• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्याय परिषद्को बैठक बस्दै : १० जिल्ला न्यायाधीश नियुक्तिको तयारी, सर्वोच्चबारे छलफलमात्र

64x64
नेपाल लाइभ बिहीबार, चैत २२, २०८०  १४:०५
1140x725

काठमाडौं– सर्वोच्च र उच्च अदालतमा केही पद रिक्त भए पनि न्याय परिषद्ले जिल्ला न्यायाधीशको नियुक्ति गर्ने तयारी गरेको छ। लोकसेवा आयोगको विज्ञापन बाहेकको कोटा विभाजन भएका १० सिटमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी न्याय परिषद्ले गरेको हो।

जिल्ला न्यायाधीशमा रिक्त रहेका कूल ५३ सिटमध्ये १० सिटमा आन्तरिक प्रक्रियाबाट न्यायाधीश नियुक्तिका लागि तयारी गरिएको न्याय परिषद् स्रोतले जनाएको छ। न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अब जिल्ला न्यायाधीश नियुक्तीमा ढिलाई गर्न नहुने भनेपछि न्याय परिषद्का निमित्त सचिव भद्रकाली पोखरेलले बिहीबारका लागि परिषद्को बैठक बोलाएका छन्।

हाल जिल्ला न्यायाधीशमध्ये ५३ सिट खाली रहेका छन्। खाली रहेका ५३ सिटमध्ये ४३ सिट आन्तरिक र खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्नका लागि लोकसेवा आयोगमार्फत् छनोट गर्नुपर्ने छ। त्यसका लागि समय लाग्ने भएकाले अहिले नै १० सिटमा सिफारिस गरी पूर्ति गर्ने तयारी प्रधानन्यायाधीश श्रेष्ठले गरेका हुन्।

जिल्ला न्यायाधीशका लागि बैशाखको अन्तिमतिर परीक्षा हुने अनि त्यसको नतिजापछि मात्र नियुक्ति हुने भएकाले अहिले सिफारिस गर्न पाइने कोटाका लागि परिषद् बैठक बोलाइएको एक सदस्यले बताए। 

अहिले हुने सिफारिस आन्तरिम हुने छ। यसमा कानुन व्यवसायी सहभागी हुने छैनन्। यसपटक सिफारिस गरि नियुक्ती हुन लागेको  १० जिल्ला न्यायाधीश पदमध्ये कम्तीमा ७ जना न्याय समूहबाट, २ जना सरकारी वकिल समूहबाट र १ जना कानुन समूहबाट भागबन्डा गर्ने तयारी परिषद्ले गरेको छ।
 
के छ संविधानमा व्यवस्था? 
नेपालको संविधान धारा १४९ को उपधारा १ मा ‘जिल्ला अदालतका न्यायाधीशको नियुक्ति न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशबाट हुनेछ’ भन्ने उल्लेख गरिएको छ। संविधानको सोही व्यवस्था अनुसार परिक्षा र परिषदको सिफारिस दुवै माध्यमबाट जिल्ला न्यायाधीश नियुक्ति गरिन्छ।

सोही धाराको उपधारा २ मा जिल्ला न्यायाधीशको सिट सङ्ख्या निर्धारण, नियुक्तिको विधि आदिका बारेमा उल्लेख गरिएको छ। रिक्त जिल्ला न्यायाधीशमध्ये २० प्रतिशत सिटमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तिमा ३ वर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा सिफारिस गर्ने संवैधानिक व्यवस्था छ।

बाँकी ८० प्रतिशतमध्ये ४० प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाको आधारमा नियुक्ति गरिनेछ भन्ने व्यवस्था गरिएको छ। यसका लागि उपरजिष्ट्रार भएको कम्तीमा ३ वर्षपछि खुला प्रतियोगिताको आधारमा नियुक्ति गरिने व्यवस्था छ।

बाँकी ४० प्रतिशत सिटमा भने खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गरिने व्यवस्था छ। त्यसका लागि कानुनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताको रूपमा निरन्तर कम्तीमा ८ वर्ष वकालत गरेका अधिवक्ता, कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित अर्थात् कम्तीमा अधिकृत पदमा कम्तीमा ८ वर्ष काम गरेका व्यक्ति वा कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा ८ वर्ष काम गरेका नेपाली नागरिकमध्येबाट खुल्ला प्रतियोगितात्मक परीक्षाको आधारमा नियुक्ति गरिने व्यवस्था छ।

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चमा छलफल सुरु मात्र गर्ने 
परिषद्को बैठकले सर्वोच्चमा तत्काल नियुक्ति नगर्ने भएको छ। परिषद् स्रोतका अनुसार सर्वोच्चमा नियुक्तीको अजेण्डा छलफलमा छैन। सर्वोच्चमा रिक्त छ रोष्टर बनाउनेसम्मको कुरा उठ्ने ती सदस्यले बताए। हाल सर्वोच्चमा २ पद रिक्त रहेको छ भने एक महिनापछि एक पद रिक्त हुदै छ। ईश्वर खतिवडा र अनिलकुमार सिन्हाले अवकाश पाएपछि उनीहरुको स्थानमा रिक्त छ।

अबको एक महिनामा शुष्मालता माथेमाले अवकाश पाउने छन्। उनीपछि आनन्दमोहन भट्टराईले पनि अवकाश पाउने छन्। सर्वोच्चमा संविधानले प्रधानन्यायाधीशसहित २१ स्थायी न्यायाधीश हुने भनेको छ। परिषद्ले त्यसको एक महिना अघि सिफारिस गर्न सक्ने छ। त्यसका लागि परिषद्ले सुरुमा रोष्टरमा रहेका योग्य व्यक्तिको छनोट गर्ने अभ्यास छ। सर्वोच्च अदालत विशिष्टकृत र अन्तिम अदालत भएकाले यहाँ ल्याउदाँ विज्ञव्यक्तिहरु ल्याउनुपर्ने दबाब सिर्जना हुँदै आएको छ। 

यसअघि कर र कर्पोरिट विज्ञ ल्याउनुपर्ने माग भएझै यस पटक साइबर कानुनको विज्ञ न्यायाधीशको रुपमा ल्याउनुपर्ने दबाबमा परिषद् रहेको छ। संविधानको धारा १२९ मा सर्वोच्च अदालतको  प्रधान न्यायाधीश र न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था छ।

‘नेपालको प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता : (१) सर्वोच्च अदालतमा नेपालको प्रधान न्यायाधीशका अतिरिक्त बढीमा बीस जना न्यायाधीश रहनेछन्’ संविधानको सोही धाराको उपधारा २ मा संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीशको र न्याय परिषदको सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुनेछ।’

Xtrem

Xtrem

सर्वोच्चको न्यायाधीश हुनका लागि कानूनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा पन्ध्र वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा पन्ध्र वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविदको रूपमा ख्याति प्राप्त गरेको वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा बाह्र वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिको लागि योग्य मानिनेछ  संविधानको उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? मन्त्रालयले मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। सम्भावित विपद्का बेला उद्धार... बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्... बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्