• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अस्पतालको शय्या क्षमता र बिरामीको चापका आधारमा नर्सिङ सिट संख्या बढाउन सुझाव

64x64
नेपाल लाइभ शुक्रबार, चैत २३, २०८०  ०९:१६
1140x725

काठमाडौं- चिकित्सा शिक्षा नर्सिङ विधाका विभिन्न पक्षमा सुझाव सिफारिसका लागि गठित कार्यदलले नर्सिङ कार्यक्रममा कलेजहरुलाई हाल उपलब्ध गराउँदै आइरहेको सिट संख्या बढाउन सुझाव दिएको छ। कार्यदलले अस्पताल शय्या, बिरामीको चाप, शिक्षक, पूर्वाधार लगायतका मापदण्ड अनुसार नर्सिङ शैक्षिक कार्यक्रमका लागि अध्ययन-अध्यापन गर्न विद्यार्थीको सिट संख्या बढाउन सुझाव दिएको हो।

आयोगले गठन गरेको सात सदस्यीय कार्यदलले आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाइकेको छ। प्रतिवेदनले दिएका सुझावअनुसार काम अगाडि बढाउन प्रधानमन्त्री दाहालले शुक्रबार बसेको बैठकमा आयोगलाई निर्देशन समेत दिइसकेका छन्। 

आयोगको गत कात्तिक २१ गतेको निर्णय अनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसको नर्सिङ निर्देशक प्राडा कुन्तादेवी पुनको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो। 'चिकित्सा शिक्षा नर्सिङ विधाको अध्ययन र अध्यापनमा प्रयोगात्मक कार्य/ अभ्यास, आवश्यक भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, आवश्यक शैक्षिक न्युनत्तम योग्यता निर्धारण, प्रमाणपत्र तह र स्नातक वा सो भन्दा माथिका एक भन्दा बढी शैक्षिक कार्यक्रम एउटै शैक्षिक संस्थामा सन्चालन गर्ने सम्बन्धमा सुझाव सिफारिसका लागि' कार्यदल गठन भएको थियो।

कार्यदलमा नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा सरला केसी, महाराजगञ्ज नर्सिङ क्याम्पसकी प्रमुख प्रा मुना राना, वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख सह प्रा बन्दना थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सहसचिव हिराकुमारी निरौला सदस्य थिए भने चिकित्सा शिक्षा आयोगकी अस्पताल नर्सिङ प्रशासक भारती शर्मा सदस्य सचिव थिइन्।

कार्यदलले आयोगमा बुझाएको प्रतिवेदन चैत ९ गते बसेको आयोगको १३ औं बैठकमा प्रधानमन्त्री दाहाललाई बुझाइएको हो। प्रतिवेदनमा नर्सिङ र मिडवाइफरी शिक्षाको इतिहास, वर्तमान अवस्था, दरबन्दी अनुपातदेखि सुधार गर्नुपर्ने सुझावहरु समेटिएका छन्।

प्रमाणपत्र र स्नातनक वा माथिका कार्यक्रम सञ्चालन गर्न पाउने
कार्यदलले स्नातक वा सोभन्दा माथिको अध्यापन हुने शिक्षण संस्थामा प्रमाण पत्र तह नर्सिङको शिक्षण कार्यक्रम चलाउन सुझाव दिएको छ। 'स्नातक वा सोभन्दा माथिको अध्यापन हुने शिक्षण संस्थामा प्रमाण पत्र तह नर्सिङको शिक्षण नहुँदा विद्यार्थीहरु ठूला अस्पतालमा हुने सिकाइबाट वञ्चित हुने हुनाले, स्नातक तह सञ्चालनमा रहेका संस्थामा प्रमाणपत्र तह नर्सिङको अध्यापन तथा प्रयोगात्मक अभ्यास सुचारु गर्न उचित हुने देखिन्छ,' प्रतिवेदनमा भनिएको छ।

कार्यदलले चिकित्सा शिक्षा ऐनको प्रतिकुल नहुने गरी एउटा अस्पतालमा एउटा संस्थाको मात्र प्रमाणपत्र तहको पोस्टिङ गर्न समेत सुझाव दिएको छ। 'राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को प्रतिकुल नहुने गरी एउटा अस्पतालमा एउटा संस्थाको मात्र प्रमाणपत्र तहको पोस्टिङ गर्न उचित हुन्छ। साथै सरकारी अस्पतालहरुमा सरकारी संस्थाकै प्रमाणपत्र तहको मात्रै पोस्टिङ गराउन उचित हुन्छ,' प्रतिवेदनमा भनिएको छ। १०० शय्या भएका अस्पतालमा प्रमाणपत्र तह र स्नातको तहको दुवै कार्यक्रम चलाउनेले संस्थाले २०/२० सिट मात्र पाउने सुझाव दिइएको छ।

यस्तै कार्यदलले सरकारी अस्पतालमा नर्सिङ कार्यक्रम सञ्चालन गर्न सकिने विषयमा पनि सुझाव दिएको छ। कार्यदलले नर्सिङ कार्यक्रमको शिक्षा नभएका १०० शय्या वा सोभन्दा माथिका सरकारी अस्पतालमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम न्यूनतम मापदण्ड पूरा गरेको अवस्थामा सञ्चालन गर्न उचित देखिने विषय प्रतिवेदनमा उल्लेख गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नर्सिङ सिट बढाउन सुझाव
कार्यदलले बुझाएको प्रतिवेदनमा हाल विद्यामान रहेको नर्सिङ शिक्षाको सिट संख्यालाई अस्पतालको शय्या क्षमता र बिरामीको चापका आधारमा सिट संख्या बढाउन सुझाव दिइएको छ। हाल प्रमाणपत्र तह र स्नातक तह नर्सिङ कार्यक्रमका लागि अधिकतम ४० सिट, मिडवाइफरी कार्यक्रमका लागि ३० सिट र एमएन नर्सिङ कार्यक्रमको विभिन्न विषयक्षेत्र वा विधामा अधिकतम ८ सिट विनियोजन हुँदै आएको छ।

कार्यदलले १०० शय्या क्षमताका अस्पतालमा प्रमाणपत्र तह वा बीएस्सी नर्सिङ र बीएनएस नर्सिङ कार्यक्रमका लागि प्रति कार्यक्रम अधिकतम ४० सिट, १०० शय्याको अस्पताल सन्चालन रहेको अवस्थामा प्रमाणपत्र तह र बीएस्सी नर्सिङ कार्यक्रमको लागि प्रति कार्यक्रम अधिकतम २० सिट उपलब्ध गराउन सुझाव दिएको छ।

२०० र सो भन्दा माथि शय्याको अस्पताल सन्चालन रहेको अवस्थामा प्रमाणपत्र तह र स्नातक तह नर्सिङ कार्यक्रमको लागि प्रति कार्यक्रम अधिकतम ६० सिट उपलब्ध गराउन सुझाव दिइकएको छ।

३०० वा सो भन्दा माथि शय्याको अस्पताल सन्चालनमा रहेको अवस्थामा प्रमाणपत्र तह र स्नातक तह नर्सिङ कार्यक्रमको लागि प्रति कार्यक्रम अधिकतम ६० सिट र स्नातकोत्तर नर्सिङ कार्यक्रमको विभिन्न विषयक्षेत्र वा विधामा अधिकतम १० सिटको स्वीकृती दिन सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ।

Xtrem

Xtrem

मिडवाफरीको सिट कति?
कार्यदलले मिडवाइफरी शैक्षिक कार्यक्रमको लागि पनि सिट संख्या प्रस्ताव गरेको छ। १०० शय्याको अस्पताल (वार्षिक १,५०० भन्दा बढी प्रसूति (नर्मल) हुने गरेको) सन्चालनमा रहेको अवस्थामा प्रमाणपत्र तह मिडवाइफरी कार्यक्रमका लागि अधिकतम २० सिट, ३०० र सो भन्दा माथि शैयाको अस्पताल (वार्षिक १,५०० भन्दा बढी प्रसूति (नर्मल) हुने गरेको) सन्चालनमा रहेको अवस्थामा स्नातक तह मिडवाइफरी कार्यक्रमका लागि अधिकतम ३० सिट र स्नातकोत्तर मिडवाइफरी कार्यक्रमका लागि अधिकतम १० सिट स्वीकृति दिन कार्यदलले सुझाव दिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बताए। बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व आज (बुधबार)देखि औपचारिक रूपमा सुरु भएको छ। बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्