• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

धनगढीमा मनोमानी करः कृषि प्रयोजनमा जग्गा बहाल लिनेदेखि अंगिकृत नागरिकता सिफारिस माग्दा महँगो शूल्क

64x64
शेरबहादुर ऐर शुक्रबार, साउन ११, २०८१  ११:३१
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकामा कृषि तथा व्यापारिक परियोजनका लागि जग्गा बहालमा लिदा कर तिर्नुपर्ने छ। उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसूचि २ मा कोहीकसैले आफनो खाली जग्गा बहालमा लगाउँदा बहाल कर प्रयोजनको लागि जग्गाको मासिक भाडा तिर्नुपर्ने व्यवस्था रहेको छ।

जग्गा बहालमा लगाउँदा कृषि प्रयोजनमा प्रति कठ्ठा सात सय र व्यापारिक प्रयोजनका लागि प्रति कठ्ठा दश हाजर र पाँच हजार तिर्नुपर्ने उल्लेख छ। व्यापारिक प्रयोजनका लागि वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र १३ का जग्गा (धनगढी मुख्य सडक, राजमार्ग र यसका शाखा सडक) मा वहालमा लिदा मासिक दश हजार र अन्यमा मासिक पाँच हजार कर उपमहानगरमा तिर्नुपर्ने उल्लेख रहेको छ।

आर्थिक ऐनमा भनिएको छ –‘कृषि प्रयोजन भन्नाले नितान्त धान, गहुँ, तोरी, मकै जस्ता बाली उत्पादन गर्ने भन्ने सम्झनुपर्छ।’

प्रदेश र संघमा दर्ताः स्थानीयमा व्यवसायी कर
शिक्षा, स्वास्थ्य, सहकारी लगायत संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारमा रहेको छ। धनगढी उपमहानगरपालिकाले स्थानीय तहमा व्यवसाय गरिरहेका अस्पताल, सहकारी र विद्यालय तथा क्याम्पसमा व्यवसाय कर लगाएको छ।

आर्थिक ऐनको अनुसूची ३ मा आफनो क्षेत्रभित्र वार्षिक रुपमा लगाउन सक्ने व्यवसाय करको दर उल्लेख रहेको छ। सो अनुसार धनगढीमा १५ सैय्यासम्मका नीजि अस्पतालले ३० हजार, १६–४९ सैय्यासम्मकाले ४० हजार, ५०–९९ सैय्यासम्माले ५० हजार र एक सयभन्दा माथिकाले ६० हजारका दरले व्यवसाय कर तिर्नुपर्ने उल्लेख छ भने नेत्रालय (आँखा अस्पताल) ले वार्षिक ३० हजारका दरले व्यवसाय कर तिर्नुपर्ने छ।
धनगढीमा शिक्षा सेवा अन्र्तगत क्याम्पसले वार्षिक २५ हजार, माध्यामिक तहका विद्यालयले वार्षिक २० हजार, आधारभुत तहले वार्षिक दश हजार दर तिर्नुपर्ने छ।

वित्तिय सेवा अन्र्तगत संघमा दर्ता भएका सहकारीले १५ हजार, प्रदेश तहका १० हजार र स्थानीय स्तरका पाँच हजारका दरले व्यवसाय कर तिर्नुपर्ने उल्लेख छ। धनगढी उपमहानगरपालिकाले करको दायरा बढाउनु उपयूक्त रहेको तर, व्यवहारिक रुपमा कायम गर्नुपर्ने आर्थिक विदहरुको भनाइ छ।

‘आफनो क्षेत्रमा व्यवसाय गरिरहेकालाई स्थानीय तहहरुले करको दायरामा ल्याउनु राम्रो हो। तर, व्यवहारिक रुपमा कर कायम गर्नुपर्ने देखिन्छ’ अर्थविद राजेन्द्र चन्दले भने –‘स्थानीय तहले कर लिदा दोहोरोपना हुनु हुँदैन।’

व्यवसाय करमा एकरुपता ल्याउनुपर्छः प्रतिवेदन
प्रदेश तथा स्थानीय करसम्बन्धी अध्ययन तथा सुझाव प्रतिवेदन २०७५ मा भनिएको छ –‘सबै स्थानीय तहमा लगाइएको व्यवसाय करमा एकरुपता ल्याउनुपर्ने’ सुझाव रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘सबै स्थानीय तहले यथाशिघ्र सरोकारवालाहरुसंग पर्याप्त छलफल गरि देखिएका जनगुनासाहरुको सम्बोधन गर्नुका साथै यससम्बन्धि अन्योल हटाउन तथा सोको आधारमा उपयूक्त र न्यायोचित दर निर्धारण गरी व्यवसायको प्रकृति र लगानीका आधारमा व्यवसायको वर्गिकरण, व्यवसाय दर्ता र सालबसाली नबीकरणमा मात्र यस्तो कर लगाउने व्यवस्था गर्नुपर्ने देखिन्छ’ प्रतिवेदनमा भनिएको छ –‘स्थानीय तहमा दर्ता हुने व्यवसाय कर तथा यसको कर प्रशासनमा सहजता र सरलताका लागि व्यवासय दर्ता, नवीकरण, खोरेजी तथा व्यवसाय कर निर्धारण मापदण्डसहितको विस्तृत कार्यविधि तयार गरी स्थानीय तहमा कार्यान्वयनको लागि पठाउँदा व्यवसाय करमा एकरुपता कायम हुनुका साथै स्थानीय तहमा व्यवसायको प्रवर्दनमा सघाउ समेत पुग्ने देखिएकोले तीन महिनाभित्र यससम्बन्धि मापदण्ड र कार्यविधि तयार गरी उपलब्ध गराउनुपर्ने देखिन्छ।’

अमिल्दो कर
धनगढी उपमहानगरपालिकाले व्यवसाय करका नाममा इन्टरनेट सेवाप्रदायक, अनलाइन पत्रपत्रिका लगायतमा सेवा कर कायम गरेको छ। इन्टरनेट सेवाप्रदायक व्यवसाय र अनलाइन पत्रपत्रिका संघिय सरकारमा दर्ता भइ सञ्चालन रहेका छन्।

धनगढीमा इन्टरनेट सेवा प्रदायकले वार्षिक दश हजार, अनलाइन पत्रपत्रिकाले दुइ हजार, विद्युतिय प्रविधिद्धारा अनलाइन सम्बन्धि काम गर्नेले दुइ हजार, इन्टरनेट इमेल समेत भएका साइबर क्याफेले दुई हजार पाँच सय तिर्नुपर्ने उल्लेख छ।

धनगढीको आर्थिक ऐन २०८१ मा अन्तराष्ट्रिय स्तरका ट्राभल्स एजेन्सीहरुले छ हजार तिर्नुपर्ने उल्लेख छ।
स्थानीय तहले व्यवसाय करका नाममा अमिल्दो तरिकाले शूल्क कायम गरेको सो प्रतिवेदनमा उल्लेख छ। भनिएको छ –‘केही स्थानीय तहले व्यवसाय करको दायरामा आउने प्रकृतिका व्यवसायमा अमिल्दो तरिकाले लगाएको शूल्क (उदाहरणका लागि फुडलिङ्ग नगरपालिकाले डिस होमको उपयोगमा लगाएको शूल्क) तत्काल खारेज गर्न निर्देशन दिनुपर्ने देखिन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अंगिकृत नागरिता सिफारिस माग्न दश हजार
धनगढी उपमहानगरपालिकामा अंगिकृत नागरिताको सिफारिसमै दश हजार शूल्क कायम गरेको छ। आर्थिक ऐन २०८० मा सिफारिस दस्तुर पाँच सय कायम गरिएकोमा यस वर्ष सम्बन्ध बिच्छेद, नाबालक, अंगिकृत नागरिकता, वैवाहिक अंगिकृत नागरिता दस्तुर तोकिएको छ।

‘श्रेष्ता कार्यान्वयनको सिफारिस र सम्बन्ध विच्छेद सिफारिस दस्तुर पाँच सय, नाबालक सिफारिस दस्तुर एक सय, अंगिकृत नागरिता सिफारिस दस्तुर दश हजार र वैवाहिक अंगिकृत नागरिता दस्तुर एक हजार’ आर्थिक ऐन २०८१ मा उल्लेख छ।

धनगढीमा व्यक्तिगत घटना दर्ता शूल्क (म्याद नाघेपछि) दुई सय कायम गरिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो। मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ वातावरणमैत्री उत्पादन प्रणाली र जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहकार्यबारे छलफल हुने सम्मेलनमा भाग लिएर सांसद रानामगर बि... मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त भेटमा सुदृढ अमेरिका–नेपाल साझेदारीलाई थप अघि बढाउनेबारे छलफल भएको जनाइएको छ। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्