काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई श्रीलंकाको राजदूत पदमा नियुक्त गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी गराएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।