काठमाडौं – देशका पहाडी क्षेत्रमा बिहीबार (आज) फागुपर्व तर्थात होली मनाइँदैछ । यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ । यो पटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ ।
वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर मनाउने चलन छ । यो पर्वलाई कटुता समाप्त गरेर एक आपसमा खुशी साट्ने दिनका रूपमा लिइन्छ ।
यही पर्वलाई तराई–मधेश क्षेत्र होलीका नाममा पूर्णिमाको भोलिपल्ट मनाउने परम्परा छ । अर्थात तराईमा होली भोली मनाइदैछ । हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको बताइन्छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ ।
काठमाडौं उपत्यकामा फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिंगो) गाडेपछि फागुपर्व शुरू हुन्छ । पूर्णिमाको रातमा चीर ढालेर जलाएपछि समाप्त भएपछि सकिन्छ । तराई–मधेश क्षेत्र भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ । फागुपर्वका अवसरमा सरकारले आज पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।