काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ अहिले प्रर्दशनमा छ । चलचित्र हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ ।
एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी गरि ४२ क्लबहरूलाई नजिकको हलमा सामूहिक रुपमा फिल्म हेर्न व्यवस्था मिलाउन तथा सामाजिक सञ्जालमार्फत प्रचार गर्न आग्रह गरेको हो ।
एन्फाले खेलकुदप्रेमी दर्शकलाई पनि फिल्म हेरेर नेपाली फुटबलको संघर्ष र सफलतालाई सम्मान गर्न अनुरोध गरिएको छ । यो फिल्म एञ्जिलाको इलामदेखि राष्ट्रिय टोलीसम्मको कठिन यात्रालाई केन्द्रमा राखेर निर्माण गरिएको छ । फिल्ममा केवल फुटबल यात्रा मात्र होइन । उनीसँग जोडिएको समाज, परिवार, कठिनाइ, सपना र आत्मबलको कथा सजीव रूपमा चित्रण गरिएको छ ।
फिल्मबाट उठेको रकमले एन्जिलाको घर बनाइदिने घोषणा पनि फिल्म प्रदर्शनमा आउनु भन्दा पहिले भैसकेको छ । चलत्रचित्रले पछिल्लो समय देशभरबाट राम्रो शो समेत पाइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।