• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला

64x64
रासस शनिबार, माघ १२, २०८१  १४:५८
1140x725

पथरी (मोरङ) – मोरङको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईवस्तुको गोबर उठाउनु पर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको।

सीता चौधरीको पाँच जनाको परिवार छ । उक्त परिवारका लागि खाना पकाउनैपर्ने बाध्यता छ सीतालाई । श्रीमान्को सामान्य कमाइले ग्यास र दाउरा किन्न पुग्दैन । ‘ग्यास चलाउन सकिँदैन, जङ्गल पनि टाढा छ, वन समितिले संरक्षण गर्न थालेपछि दाउरा पनि पाइँदैन, गुइँठाको विकल्प नगरे आफैलाई ग्राहो हुन्छ’, चौधरीले भनिन्, ‘ग्यास चलाउन नसक्नेले दाउराको विकल्प गुइँठा तयार गर्नु परेको छ ।’

ग्रामथान–५ कि सीता चौधरीको जस्तै व्यथा छ रङ्गेली आमगाछीकी ललिता नुनियाको । नुनिया हिउँद सुरु भएसँगै गोठको गोबर जम्मा गरेर गुइँठा बनाउन थाल्छिन् । काँचो गोबरलाई सनपाटको सुन्टीमा टाँसेर सुकाएपछि गुइँठा बन्ने गरेको छ । दक्षिणी मोरङमा यसैलाई दाउराको विकल्पका रूपमा प्रयोग गर्ने गरिन्छ । तराईको समथल उब्जाउयोग्य खेतबालीमा हाल्नुपर्ने गोबर गुइँठा बनाएपछि दक्षिणी मोरङका किसान खेतमा रासायनिक मल हाल्न बाध्य छन् । गोबरलाई मलका लागि खेतमा हाले दाउराको समस्या हुने उनको भनाइ छ ।

Ncell 2
Ncell 2

दक्षिणी मोरङको रङ्गेली, सुनवर्षी, ग्रामथान, रतुवामाई र कटहरी क्षेत्रका निम्नवर्गका परिवारका महिलाले खाना पकाउने दाउराका रुपमा गुइँठा नै प्रयोग गर्ने गरेका छन् । गुइँठा बाल्दा निस्किएको धुवाँले आँखा र स्वास्थ्यमा समस्या देखिएको छ । ग्रामथान–५ कि सीता चौधरी र आमगाछी कि नुनिया जस्तै यस क्षेत्रका गृहिणीको दिनचर्या हो गोठबाट गोबर सङ्कलन गरेर गुइँठाको दाउरा बनाउनु ।
दक्षिणी मोरङका अधिकांश बासिन्दा गोबर सङ्कलन गरी सुन्ठी, बाँस, परालका टुक्रा मिसाएर दाउरा बनाउने गर्दछन् । बनाएका दाउरा सुकाएर खाना बनाउन प्रयोग गरिने स्थानीयवासी बताउँछन् ।मोरङको उत्तरी क्षेत्रमा घना जङ्गल भए पनि दक्षिणी मोरङमा भने दाउराकै लागि गोबर प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ । दाउराको अभावमा गोबरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनुपर्ने बाध्यता रहेको स्थानीय परमेश्वर नुनियाले बताए । खेतमा प्रयोग गर्नुपर्ने गोबर मल दाउराका रूपमा प्रयोग हुँदा खेतमा मलको अभाव भएको छ भने स्वास्थ्य सम्बन्धी समस्या समेत मानिसमा देखिन थालेको छ ।

गोबर मल खाना बनाउन प्रयोग गर्नुपर्ने भएपछि यस क्षेत्रका किसानले रासायनिक मलको प्रयोगमा जोड दिँदै आएका छन् । कृषकले बारिमा लगाउने गोबरलाई गुईठा बनाउन प्रयोग गर्नाले ५० प्रतिशत मलको अभाव र रासायिनक मलको प्रयोगले थप ५० प्रतिशत माटो बिग्रिएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताए । उक्त क्षेत्रमा दाउराको सहजता मात्र हुने हो र रासायनिक मलको ठाउँमा आफ्नै बारीमा उत्पादन हुने प्राङ्गारिक मल प्रयोग गरे उत्पादनमा वृद्धि हुने उनको भनाइ छ ।

खेतको उत्पादनमा ह्रास आएको कृषि विज्ञहरू बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार दाउराका रूपमा गोबर प्रयोग गर्नु स्वास्थ्यका लागि पनि हानिकारक छ । यसले भान्सामा काम गर्नेलाई श्वासप्रश्वास, दम र अन्य फोक्सोसम्बन्धी रोग लाग्न मोरङ हस्पिटलका डा. उमेश गुरागाईंले बताए ।

प्राङ्गारिक मलका लागि प्रयोग हुने गोबरलाई गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्नुभन्दा वैकल्पिक साधन प्रयोग गरेर खाना बनाउन विज्ञहरूको सुझाव छ । मोरङका दक्षिणी भेगका स्थानीय बासिन्दालाई वन पैदावारको हकदार बनाउन सामुदायिक वनले प्रयास थाले पनि सरकारी नीतिकै कारण समस्या आएको सामुदायिक वन उपभोक्ता समिति प्रदेश नं १ का सचिव अग्नि पौडेलले बताए ।
सामुदायिक वनको क्षेत्र बाहिर रहेका जनतालाई समेट्न साझेदारी वन गठन भए पनि साझेदारी वनमा सरकारी नीतिका कारण दाउराका रूपमा भएका वन पैदावार बिक्रीवितरण गर्न सकिएको छैन । गरिबको पहुँचमा वन पैदावार नहुँदा स्थानीय खाना पकाउन दाउरा बाल्न बाध्य छन् । सरकारी नीतिअनुसार वन पैदावार डाक बढाबढमा बिक्री हुने गर्दछ । यसरी बिक्री भएको वन पैदावार पहुँचवालाले नै लिने हुँदा विपन्नमा दाउराको समस्या भएको वनसम्बन्धी सरोकार भएकाहरू बताउँछन् ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १४:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आर्थिक चिन्ता र खाद्य असुरक्षाले चाँडै कमजोर बनाउन सक्छ मुटु : नयाँ अध्ययन आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई परम्परागत जोखिम कारकहरूभन्दा पनि छिटो कमजोर बनाउने सक्ने तथ्य नयाँ अध्ययनले देखाएको छ। मायो... मंगलबार, माघ १३, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? धेरै मानिसहरुलाई लाग्छ कि मोटोपन घटाउनु भनेको केवल इच्छा शक्तिको कुरा हो। बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाका मानिसहरूलाई... बिहीबार, माघ ८, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्