• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

रामबहादुर थापाको जेल

64x64
नेपाल लाइभ शनिबार, असोज ६, २०७५  ०१:१५
1140x725

त्यस्तै ठाउँलाई नर्क भन्दा हुन्– न मानिसको आत्मसम्मान छ, न स्वाभिमान। छ त केवल भय र त्रास। वातावरण घुर्मैलो छ । वरिपरिका मानिसको मनमा एउटै किसिमको ऐंठन छ। 

_x000D_ _x000D_

वरिपरि हेर्छु, मानिसको मनोबल मात्रै गिरेको छैन, शरीर पनि मैलोधैलो छ, कपडा धुजाधुजा भएका छन्। शिर झुकेको छ। कसैले कसैसित खुलेर कुरा गरिरहेको छैन किनकि सबैका शिरमाथि भय र आशंकाको तरबार झुण्डिइरहेको छ। 

_x000D_ _x000D_

शौचालय छिर्छु, अहो, असली नरक त यो पो हो! काइले भुइँ र भित्ता ढाकेको छ । भुइँमा पिसाबको आहालले तर्केर टेक्नुपर्छ। चिप्लेर त्यो नरकमा पौडी नै खेलिने हो कि भन्ने त्रास उस्तै छ। उभिंदै दिगमिग हुन्छ। तैपनि आफूलाई निवृत्त नभई भएको छैन। 

_x000D_ _x000D_

बाहिर निस्केर यताउता नजर डुलाउँछु, सबैभन्दा पहुँचवाला र भाग्यमानी आफैंजस्तो लाग्छ। किनकि आफूले प्रत्यक्ष यातना अहिलेसम्म भोग्नुपरेको छैन। 

_x000D_ _x000D_

जबकि बाँकी मानिसमाथि पुलिसले गरिरहेको दुर्व्यवहार र ज्यादती जताततै दृष्टिगोचर हुन्छ र त्यो अत्यासलाग्दो छ। आफ्नो मनमा कतै छिट्टै त्यहाँबाट छुटिहाल्छु कि भन्ने आश पनि छ तर धेरै मानिस यस्ता छन्, जसलाई यहाँबाट बाहिर निस्कने विश्वास छैन। 

_x000D_ _x000D_

एउटी असह्य अवस्थाकी दलित महिला देखिन्छिन्। तिनको झुत्रेझाम्रे शरीर काँपिरहेको छ । प्रहरीले उनलाई कुनै काम गर्न बाध्य पार्दैछ। शायद नजिकै सुताइएको लासको सनाखत गर्न। ऊ तिनको लोग्ने थियो, अब शव बनेको छ। 

_x000D_ _x000D_

उसलाई पुलिसले नै मारेको हो, हामी सबैको आँखा अगाडि। तर अब अरु नै कुनै कारणले मारेको भन्ने व्यहोराको कागजमा दस्तखत गर्न तिनलाई धम्क्याइँदैछ। 

_x000D_ _x000D_

ती विवश देखिन्छिन्। तैपनि भनेको मानिहाल्दिनन्। यताउति हेर्छिन्। बाँकी मानिस लाचार छन् । म पनि लाचार छु। सबैलाई थाहा छ– उनीमाथि जोरजुलुम हुँदैछ, तर कोही बोल्दैन। लाग्छ, हाम्रो आवाज दबाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

हामी खाली घोसेमुन्टो लगाएर नजर भुइँमा गाडेर उभिरहन्छौं। हामी त्रस्त मात्रै छैनौं, आफू आफैसँग लज्जित र दिग्भ्रमित पनि छौं। ती महिलाको पक्षमा बोल्ने त के टाउको उठाएर र आँखा जुधाएर कसैसँग हेर्ने साहस पनि बाँकी छैन हामीसँग। 

_x000D_ _x000D_
_x000D_

जुन देशमा फर्जी मुठभेड सम्पन्न गरेपिच्छे बढुवाको ढोका खुल्छ, त्यहाँ प्रहरी अधिकारीबीच गैरन्यायिक हत्याका लागि प्रतिस्पर्धा हुन्छ। अनि नक्कली अपराधी बनाएर सुली चढाउने काम समेत अपवाद रहँदैन। 

_x000D_
_x000D_ _x000D_

कोठामा निसास्सिंदो वातावरण कायम रहिरहन्छ। महिला विक्षिप्त देखिन्छिन्। तिनले पक्कै कोलाहल मच्चाउँदै श्रीमानको मृत्युमा दुखमनाउ गरिरहेको हुनुपर्छ। तर हाम्रा कानसम्म त्यो आवाज पुग्दैन। हामी निरपेक्ष छौं र हाम्रो चेतना मधुरो हुँदै गइरहेको आभास हुन्छ। 

_x000D_ _x000D_

अवस्थामा केही प्रगति नभएपछि हामी सबैलाई पट्यार लाग्दै जान्छ। साथमा भय पनि गहिरिंदै जान्छ। घुर्मैलो वातावरण अझ अँध्यारिंदै जान्छ। निसास्सिएर सासै फेर्न नसकिएला जस्तो हुन्छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

म ब्युँझन्छु। अहो, कस्तो गजब त। म त जेलमा छैन, आफ्नै बिछ्यौनामा पो छु। 

_x000D_ _x000D_

तर यो भाव करिब ५ सेकेण्डभन्दा बढी टिक्दैन। म पो जेलमा छैन। राममनोहर यादव त जेलमा थिए। अब उनी कतै छैनन्। 

_x000D_ _x000D_

यो तथ्यबोधसँगै म रन्थनिन्छु। निद्रा त्यसै भागेर जान्छ। उनी को थिए, उनको राजनीति के थियो, उनलाई पक्रिनुको कारण के थियो, यी सबै गौण विषय हुन्। मुख्य विषय के हो भने, हिरासतमा छँदै उनी मरे। उनको परिवारलाई खबरै नगरी जबर्जस्ती उनको पोस्टमार्टम गरेको भनियो। उनी मरे भनियो तर कसरी मरे, मारिएका पो हुन् कि भन्ने प्रश्नहरुको उत्तर दिन जरुरी ठानिएन। 

_x000D_ _x000D_

जहाँ उनी राखिए र उनीमाथि जस्तो व्यवहार गरियो, ती ठाउँ र व्यवहार सायद मेरो सपनामा भन्दा धेरै फरक थिएनन्। 

_x000D_ _x000D_

उठेर पानी पिएँ। शरीरमा खल्खली पसिना आइरहेको थियो। रात अझै बाँकी थियो।

_x000D_ _x000D_

खल्बलिएको दिमागमा त्यस्ता धेरै दृश्य घुमे जहाँ नेपाल प्रहरीको ‘सत्य सेवा सुरक्षणम्’को नाराको व्यावहारिक रुप देख्न पाइन्छ। 

_x000D_ _x000D_

निर्मला पन्तको बलात्कार र हत्यापछि किर्ते अपराधीको निर्माण काम देखाउनका लागि मात्रै गरिएको होला र? पुलिसले चिनेको अपराधी बचाउनेबाहेक त्यसको विश्वासिलो कारण के हुन सक्छ?

_x000D_ _x000D_

छानविन समितिका एक निर्भिक सदस्यले किन बीचैमा समितिबाट राजीनामा गरेर सुरक्षाको माग गर्ने अवस्थामा आयो? तीनतीन जना बडे प्रहरी अधिकृतहरु रहेको समितिको कार्य सम्पादनबाट उनी किन विरक्तिए? पछि फेरि उनी कसरी काममा फर्के? सरकारको प्राथमिकता किन दोषी पत्ता लगाउनेभन्दा छानविनलाई तन्काइरहने देखियो? 

_x000D_ _x000D_

प्रश्नैप्रश्न छन्, उत्तर छैनन् । 

_x000D_ _x000D_

मस्तिष्कमा यो देशका प्रहरी प्रमुखको अनुहार झल्किन्छ। बलात्कार र हत्याकाण्डको डेढ महिनापछि कञ्चनपुर पुगेर उनले न्याय दिलाउने बाचा बाँडेछन्। 

_x000D_ _x000D_

यी प्रहरी हुन् कि नेता? उत्तर नपाएर म रनभुल्लमा छु। काममा अब्बल भएर प्रहरीले अपराधी भेट्न सकेको भए मुखले न्याय दिन्छु भनेर भन्नै पर्दैनथ्यो। 

_x000D_ _x000D_

उसो त प्रमुखज्यूले कामै नगरेका हैनन्। तल्लो दर्जामा हुँदै फर्जी मुठभेड सिर्जनामा अब्बलता देखाएर उनी दुनियाँको वाहवाही पाएर प्रहरीको उच्चतम पदमा पुगेका हुन्। उनी त्यहाँ पुगेपछि स्वभावतः त्यसको व्यापकता र स्वीकार्यता बढेको छ। समाजका अगुवा भनिनेहरुले नै ‘फर्जी मुठभेड त गलत हो तर...’ भनेर बर्दी लगाएर गरिने अपराधको बचाउ गरिरहेका छन्। 

_x000D_ _x000D_

उनी अहिले पनि मान्छेका आँखामा नायक नै छन्। 

_x000D_ _x000D_

तर अपराधीजस्तो लागेको व्यक्तिलाई गोली ठोकिहाल्नु जस्तो सजिलो असली अपराधी पहिचान गर्नु, पक्रनु र पीडितलाई न्याय दिनु हुँदैन। जुन देशमा फर्जी मुठभेड सम्पन्न गरेपिच्छे बढुवाको ढोका खुल्छ, त्यहाँ प्रहरी अधिकारीबीच गैरन्यायिक हत्याका लागि प्रतिस्पर्धा हुन्छ। अनि नक्कली अपराधी बनाएर सुली चढाउने काम समेत अपवाद रहँदैन। 

_x000D_ _x000D_

अनौठो चाहिं के भने, प्रहरीले अरु कसैको गैर–न्यायिक हत्या गरुन्जेल ‘अपराधी नै त मारे नि’ भनेर ताली बजाउने वा त्यस्ता प्रहरीलाई नायक बनाउने मानिसहरुले फेरि त्यही प्रहरीबाट शान्तिसुरक्षा र न्यायोचित व्यवहारको अपेक्षा गरिरहेका छन्। कस्तो विरोधाभाषी र असम्भव कुरा। 

_x000D_ _x000D_

कोल्टे फर्कंदै विचार गरी हेरें, मेरो सपनामा जस्तो जेलको वातावरण र पुलिसको छवि उपस्थित थियो, अहिलेको नेपाल प्रहरीबारे मेरो मनमा पर्दै गएको छाप त्यसभन्दा फरक थिएन। अरुको मनमा कति नै फरक छाप होला र?

_x000D_ _x000D_

सपनामा न्यायको याचना गरिरहेकी दलित महिलाको विम्ब निर्मला पन्तका आफन्तहरुलाई त्यत्तिकै लागू हुन्छ जति राममनोहर यादवका आफन्तहरुका लागि। 

_x000D_ _x000D_

निर्मलाको शवलाई ‘हत्या’ मात्रै भएको भनी मुचुल्का उठाएर सद्गत गर्ने प्रहरीको प्रयासमा महिला अधिकारवादीहरु अवरोध बने। बलात्कार उल्लेख गर्नुपर्ने शर्तका कारण त्यस दिन सद्गत हुन पाएन। 

_x000D_ _x000D_

प्रहरीलाई निर्मलाको शव पन्छाएर छिटो ‘उम्किनु’ थियो। भोलिपल्ट बिहानै नगपालिकाको फोहर फाल्ने ट्याक्टरमा लैजान खोजिंदा निर्मलाका बाबुआमा बेहोस थिए भने तीर्थराज भण्डारी भनिने मनुवा मामा बनेर छिटोछिटो फोहर फाल्ने ट्याक्टरमा निर्मलाको शव उठाउन तम्तयार थिए। फेरि प्रम ओलीको भाषामा ‘ट्याउँट्याउँ’ गर्ने महिला अधिकारकर्मीहरुले निर्मलामाथिको मरणोपरान्त अपमान रोके। 

_x000D_ _x000D_

डिल्लीराज विष्ट जस्ता भक्षकहरुबाट मुद्दाको अन्तिम किनारा हुनबाट रोकेर कञ्चनपुरका नागरिकले निर्मलाको मुद्दालाई काठमाडौंमा रामबहादुर थापा र खड्ग ओलीका ढोकासम्म पु¥याए। तर जति समय बित्दै छ, न्यायको आस झनै धिमा हुँदै गइरहेको छ। 

_x000D_ _x000D_

उता राममनोहर यादवका आफन्त अहिले पनि उनको शव उठाउन अस्वीकार गरिरहेका छन्, न्याय पाइहालिन्छ कि भनेर। सिंगो देश क्रुद्ध भएर दशौं हजार सडकमा उत्रेको निर्मलाको मुद्दामा त न्याय नदिने सरकारले अब सबैले बिर्सन आँटेको राममनोहरको मुद्दामा किन न्याय देओस् । 

_x000D_ _x000D_

यी घटनाविशेषबाट अलि माथि उठेर हेर्ने हो भने एउटा कुरा चाहिं प्रस्टै छ– जबसम्म आमनागरिक प्रहरीको गैर–न्यायिक हरकतलाई सही र गलत भनेर राज्यले गर्ने अपराधलाई वर्गीकरण गरिरहन्छन्, प्रहरी संगठनले जन्माउने भनेको आतंक, अन्याय र दण्डहीनता नै हो। केही समय अगाडि यो अभिव्यक्ति प्रहरीको सैद्धान्तिक आलोचना जस्तो लाग्थ्यो भने पछिल्लो समयका घटनाक्रमले त्यसलाई व्यवहारमा उतारिदिएका छन्। 

_x000D_ _x000D_
_x000D_

सिंगो देश क्रुद्ध भएर दशौं हजार सडकमा उत्रेको निर्मलाको मुद्दामा त न्याय नदिने सरकारले अब सबैले बिर्सन आँटेको राममनोहरको मुद्दामा किन न्याय देओस् । 

_x000D_
_x000D_ _x000D_

हाम्रो प्रहरी संगठन अपराधी खोज्न र अपराध रोक्न होइन, घटनापिच्छे कुनै निमुखा मानिस खोजेर उसलाई सुली चढाउन र मौका परे फर्जी मुठभेड गरेर वाहवाही पाउनमा लालायित मात्रै छैन, उसको ‘मोडस अपरान्डी’ नै यही भएको छ। 

_x000D_ _x000D_

यस्तो अवस्थामा डिल्लीराज विष्टजस्ता प्रहरी अधिकृतहरु बन्नु, पुरस्कुत र बढुवा हुँदै संगठनको शीर्षस्थानमा पुग्नु र सिंगो संगठनलाई आफ्नो छविमा ढाल्नु अनौठो होइन। 

_x000D_ _x000D_

आज कञ्चनपुर काण्डमा लुकाउनै नसकिने करतुत गरेका विष्ट जनस्तरको अभूतपूर्व दबाबका कारण निलम्बित छन् तर सिंगो प्रहरी संगठनलाई गैर–न्यायिक हत्याको पर्याय बनाउने बाँकी प्रहरी अधिकारीहरु पदमै छन् । र, न्यायको आश्वासन बाँडिरहेकै छन् । यो अवस्थामा लिनेदिने भनेकै आश्वासन हो, न्याय त यसरी सम्भव नै छैन। 

_x000D_ _x000D_

समाज र देश कहिलेसम्म यही अवस्थामा रहन अभिशप्त छ त? यो प्रश्नको ठ्याक्कै उत्तर मसँग छैन। तर जबसम्म हाम्रा आँखामा पुलिसलगायत राज्यका निकायले गर्ने गैर–न्यायिक कामलाई सही र गलत भनेर वर्गीकरण भइरहन्छन् तबसम्म अवस्था यस्तै रहिरहन्छ। 

_x000D_ _x000D_

त्यस रात सपनाले ब्युँझाएपछि भएको उकुसमुकुसबाट बाहिर निस्कन पनि मलाई लाग्यो– यो सपनाबारे एउटा लेख भोलिपल्टै लेखिछाड्छु, किनकि समयसँगै सपनाहरु बिर्सिइहाल्छन् । अनि लेखको शीर्षक पनि ओठबाट फुत्किहाल्योः रामबहादुर थापाको जेल । यी तीन शब्द फेरि एकपल्ट दोहोर्‍याएर म फेरि निदाएँ। 

प्रकाशित मिति: शनिबार, असोज ६, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्