• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मिठाइ, क्यान्डी तथा बेकरी उत्पादनमा प्रयोग हुने 'रेड ३ रङ'लाई क्यान्सर जोखिम भन्दै एफडीएले लगायो प्रतिबन्ध

64x64
नेपाल लाइभ बुधबार, फागुन ७, २०८१  १५:२४
1140x725

काठमाडौं– अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले जनावरहरूमा क्यान्सर गराउने प्रमाण भेटिएपछि खाद्य उत्पादनमा प्रयोग हुने 'रेड ३ रङ'लाई प्रतिबन्ध लगाएको छ, जुन अनुसार सन् २०२७ सम्म खाद्य पदार्थहरूबाट तथा सन् २०२८ सम्म औषधिबाट यो रङ हटाउनु पर्नेछ। रेड ३ (जसलाई एरिथ्रोसिन पनि भनिन्छ), जुन विभिन्न क्यान्डी, खोकीको सिरप, बेकरी उत्पादन र फ्रोजन मिठाइहरुमा प्रयोग हुने गर्दछ।

सेन्ट लुइसमा आधारित खाद्य रङ र स्वाद आपूर्तिकर्ता- सेन्सियन्ट फुड कलर्सका अनुसार, जो कृत्रिम रङहरू पेट्रोलियमबाट बनाइने रासायनिक पदार्थ हुन्, जुन प्राकृतिक रूपमा पाइँदैनन्। यी रंङहरू खाद्य उत्पादनहरूलाई आकर्षक बनाउन प्रयोग गरिन्छन्। उपभोक्ता अधिकार समूह जस्ता संस्थाहरूले रेड ३ लाई खाद्य उत्पादनहरूबाट हटाउन लामो समयदेखि माग गर्दै आएका थिए। यो रङ करिब एक दशकअघि कस्मेटिक्समा प्रतिबन्धित गरिएको थियो, तर खाद्य पदार्थ र औषधिमा अनुमति दिइएको थियो।

कृत्रिम रङहरूले बालबालिकामा व्यवहारजन्य समस्या, जस्तै अधिक चञ्चलता र आवेगपूर्ण व्यवहार निम्त्याउन सक्छन्। विशेषगरी, एडीएचडी भएका बालबालिकामा यसको असर बढी देखिन्छ। ओहायो स्टेट युनिभर्सिटीका मनोचिकित्सा प्राध्यापक डा. एल यूजिन अर्नोल्ड भन्छन्, ‘कृत्रिम रंगहरू एडीएचडीको प्रमुख कारण होइनन्, तर केही अवस्थाहरूमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।' एफडीएका वैज्ञानिकहरूका अनुसार धेरैजसो बालबालिकामा यी रंगहरूको कुनै असर हुँदैन, तर केही बालबालिकामा नकारात्मक प्रतिक्रिया देखिन सक्छ।

अमेरिकामा कृत्रिम रङहरू हटाउने अभियानले गति लिँदैछ। सन् २०२३ मा क्यालिफोर्निया पहिलो राज्य बन्यो, जसले विद्यालको खानामा छ वटा कृत्रिम रङहरूमाथि प्रतिबन्ध लगायो। यस वर्ष बन्देज लगाउने सम्बन्धी कानुन प्रस्ताव गर्ने तयारीमा करिब एक दर्जन राज्यहरू छन्। अक्टोबरमा, उपभोक्ता अधिकारकर्मीहरूले एप्पल ज्याक र फ्रुट लूप्स जस्ता सिरियलहरूबाट कृत्रिम रंग हटाउन डब्लुके केलोग कम्पनी माथि दबाब दिएका थिए।

हालै अमेरिकी स्वास्थ्य तथा मानव सेवा सचिवमा नियुक्त भएका रोबर्ट एफ. केनेडी जुनियरले खाद्य उत्पादनबाट कृत्रिम रङहरू हटाउने प्रतिबद्धता जनाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

'जब मैले भनें कि रातो रंगले क्यान्सर गराउँछ, मलाई षड्यन्त्र सिद्धान्तवादी भनियो,' उनले आफ्नो पुष्टि सुनुवाइमा भने, ‘अब एफडीएले नै त्यसलाई स्वीकार गरेर प्रतिबन्ध लगाएको छ।'

प्राकृतिक रंगहरूको विकल्प के छन्?
धेरै खाद्य कम्पनीहरूले रेड ३ हटाएर प्राकृतिक विकल्पहरू प्रयोग गर्न थालेका छन् जस्तै चुकन्दरको रस, कर्मिन(कीराबाट बनाइने रंग )सखरखण्डा, मुला र रातो बन्दागोभीबाट निकालिएको रंग जस्ता प्राकृतिक विकल्पहरू।

मेघान स्किडमोर, सेन्सियन्टकी प्रवक्ता भन्छिन्, यो जटिल छ। प्राकृतिक रंगहरू तापक्रम, एसिडिक स्तर जस्ता तत्वहरूसँग अस्थिर हुन सक्छन्, जसका कारण तिनलाई प्रयोग गर्न चुनौतीपूर्ण हुन सक्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कसरी कृत्रिम रंगहरूबाट जोगिन सकिन्छ?
कृत्रिम रंगहरू धेरै खाद्य उत्पादनमा प्रयोग हुने भएकाले कुन चाहिँ खानेकुरामा छैन भनेर छुट्टाउन गाह्रो हुन सक्छ।

डा. अर्नोल्डका अनुसार, सबै भन्दा राम्रो र सजिलो उपाय भनेको सामग्री सूची ध्यानपूर्वक पढ्नु हो।

‘यदि सूची यति लामो छ कि पढ्न झन्झटिलो छ र तपाईंले उच्चारण गर्न नसक्ने तत्वहरू छन् भने, त्यस्तो उत्पादन नकिन्नुहोस्,’ उनले भने।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्