काठमाडौँ – प्यालेस्टिनी लडाकु समूह हमासले दक्षिणी गाजामा दुई इजरायली र पाँच थाई नागरिक सहित सात जना बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गरिएको छ । गाजामा बन्धक बनाएका दुई इजरायली र पाँच थाई नागरिकहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरिएको हो ।
२९ वर्षीय अर्बेल येहुद र ८० वर्षीय गादी मोजेसलाई दक्षिणी गाजाको खान युनिसमा हस्तान्तरण गरिएको थियो । दुवै इजरायली नागरिक हुन् । प्यालेस्टिनी इस्लामिक जिहादले पहिले उनीहरूको भेट र अँगालो हालेको श्रब्यदृश्य (भिडियो) प्रकाशित गरेको थियो ।
हमास र प्यालेस्टिनी इस्लामिक जिहाद दुवैका सशस्त्र शाखाहरूले अन्य दुई लडाकु गुटहरूसँगै हस्तान्तरणमा भाग लिएका थिए । इजरायलले सबै सात बन्धकहरूलाई हस्तान्तरण गरिएको पुष्टि गरेको छ ।
बन्धकहरूको स्थानान्तरण गाजामा हमासको सशस्त्र शाखाका नेता याह्या सिनवारको पारिवारिक घरको भग्नावशेष अगाडि भएको थियो, जसलाई गत वर्षको अन्त्यतिर इजरायली सेनाले मारेको थियो ।
अक्टोबर ७ मा अपहरण गरिएका पाँच थाई नागरिकहरूलाई पनि रिहा गरिएको छ । उनीहरू गाजामा बन्दी बनाइएका आठ थाई नागरिकहरूमध्ये हुन् । हमासले अक्टोबर ७ मा आक्रमण सुरु गर्दा धेरै थाई नागरिकहरू दक्षिणी इजरायली समुदायहरूमा कामदारको रूपमा काम गरिरहेका थिए । गाडी मोजेस किबुट्ज निर ओजका बासिन्दा हुन् । उनका साथी एफ्राटलाई त्यही दिन अपहरण गर्दा मारिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।