_x000D_ _x000D_

फोटो संकलनमा विदेशीको सहयोग पनि उतिकै 
_x000D_ जिम फिल्डस्, नान्सी लेटिमर, मिमी कोलुहन, वाट्सन किट्नरलगायत फोटोग्राफरले उपलब्ध गराएका हुन् यी मध्ये धेरैजसो फोटोहारु। ‘उहाँहरुले आफ्ना पुराना फोटोमात्रै नभएर आर्थिक सहयोग समेत गर्नुभएको छ,’ नवीन उलन भन्छन्, ‘ग्यालरी करिब ५ लाख रुपैयाँ लागतमा तयार भएको हो।’ 

Xtrem

Xtrem
_x000D_ _x000D_

फोटोको महत्व बुझेनौंः उलन दाजुभाई
_x000D_ पहिले काम लाग्दैन भनेर आफूसँग भएको हजारौं फोटो जले पनि होला। ‘व्यवस्थित गर्न सकिएन, हाम्रा फोटा इतिहास बन्न सक्लान् भन्ने चेतना पनि थिएन’ तितो अनुभव पोखे उलन दाजुभाइले। ‘कहिले रिलको फोटो जलाइयो। कहिले नेगेटिभ, पोजेटिभ फोटो जलाएर फालियो।’ आफूहरुले जम्मा गरेको फोटोको माग बजारमा बढिरहेका उनीहरुको अनुभव छ। यही अनुभव ग्यालरी बनाउने अमूर्त प्रेरणा चाँहि पक्कै हो। फोटो प्रदर्शन गर्न उनीहरु कहिले काठमाडौं पुग्छन् त कहिले देशका विभिन्न स्थानमा। 

_x000D_ _x000D_

किन्न पनि पाइन्छ फोटो 
_x000D_ ग्यालरीमा रहेका फोटो हेर्नमात्रै नभई किन्न पनि पाइने सुविधा रहको सुनील उलनले जानकारी दिए। उनले भने, ‘ओरिजिनल फोटो हामीसँगै हुन्छ। दर्शकले कुनै फोटो  लिन चाहेमा कपी गरेर फ्रेम गरेर बेच्छौं।’ फोटो न्युनतम ४ हजारदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने उनले सुनाए। 
_x000D_  

प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्