• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पर्थमा नेपथ्यले कमाएको धन्यवाद

64x64
नेपाल लाइभ सोमबार, फागुन २६, २०८१  १२:२७
1140x725

पर्थ (अस्ट्रेलिया) – स्थानीय मेट्रो सिटी हलमा श्रीमतीसँग नाच्दानाच्दै कन्सर्ट सकिएपछि सौगात पौडेल बेस्सरी चिच्याए, ‘अमृत दाइ धन्यवाद १’ ब्यान्डले सबैलाई झुकेर अन्तिम अभिवादन गरिरहेका बेला निस्केको सौगातको आवाजमा मर्म सुनिन्थ्यो । ‘मैले यस साँझका निम्ति मात्र धन्यवाद दिएको होइन,’ हलबाट निस्केपछि छेउमा उभिएकी श्रीमती ममतातिर संकेत गर्दै सौगातले भने, ‘हाम्रो जीवन बनाइदिएकामा आभार प्रकटसमेत गरेको थिएँ ।’

चितवनका सौगात र भक्तपुरकी ममता पुडासैनी कुनै समय भारतको बेंगलुरुमा बेग्लाबेग्लै कलेज पढ्थे ।  त्यस्तैमा सौगातको कलेज ‘राजा रेड्डी इन्स्टिच्युट अफ टेक्नोलोजी’ ले नेपालबाट नेपथ्य ब्यान्डलाई निम्तो गर्ने निधो गर्योश । सन् २०१४ को त्यो नेपथ्य कन्सर्टमा केही घण्टा परको कलेजबाट नर्सिङकी विद्यार्थी ममता साथीको हुलैसहित पुगेकी रहिछन् । उनीहरूबीच चिनजान भयो, कन्सर्टभरि साथै रमाए र नाचे ।

01-Nepathya-performing-at-the-Metro-City-Hall-in-Perth.-Photo---Dipit-Raz-1741588870.jpg
 

‘निकै परको कलेजमा पढ्ने हामीबीच भेटघाट हुने सम्भावनै थिएन,’ ममता भन्छिन्, ‘नेपथ्यले जुराइदिएको त्यस संयोगले हामीलाई सदाका निम्ति एकअर्काको बनाइदियो ।’ यतिबेला यी दम्पती भर्खर जन्मेकी छोरीसँग पर्थमा बसोबास गर्दै आएका छन् ।

‘११ वर्षपछि आज नेपथ्यको कन्सर्टमा फेरि आइरहँदा मनमा अनेक कुरा खेले, हाँक्दै गरेको गाडीलाई दुईपटक त गलत मोडमै छिराएँ । नौ मिनेटको बाटो तय गर्न मलाई २३ मिनेट लाग्यो,’ सौगातले हाँस्दै भने, ‘कार्यक्रम हेरुन्जेल पनि ठाउँ–ठाउँमा हुरुक्कै भयौं ।’

हलमा सौगात र ममता जस्ता थुप्रै जोडी अनि अनेक उमेर समूहका खचाखच दर्शकमाझ नेपथ्य ब्यान्डले अस्ट्रेलिया शृंखला २०२५ को दोस्रो शो आइतबार बेलुकी भव्य रूपमा सम्पन्न गरेको छ ।  घडीले स्थानीय समय अनुसार बेलुकी साढे ९ बजेको देखाउने बित्तिकै पर्दामा म्युजिक भिडियोका गीतहरू घन्किन सुरु गरेका थिए । लगत्तै मञ्चमा चढेको नेपथ्यले पहिलो प्रस्तुतिका रूपमा ‘कोशीको पानी’ सुनायो ।

नेपालसँग केवल सवा दुई घण्टाको समय अन्तर रहेको वेस्टर्न अस्ट्रेलिया राज्यको राजधानी पर्थमा ब्यान्ड तेस्रो पटक प्रस्तुत भइरहेको थियो । कार्यक्रममा ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले गीत मात्र सुनाएनन्, दर्शकसँग संवाद समेत गरे ।

03-Nepathya-performing-in-Perth.-Photo---Dipit-Raz-1741588870.jpg
 

Ncell 2
Ncell 2
nimb
nimb

‘उता नेपालमा सद्भावको पर्व फागु मनाउनै लाग्दा तपाईंहरूलाई हिमाल, पहाड र तराईको न्यानो शुभकामना बोकेर आएका छौं,’ उनी भनिरहेका थिए, ‘यहाँ संसारभरिबाट आएका मानिसलाई हामी नेपालीको मिलनसार र असल छविको पहिचान विस्तार गरिदिनुस् ह।।।इ।।।।’

लगत्तैको गीत ‘चरि मर्योि’ सुनाउने बेला पनि अमृतले रमाइलो प्रसंग निकाले । यो गीत गाउँले लवज र भाकामा ‘ए साइँला।।।’ भन्दै सुरु हुन्छ । त्यो भाका तान्दातान्दै अमृतले सोधे, ‘तपाईंहरूमध्ये यहाँ कोही साइँला हुनुहुन्छ रु’ जवाफमा कसैले हात उठाएनन् । ‘पक्कै पनि कोही हुनुहुन्न,’ अमृतले थपे, ‘हिजोआज नेपाली समाजमा पनि ससानो परिवारको संरचनाले गर्दा साइँलाहरू जन्मनै छाडिसके र यो शब्दै लोप हुने क्रममा छ ।’ प्रत्युत्तरमा दर्शकदीर्घाभरि हाँसो र ताली फैलियो ।

त्यसपछि ‘जोमसोमे बजार’ र ‘शिरफूल’ जस्ता गीतले निरन्तरता पाउँदै गए । पालो आयो लाहुरेहरूले कुनै समय भित्र्याएको गीत ‘नैनाताल’ को । ‘नेपाली जता गए पनि आफ्नो अनुभवलाई गीतमा ढालेर फर्कने परम्परा पुरानै हो,’ अमृतले भने, ‘बाउबाजेले लडाइँको मैदानमा पनि यस्ता गीत बनाइदिए र हामीले आज गाउन पाइरहेका छौं ।’

पर्थमै चिकित्सा अभ्यास गरिरहेका डा। अन्जन शर्मा पनि कन्सर्टमा उपस्थित थिए । उनै अन्जनले कुनै समय दमकस्थित अस्पतालमा कार्यरत रहँदा गायक अमृतको घाँटीको उपचार गरेका थिए । करिब डेढ दशकअघि नेपथ्यको देशभर यात्रा चलिरहँदा दमक पुगेपछि पहिलोपटक अमृतको घाँटीमा समस्या देखिएको थियो ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

05-Audience-enjoy-the-Nepathya-Concert-in-Perth.-Photo---Dipit-Raz-1741588870.jpg
 

‘घाँटीमा त्यस किसिमको रोग देखिएपछि अमृत दाइले अब धेरै समय यस्तो कन्सर्ट गर्न सक्नुहोला जस्तो लागेको थिएन,’ आइतबारको प्रस्तुति सपरिवार नियालिरहेका अन्जन भनिरहेका थिए, ‘तर अनुशासित खानपान र जीवनशैलीले होला, यो बायोलोजिकल एक्सेप्सनका रूपमा उहाँको घाँटी ठीकठाक अवस्थामै देख्दै छु ।’ ‘गाउँ-गाउँबाट उठ’ गीत सुरु भएपछि माहोल झन् गर्मायो । 

हलभित्र उफ्रिरहेका दर्शकबीचमा एक्लै उभिएर लुइस जोर्गेन्सन टाउको हल्लाइरहेकी थिइन् । खैरो कपाल र अग्लो ज्यान भएकी लुइस हलमा पनि एक्लै आएकी थिइन् । कन्सर्टसँग जोडिएको लुइसको कथा रोचक थियो । ‘मैले २० वर्षअघि आफ्नो मूल भूमि स्कटल्यान्ड छाडेँ, बसोबास गर्ने मुलुक अस्ट्रेलिया बनाएँ भने माया गर्ने मुलुक नेपाल,’ उनले मोबाइल फोनमा भएका फोटोहरू देखाउँदै थपिन्, ‘गएको भाइटीकाका बेला म उतै थिएँ ।’

बारम्बार नेपाल आवतजावत गरिरहँदा उनलाई नेपाली गीत(संगीत पनि मन पर्न थालेको रहेछ । उनले स्पोटिफाईमा सुन्ने अधिकांश गीत नेपाली नै छन् । त्यसमा पनि उनलाई शब्दै याद भएको र गाइरहने गीत रहेछ( ‘तालको पानी’ । ‘पर्थका नेपाली साथीले मलाई यो गीत गाउने ब्यान्ड यसै सहरमा आउन लागेको जानकारी गराए,’ लुइसले भनिन्, ‘त्यसपछि अनलाइनबाटै टिकट काटेर सरासर आएँ ।’

कन्सर्ट सकिएपछि मोबाइलमा सन्देश पठाउँदै लुइसले प्रतिक्रिया दिइन्, ‘वन वर्ड– अमेजिङ (एक शब्दमै भन्छु– गज्जब लाग्यो)।’ थप जिज्ञासा राख्दा लुइसले नेपथ्यको प्रस्तुतिमा हरेक कुरा आफूलाई मन परेको र त्यसमध्ये पनि मुख्य गायक अमृतले त्यति धेरै दर्शकलाई बाँधेर राख्न अपनाएका शैलीहरू विशेष उल्लेखनीय लागेको प्रतिक्रिया दिइन् ।

हलमा नाचिरहेको भीडभित्र टिकट काटेर आउने दर्शक मात्र नभई स्थानीय आयोजक सन्तोष धामी पनि देखिन्थे । ‘पर्थमा नेपाली कार्यक्रममा यति दर्शक उपस्थित भएको यो रेकर्ड हो,’ उनी भनिरहेका थिए, ‘त्यसमाथि सबै दर्शक रमाएको देख्दा असाध्यै खुसी लागेको छ ।’ मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ ।

पर्थको प्रस्तुति सकिएपछि ब्यान्ड अस्ट्रेलियाको पूर्वी किनारातर्फ लाग्नेछ । आगामी कन्सर्ट मार्च १४ मा ब्रिसबेनको ‘द टिभोली’ हलमा हुनेछ । त्यसपछि मार्च १८ मा अस्ट्रेलियाकै पुछारमा रहेको टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’, मार्च २१ मा एडिलेड सहरको ‘हिन्डले स्ट्रिट म्युजिक हल’, मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’ मा प्रस्तुत गरेपछि अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ ।

पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको यस सहरमा मार्च २९ को साँझ ‘होर्डन पभिलियन’ मा आफूलाई प्रस्तुत गरेको दुई दिनपछि ब्यान्ड स्वदेश फिर्नेछ । सबै सहरमा कार्यक्रमका जानकारी सहित अनलाइन बुकिङ लिंकको लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत् जानकारी पाउन सकिने आयोजकले जानकारी दिएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
सम्बन्धित सामग्री
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र जाँच समितिले श... शनिबार, असोज ३१, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्