काठमाडौं– पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षको मौद्रिक चाहिनेभन्दा ज्यादा लचिलो भएको बताए। उनले शुक्रबार अर्थसमितिमा बोल्दै राष्ट्र बैंकले चाहिने भन्दा बढी खुकुलो नीतिले अर्को वित्तीय अराजकता ल्याउने खतरा बढाएको बताए।
‘यसअघि धेरै खुकुलो मौद्रिक नीति ल्याउँदा अत्यधिक कर्जा प्रवाह भयो र त्यो उपलब्धिको क्षेत्रमा गएन। जसले ऋण उठाउन सकिएन। फेरि उठाउन मौद्रिक नीति लिइयो। त्यसैले अत्यधिक खुकुलो मौद्रिक नीति लिँदा अर्को समस्या आउने खतरा रहन्छ। तथापि, यो राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको कुरा हो। म अर्थमन्त्री हुँदा गभर्नर सावले पहिला धेरै खुकुलो मौद्रिक नीति अवलम्बन गर्नुभयो,’ डा महतले भने, ‘ त्यसपछि ठूलो परिमाणमा कर्जा प्रवाह भयो।त्यो सहिढङ्गबाट परिणमा आउने ठाउँमा खर्च भएन। जसको कारण ऋणीहरुले ऋण फीर्ता गर्न नसकेको अवस्था छ। त्यसपछि त्यसलाई व्यवस्थित गर्नका लागि फेरि अत्यन्तै कठिलो मौद्रिक नीति ल्याइयो। त्यसले रिक्वायरमेन्टमा थप समस्या आयो।’
मौद्रिक नीति सञ्चालन गर्दा अत्यन्त सन्तुलित भएर सञ्चालन नगरे तत्कालिक रुपमा उचाइमा पुगेपनि लामो समयसम्म फाइदा भने नहुने उनी बताउँछन्।
‘यो विषय राष्ट्र बैंकको विषय हो मूलत। कति कुरा अर्थमन्त्रालयबाट सुन्ने वा नसुन्ने राष्ट्र बैंकको गभर्नर मा भर पर्छ। कहिले सुनेको अवस्था भयो कहिले नसुनेको अवस्था हुन्छ। म अर्थमन्त्री हुँदा कहिले खुकुलो गर्नुभयो कहिले टाइट गर्नुभयो। अलिकति खुकुलो गरे सन्तुलित गर्नुपर्छ भन्ने प्रस्ताव राखे पनि। पछि अर्थतन्त्रले लय पक्रिन सुरु गर्यो,’ उनले भने, ‘सेयर मार्केटमा पनि १८ सयको विन्दुमा झरेको नेप्से सूचक मेरै पालामा २२ सयको अंकसम्म पुगेको हो। पछि केहि तलमाथि भएको छ। हाम्रो अर्थमन्त्री विष्णु पौडेलको उपस्थितीले सायद टुयुनिङ मिलेको छ भन्छन् बजारमा यसले सायद निकै खुकुलो गरेको गरेको छ।’
अहिले सेयर बजारमा उत्साह आउनुको कारण नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकारप्रतिको विश्वास रहनु रहेको उनको दाबी छ। पछिल्लो समय कम्पनीको वित्तीय विवरण अनुसार नेप्से नबढेर अनावश्यक रूपमा बढाइएको उनले बताए। उनले यसले सेयर बजारमा साना लगानीकर्ताहरू डुब्ने खतरा बढाएको बताए।
‘सेयर मार्केट निरन्तर माथि उठेर २७ सय पुगेको छ। मलाई यो लाग्छ पछिल्लो समय लगानी बढेकोबढयै गर्छ भनेर लगानी गर्ने आम लगानीकर्ताको लगानी डुब्ने खतरा बढेर जान्छ। कम्पनीको स्ट्रेन्थ नै छैन। तर बढिरहेको छ। त्यसमा धेरै चलखेल हुनसक्छ आर्टिफिसिएल किसिमले कम्पनीकोस्ट्रेन्थ खासै छैन तर सेयर बढेर ढबल बढि गइरहेको छ। जसरी सेयरमार्केट बढिरहेको छ। त्यसमा ठूलो लगानी गरेर फस्ने समस्या नआओस्। त्यसका लागि राष्ट्र बैंकले निगरानी गरेर नियमन गर्नुपर्छ। आधार विना बढ्नु लगानीकर्ताहरूको लगानी जोखिम हुनु हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।