काठमाडौं– नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि वायुप्रदूषण बढेको देखिएको भन्दै अधिकारी तथा चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।
बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उनीहरूले सर्वसाधारणलाई सावधान हुन आग्रह गरेका हुन्।
वातावरण मामिला हेर्ने अधिकारीहरूका अनुसार पछिल्ला साताहरूमा बढ्दै गएको वायुप्रदूषण "वर्षा नभइ वा ठूलो हुरी नचले"सम्म कम हुने देखिएको छैन।
मौसमविद्हरूका अनुसार नेपालमा "तत्काल पानी पार्ने खालको ठूलो प्रणाली विकास हुने सम्भावना" न्यून देखिएको छ।
वातावरण विभागको वातावरण प्रदूषण, नियन्त्रण तथा नियमन शाखाका प्रमुख तथा सूचना अधिकारी दीपक ज्ञवाली यसपालिको हिउँदमा पानी नपर्नु वायुप्रदूषणको मुख्य कारण देखिएको बताउँछन्।
"पानी परेको छैन। डढेलो लाग्न थालेका छन्। दक्षिणतिरबाट पनि प्रदूषित वायु आइरहेको देखिएको छ," उनले भने।
"हामीले वायुप्रदूषण घटाउने उपायहरू गर्न सकेका छैनौँ त्यस्तो अवस्थामा पानी नपर्ने र ठूलो हुरी नचल्ने हुँदा प्रदूषण बढेको बढेकै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।