समाजलाई विक्षुब्ध पार्ने खालमा असमानता, घृणा, विवाह सम्बन्धी वितृष्णा, कट्टरता, अश्लीलता, सामाजिक विभाजन र पुँजीवादको लोभका कारण आर्थिक संकट बढ्दो छ। विश्वमा व्याप्त यी समस्याका बाबजुद मानिसमा रहेको ज्ञानको सीमा पहिलेको तुलनामा बढेको छ। जुन, हार्डवर्ड विश्वविद्यालयका मनोवैज्ञानिक स्टिवन पिंकरको पुस्तक ‘एनलाइटमेन्ट नाउ : द केस फर रिजन, साइन्स र हयुम्यानिजम एन्ड प्रोग्रेस’ नामक पुस्तकमा उल्लेख छ।
_x000D__x000D_
पिंकरको पुस्तकभन्दा केही समयपछि नेपाली लेखक देवेन्द्रराज पाण्डे पुस्तक प्रकाशन गरेका थिए- द आइडिया अफ इन्टिग्रिटी इन द युनिभर्स अफ करप्सन एन्ड एन्टी करप्सन। ज्ञान र विज्ञानले समाजमा एकता कायम गर्नेभन्दा पनि अहिलेको समयमा पश्चिमा र पूर्वीय समाजलाई घाटा पुगेको उक्त पुस्तकले दाबी गर्छ। आयमा बढ्दै गएको असमानता तथा सामाजिक र सांस्कृतिक रुपमा पतन हुँदै गरेको समाज अनि विस्फोटनको अवस्थामा रहेको मानवता; यी दुवै पश्चिमा र पूर्वीय देशको अखण्डताको लागि हानिकारक रहेको पुस्तकको निष्कर्ष छ।
_x000D__x000D_
८०औं वसन्तमा हिँडिरहेका पाण्डे नेपालको जहानियाँ राणा शासनका बेला जन्मिएका थिए। उनका पिता दोस्रो विश्वयुद्धअघि बेलायतका लागि नेपाली राजदूत थिए। भारतमा शिक्षा प्राप्त गरेका उनको करिअरको सुरुवात राष्ट्रिय योजना आयोगबाट भएको थियो।
_x000D__x000D_
उनले नागरिक अधिकार आन्दोलन र भियतनाम युद्धको चरम अवस्थामा बेला सार्वजनिक र अन्तर्राष्ट्रिय मामिलामा अमेरिकाबाट छात्रवृत्तिमा स्नातकोत्तर गरे। अमेरिकामाथि उल्लिखित ऐतिहासिक घटनाले विश्वलाई हेर्ने दृष्टिकोणमा निकै ठूलो प्रभाव पारेको छ। अमेरिकाबाटै विद्यावारिधि गरेका उनी पनि यस प्रभावबाट मुक्त छैनन्।
_x000D__x000D_
अध्ययन सकेर नेपाल फर्किएका पाण्डेले अर्थसचिवका रुपमा पनि काम गरे तर त्यो लामो समय टिकेन। जागिर छोडेर प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा सरिक भएका उनी २०४६ सालको प्रजातन्त्र स्थापनापछिको सरकारको अर्थमन्त्री बनेका थिए।
_x000D__x000D_
अर्थमन्त्री भएको करिब तीन वर्षपछि २०४९ सालतिर उनी ट्रान्सपरेन्सी इन्टरनेसनलमा आबद्ध भए। भ्रष्टाचारविरुद्ध आवाज उठाउने उक्त संस्थामा पाण्डे दुई पटक कार्यसमितिमा निर्वाचित पनि भए।
_x000D__x000D_
अहिलेको वृद्धावस्थामा पनि उनमा अमेरिकी र पश्चिमा राजनीति, प्रशासन र सार्वजनिक नीतिका विषयमा गहिरो अध्ययन छ। प्रकाशित उनको पुस्तक ज्ञान, अवलोकन, आफूले विगतमा गरेको कामको मूल्यांकन र नागरिक आन्दोलनसँग जोडिनुको उपज हो। उनले भ्रष्टाचार र भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा आफ्ना विचार र विद्वता दुवै प्रकट गर्ने गरेका छन्।
_x000D__x000D_
विश्वमा हाल प्रचलनमा रहेको भ्रष्टाचार सम्बन्धी लेख र कानुनी र संवैधानिक अभिलेखमा विश्वभरका सरकारले भ्रष्टाचारलाई घुस, रिसवत, सम्पति शुद्धीकरण, धोकाधडी, राज्य नियन्त्रण र सार्वजनिक लागतमा व्यक्तिगत लाभ हुने कार्यलाई भ्रष्टाचारका रुपमा व्याख्या गरेका छन्। तर पाण्डे दाबी गर्छन्, शक्ति र सत्ताको नजिक रहेको सानो समूहको मानिसले शक्तिहीन र पिछडिएका गरिब वर्गलाई उपयोग गर्दै आफनो लक्ष्य हासिल गर्नु भनेको प्राविधिक चुनौती होइन। यो पश्चिमा र पूर्वीय देशका लागि नैतिक चुनौतीको रुपमा रहेको छ। यो व्यक्तिगत र संस्थागत दुवै हिसाबमा विश्व, परिवार, समाज र देशका लागि अखण्डताको प्रश्न रहेको उनको ठम्याइ छ।
_x000D__x000D_
_x000D_अमेरिकामा सवारी अनुमतिपत्र लिन अमेरिकनले उनीहरुको पृष्ठभूमि र चिकित्सक फिटनेस जाँच पास गर्नुपर्ने हुन्छ र बल्ल लाइसेन्स प्राप्त गर्छन्। तर बन्दुकको लाइसेन्स प्राप्त गर्ने व्यक्तिले न त आफ्नो मानसिक रोगको जाँच गराउनुपर्छ न आफ्नो पृष्ठभूमिको जानकारी दिनुपर्छ।
_x000D_
_x000D__x000D_
उदाहरणका लागि पाण्डे भन्छन्, 'अमेरिकामा बन्दुक निर्माताले राजनीतिक दलको निर्वाचन समयको बेइमानीका कारण स्कुल, कलेज अथवा विश्वविद्यालय, गिर्जाघर र नाइटक्लबमा भएका निर्दोष मानिस बन्दुकको सिकार बन्दछन्। करिब ३३ हजार अमेरिकी मानिसले वार्षिक रुपमा बन्दुक आक्रमणबाट ज्यान गुमाउँछन् भने त्योभन्दा पनि बढीले सवारी दुर्घटनाका कारण। अमेरिकामा सवारी अनुमतिपत्र लिन अमेरिकनले उनीहरुको पृष्ठभूमि र चिकित्सक फिटनेस जाँच पास गर्नुपर्ने हुन्छ र बल्ल लाइसेन्स प्राप्त गर्छन्। तर बन्दुकको लाइसेन्स प्राप्त गर्ने व्यक्तिले न त आफ्नो मानसिक रोगको जाँच गराउनुपर्छ न आफ्नो पृष्ठभूमिको जानकारी दिनुपर्छ। अमेरिकाको बन्दुक हिंसा नेताहरुको बेइमानिको कारण भइरहेको हो। यति हुँदा पनि अमेरिकी दक्षिणपन्थीहरुले बन्दुक हिंसालाई व्यक्तिको मानसिक स्वास्थ्यको विषय बनाउँछन्।'
_x000D__x000D_
भारतमा वार्षिक १२ हजार किसानले आत्महत्या गर्ने तथ्य पनि पाण्डेको पुस्तकले सार्वजनिक गरेको छ। राजनीतिक दलका नेताले किसानको आत्महत्याको दर घटाउने बारम्बार वाचा गरे पनि त्यो पूरा हुन सकेको छैन। तर विजय माल्या र नीरव मोदीहरु जस्ता भ्रष्ट व्यक्ति भ्रष्ट नेताहरुकै सहयोगमा कुनै रोकतोकबिना देश-विदेश सयर गरिरहेका छन्।
_x000D__x000D_
सामान्य झाडापखाला लागेका विकट गाउँका देशभक्त नेपालीले अत्यावश्यक औषधोपचारको आभावमा मर्नुपर्दा पाण्डे राजनीतिक दलका नेताहरु विदेशमा उपचार गर्न जाने बताउँछन्। भरखरै सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार गएको एक दशकमा नेपालका नेताहरु विदेशमा उपचार गर्न जाँदा हालको विनिमय दरका हिसाबमा ६० लाख अमेरिकी डलर खर्च भएको छ जबकि त्यो उपचार नेपालमै सम्भव थियो।
_x000D__x000D_
सजायबाट कसरी उम्कन सकिन्छ भन्ने शिक्षित वर्गलाई थाहा हुन्छ, त्यसैले उनीहरु भ्रष्टचार गर्छन् भन्ने कुरा उनले पुस्तकमा स्पष्ट पारेका छन्। जब यस्ता मानिसलाई सजाय दिन गिर्जाघर, मस्जिद, मान्दिर असफल हुन्छन्; तब सरकार कानुन, पुलिस, अदालत र जेललाई यो समस्या समाधानको उपाय मानिएको उनी बताउँछन्।
_x000D__x000D_
सामाजिक र प्राकृतिक हिसाबमा आफ्नो मूल्य-मान्यता र अखण्डतालाई कसरी बचाइराख्ने भन्ने विषयमा विद्यार्थीलाई ज्ञान दिन कलेज तथा विश्वविद्यालय असफल भएका छन्। परिणामत: दक्षिणपन्थी सोच भएका राजनीतिक दलहरु वातावरण प्रदूषण नभएको, बन्दुक आतंक मानसिक समस्या भएको, पुँजी थुपार्ने लोभ राम्रो र कुनै जात-लिंगको विश्वमा अद्वितीय स्थान रहेको सोच्छन्। त्यसैले पाण्डे सामाजिक सद्भाव निर्माण गर्नु र त्यसलाई कायम गर्नु नै समाजमा व्याप्त रहेको नकारात्मक चिज विरुद्धको कदम भएको मान्दछन्।
_x000D__x000D_
यसका अलावा पाण्डे भन्छन्, 'अमेरिकामा मानिसहरु कर तिर्न कसरी जोगिने र आफ्नो व्यक्तिगत सम्पति अरुको भन्दा कसरी कम देखाउने भनेर सोच्छन्। उदाहरणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कर छली गर्न सक्नु बाठो हुनु हो भन्ने सोच्दछन्। यसैका कारण पश्चिमा विश्व व्यवस्था, प्रजातन्त्र, कानुनी शासन, पारदर्शिता र जवाफदेही जस्ता प्रशासनिक मानक पहिलेको तुलनामा निकै कमजोर भएको छ।'
_x000D__x000D_
_x000D_'विश्वमा देखिएको असमानताको कारण पुँजीबाट हुने आम्दानी आर्थिक विकासको आम्दानीभन्दा बढी हुनु हो।'
_x000D_
_x000D__x000D_
पहिले प्रजातन्त्र, कानुनी शासन, पारदर्शिता, जिम्मेवार सरकार र इमानदार प्रशासनलाई गैरपश्चिमा देशहरु पश्चिमा सभ्यताको उपहार मान्थे। तर जब पश्चिमा देश नै यसविरुद्ध जान थाले यो अवधारणाले विस्तारै अरु गैरपश्चिमा देशलाई आकर्षित गर्न छोडेको छ। पश्चिमा देशमा आएको विचलन र भ्रष्टाचारले पश्चिमा प्रजातन्त्रको ‘सफ्ट पावर’ क्षयीकरण हुँदै गएको पाण्डे बताउँछन्। अब भ्रष्टाचार र खस्किँदो रुपमा रहेको अखण्डता नै विस्तारै पश्चिमा देशको मूल्य मान्यता हुँदै छ।
_x000D__x000D_
मानिसको ज्ञानमा अतुलनीय विकास हुँदै गएको छ। स्कुल र विश्वविद्यालय थपिएको थपियै छन्। विश्वविद्यालयको डिग्री लिने मानिस बढे पनि वा भ्रष्टाचार रोकथाम गर्न अनेक कानुन बने पनि भ्रष्टाचार घटेको छैन। पहिलेभन्दा झनै बढ्दै गएको छ।
_x000D__x000D_
बीसौं शताब्दीमा थोमस पिकेटी आफ्नो स्मरणगाथा ‘क्टापिटल इन द ट्वान्टी फस्ट सेन्चुरीमा’ लेख्छन्, 'विश्वमा देखिएको असमानताको कारण पुँजीबाट हुने आम्दानी आर्थिक विकासको आम्दानीभन्दा बढी हुनु हो।'
_x000D__x000D_
तर, पाण्डे यसमा पनि फरक विचार राख्छन्। भ्रष्ट राजनीतिक नेता र निजामती कर्मचारीको लोभी पुँजीपतिसँगको गठबन्धन नै असमानताको कारण रहेको उनको ठम्याइ छ। 'द अटलान्टिक'का स्तम्भकार मोइसेस नाइमले भने जस्तै यस्ता व्यक्तिले असल र इमानदार राजनीतिक नेता र निजामती कर्मचारीको संख्याभन्दा धेरै कानुनको उल्लंघन गर्छन्।
_x000D__x000D_
विद्वान र सामाजिक कार्यकर्ता भ्रष्टाचार र भ्रष्टाचारविरोधी गतिविधि रोक्ने र विश्वस्तरमा यसको प्रचार गर्ने सवालमा अदुरदर्शी छन्। किनभने उनीहरु सामाजिक समस्याको कारण बुझ्ने सवालमा कमजोर रहेका छन्।
_x000D__x000D_
पाण्डेको पुस्तक पढ्ने पाठकहरुले भ्रष्टाचार र यसविरोधी सिद्धान्त स्थापित गर्न कसरी पुस्तक सफल भएको छ भन्ने थाहा पाउँछन्। यस्तै, पाठकले कसरी पश्चिमा देशले आफ्नो प्रभाव गुमाउँदै छ भन्ने कुरा पनि यो पुस्तकका माध्यमबाट थाहा पाउन सक्छन्।
_x000D__x000D_
- एशिया टाइम्सबाट
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।