काठमाडौँ – ‘पूर्ण बहादुरको सारंगी’का निर्माताले नयाँ फिल्म ‘अभिमन्यु’ बनाउने भएका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको हो ।
फिल्म आगामी साउन २४ गते रिलिज गर्ने घोषणा समेत गरिएको छ । मुकेश खनालको कथा रहने फिल्मलाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । सेभेनसिज् प्रालिको ब्यानरमा फिल्मलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गर्नेछन् ।
फिल्ममा कलाकारको लाइनअप भने फाइनल भइसकेको छैन । यही निर्माण टिमले बनाएको फिल्म ‘पूर्णबहादुरको सारंगी’ले ७८ करोडभन्दा माथिको व्यापार गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।