काठमााडौं– ‘अर्जुन रेड्डी’, ‘डियर कमरेड’ लगायतका सिनेमाका लागि चर्चित अर्जुन देवरकोंडाले हालै एक अन्तरवार्तामा आफूले जितेको पहिलो फिल्म फेयर अवार्ड बेचेको खुलासा गरेका छन्।
उनका अनुसार उनले सो अवार्ड लिलामीमा बेचेका हुन्। दानका लागि अवार्ड बेचेकाले उनका लागि त्यो एउटा स्मरणीय पल बनेर बसेको पनि बताए। सो अन्तरवार्तामा उनले आफूलाई अवार्डमा कुनै चासो नहुने बताएका छन्।
‘म प्रमाणपत्र र अवार्डमा त्यति चासो राख्दिन। तीमध्ये केही मेरा अफिसमा होलान्, केही मेरी आमाले कतै राखिदिनुभएको होला, केही अवार्ड मैले अरुलाई नै दिएको छ। एउटा अवार्ड मैले सन्दिप रेड्डी भांगालाई दिएकी छु’, उनले भने।
उनले लिलामीमा बेचिएको अवार्डबाट राम्रै पैसा आएको उनको भनाइ छ। उनले अवार्डलाई गरमा सम्हालेर राख्नुभन्दा पनि आफ्ना लागि त्यसको लिलामीबाट भएको भलाइको कामको पल मूल्यवान रहेको बताए।
यसैगरी उनले आफूलाई प्रेमविवाह गर्ने र बाबु बन्ने इच्छा रहेको सो अन्तरवार्तामा भनेका छन्। उनी हाल रश्मिका मन्दानासँग प्रेममा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।