• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सार्वजनिक स्थानमा फोहोर फाल्दै धनगढीः फोहोर शहरी क्षेत्रको, दुर्गन्धको मार खेप्दै  दुर्गम बस्ती

64x64
शेरबहादुर ऐर आइतबार, साउन ६, २०८१  १२:१५
1140x725

धनगढी– पक्की सडक किनारमा छ वर्षामा देखिने खोलाको भेग। कुहिने र नकुहिने फोहोरका थुप्राहरु सडकको छेउमा छरपस्ट छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीस्थित जाली सामुदायिक वन नजिक सो खोलाको भेगको कटान रोक्न फालिएको फोहोरले बस्तीनै दुर्गन्धित बन्दै गएको छ।

पछिल्लो एक साता दैनिकजसो धनगढी उपमहानगरपालिकाको ट्याक्टर र टिप्परले शहरीक्षेत्रबाट संकलन गरेको फोहोर सोही क्षेत्र फाल्ने गरेको सो बस्तीमा बसोबास गर्दै आएका स्थानीयको गुनासो रहेको छ।

‘यहाँ केही दिन अघि थोरैमात्र कटान भएको थियो। तट्बन्धन गर्न छोडी उपमहानगरपालिकाले यहाँ शहरी क्षेत्रको फोहोर संकलन गरि फाल्ने गरेको छ। जसका कारण बस्तीनै दुर्गन्धित भइरहेको छ’ सो वडाका स्थानीय दिपेन्द्र कुँवरले भने –‘यो वर्षाको भेग सेतो पुलमा रहेको नदीमा जान्छ। यहाँ कुहिने, नकुहिने, धातु जस्ता फोहोर फालिएका छन्। तर, उपमहानगरपालिकाले यो कार्य रोक्नमा ध्यानमा दिएको छैन।’
 
धनगढी उपमहानगरपालिकाले अहिले फोहोर फालिरहेको क्षेत्र गाउँ क्षेत्र हो। उपमहानगरको सबै भन्दा बढी फोहोर उत्पादन हुने वडामा वडा नम्बर १, २, ३, ४, ५ र १३ छन्। त्यहाँबाट संकलन भएको फोहोरलाई व्यवस्थापन गर्न उपमहानगरपालिकाले वडा नम्बर ६ जालीमा फाल्ने गरेको स्थानीयको गुनासो रहेको छ।

‘केही साता यता दैनिकजसो फोहोर बोकेर ट्याक्टरहरु आउने गरेका छन्। यहाँ नफाल्न आग्रह गर्दा पनि मान्दैनन्,’ उनले भने –‘उपमहानगरमा गुनासो गर्दा समेत सम्बोधन हुन सकेको छैन।’

उपमहानगरपालिका २०८० साल असार, साउनमा सोही वडाको कैलाली बहुमुखी क्याम्पस पछाडि रहेको वस्तीमा फोहोर फाल्दै आएको थियो। सो बस्तीका स्थानीयहरुले सडक निर्माणका लागि बालुवा, गिट्टीको व्यवस्थापन गर्न नसकेकोकोले ढलानका लागि फोहोर त्यहाँ फाल्ने गरेको बताएका थिए।

उपमहानगरपालिकाका सरसफाई तथा फोहोरमैला व्यवस्थापन महाशाखाका प्रमुख अशोक अवस्थीले अहिले उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि ठेक्का प्रक्रिया अघि बढाइएको बताए। 

उनले भने –‘फोहोरमैला व्यवस्थापनको ठेक्का प्रक्रिया अघि बढेको छ। यस अवधिमा उपमहानगरपालिकाले आफै कर्मचारी खटाएर फोहोर संकलन गरिरहेको छ। बस्तीमा फालेको बारे गुनासो आएको थियो। त्यो कार्यमा नगर्नु पर्ने हो। अहिले ध्यानाकर्षण भएको छ।’

आफैं नदी दुर्गन्धित गर्दै उपमहानगर
धनगढी उपमहानगरपालिकाले नदीमा फोहोर फाले कारबाही गर्ने नवनिर्वाचित गोपाल हमाल नेतृत्वको कार्यपालिकाकाको कार्यकालमा शुरुवात गरिएको छ। तर, उपमहानगरनै फोहोर व्यवस्थापनका नाममा खोलामै फोहोर फाल्ने गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

२०७९ साल भदौ १ गते बसेको कार्यपालिका बैठकको निर्णय नम्बर १९ मा भनिएको छ –‘अब उप्रान्तदेखि जथाभावी सार्वजनिक क्षेत्र, सडक, नालीहरुमा फोहोर फ्याक्ने खोला नालाहरुमा ढल मिसाउन नदिनका साथै सडकमा निर्माण सामाग्री नराख्न, ठेला पसहलहरु नराख्न र सडकमा पशु चौपायाहरु बाँधी राख्न नदिनका लागि निश्चित अवधिसम्म सबैमा आह्वान गर्ने, उक्त अवधिपश्चात उपमहानगपालिकाको निर्णयलाई अवज्ञा गरी उपमहानगरपालिकाले निषेध गरेको यी कार्यहरु गर्ने गराउनेलाई जरिवानाको कारबाही शुरु गर्ने निर्णय गरियो।’

सो कार्यपालिका बैठकले खोलानालामा ढल मिसाउने वालाको लागिा प्रथम पटक १० हजार र दोस्रो पटक संरचना भत्काउने तथा अन्य फोहोरमैला फ्याक्नेहरुको लागि प्रथम पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ।

उपमहानगरपालिकाले अहिले फोहोर फालिरहेको खोलाको भेग सेतो पुल हुँदै मोहना नदीमा मिसिन्छ। त्यहाँ वर्षातमा फालिएका फोहोरले मोहना नदीनै दुर्गन्धित हुने भएपनि उपमहानगरपालिकाले यसलाई रोक्नमा ध्यान नदिएको स्थानीय दिपेन्द्र कुँवरले बताए। उनले भने –‘हामीले त दुर्गन्धबाट असर भोगिरहेका छौं। यसका साथै नदीमात्र होइन। यहाँ वन्य जिवजन्तुहरु पनि छन्। यो फोहोरका कारण यहाँका बन्य जिवजन्तुसहित प्राकृतिक जडिबुटीमा यो फोहोरले असर गर्दछ।’

२०८० साल असार, साउनमा कैलाली बहुमुखी क्याम्पस पछाडि फालिएको फोहोर पनि खोलामै जाने गरेको थियो। स्थानीयहरुले सडक बन्ने आशामा बस्ती दुर्गन्धित भएकोमा कुनै गुनासो गरेका थिएनन्। तर, त्यहाँ फ्यालिएको फोहोरले नदी दुर्गन्धित भइरहेकोमा उपमहानगरपालिकाले ध्यान दिएन।

Xtrem

Xtrem

आफ्नो गल्ती किन ढाकछोप?
२०८० साल पुसमा धनगढीकी ‘क’ अवस्थी (नाम परिवर्तन) अन्जानमा खोलामा फोहोर फालिन। उपमहानगरपालिकाको सरसफाई शाखा टोलीले सम्झाउँदै गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो गोपाल हमाल नामाक फेसबुक पेजमा राखियो। 

अनुहार र नामसहित सार्वजनिक भिडियो व्यक्तिको गोपनियतामा ध्यान दिइएको थिइन्। भिडियोमा युवती आफु भर्खर धनगढी आएको र अन्यले पनि खोलामा फोहोर फालेको देखेपछि घरको फोहोर आफुले पहिलो पटक फालेको प्रतिक्रिया दिएकी थिइन्।

उपमहानगरपालिकाको सरसफाई शाखाका कर्मचारीहरु पहिलो पटक भएकोले छोडेको र आगामी दिनमा दोहोर्याए जरिवाना लगाउने भन्दै कुराकानी गरिरहेको भिडियो सो पेजमा रहेको छ।

‘कुहिने र नकुहिने फोहर नछुट्याई फोहर मलाईमा हाल्ने र यात्रुका लागि सडकमा राखिएका ड्स्टबिनमा पसल र घरको फोहर जथाभावी नराख्न धनगढी उप–महानगरपालिकाका सरसफाई शाखाका कर्मचारी  सम्झाउँदै गरेको दृश्य’ भन्दै नगर प्रमुख गोपाल हमालको सामाजिक सञ्जालमा देखिने गरेका छन्।

अरुको अनुमति नलिई जथाभावी खिचिएका भिडियो सामाजिक सञ्जालमा अपलोड गर्नु ‘अपराध’ मानिन्छ। ‘यो विद्युतीय अपराध हो,’ अधिवक्ता हिमालयविक्रम विष्ट भन्छन्, ‘यस्तो कृत्य गर्नेलाई दण्ड जरिवानाको सजाय हुन्छ।’ तर, उपमहानगरपालिकाका सरसफाई तथा फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुखसंग कुराकानी गर्दा उनको प्रतिक्रिया थियो –‘जति भन्दा पनि मान्दैनन्। अनि गोपनियतामा किन ध्यान दिनु र ? त्यसैले सामाजिक सञ्जालमा भिडियो राखिदिन्छौं।’

कानुनबारे जानकार उपमहानगरपालिका आफै सार्वजनिक स्थान तथा नदी दुर्गन्धित पार्ने गरि कार्य गर्दै आएपनि नियमनमा ध्यान नदिएको विज्ञहरुको भनाइ छ। उपमहानगरपालिकाले आफनै ऐन विपरित कार्य गर्दासमेत कर्मचारीहरुलाई कारबाही गर्नुभन्दा सम्मान गरिरहेको छ। उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा ट्याक्टर चालक पुष्पा भण्डारीलाई नगद ५० हजारसहित सम्मान गरेको थियो। उनी सरसफाइकर्मी हुन्। 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या हिमपातका कारण हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको न्यालु र नारा लेकमा बाक्लो हिउँ जमेपछि लिमी र हिल्सातर्फको यातायात सेवा अवरुद्ध भए... मंगलबार, असोज २०, २०८३
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना देशका अधिकांश भू-भागमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी... मंगलबार, असोज २०, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’ भन्ने अवधारणासहित पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
सर्वोच्चमा नझुक्ने र नचुक्ने न्यायमूर्ति न्यायाधीश नियुक्ति हुनुपर्छ : सांसद न्यौपाने मंगलबार, असोज २०, २०८३
मतदाता संख्या ७ हजार ११४ मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
फेसबुके राजा र फेसबुके रानी भन्दै मिराज ढुंगानाले गरे कटाक्ष सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्