• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपनिर्वाचनमा पारिवारिक सदस्यलाई उम्मेदवार बनाउने एमालेको ३० वर्षे परम्परा

64x64
सक्षम मानन्धर आइतबार, चैत ११, २०८०  १९:२०
1140x725

काठमाडौं- आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयन गरेको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले इलाम- २ र बझाङ १ (१) का लागि उम्मेदवार चयन गरेको हो। इलाममा प्रतिनिधि सभा सदस्य र बझाङमा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ।

एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण इलाम-२ रिक्त हुन पुगेको थियो। त्यस क्षेत्रमा सुवासकै कान्छा पुत्र सुहाङलाई उम्मेदवार बनाइएको हो। सुहाङ केही महिनायता इलाम-२ को उम्मेदवार बन्दै राजनीतिमा होमिने तयारीमा थिए। आइतबार सार्वजनिक एमालेको निर्णयसँगै सुहाङको तयारीले सार्थकता पाएको छ।

एमालेबाट सुहाङ उम्मेदवार बन्ने चर्चा सुरु भएदेखि नै त्यसको समर्थन र विरोध नभएको होइन। उनलाई नै उम्मेदवार बनाउनुपर्ने पक्षधरहरूले उनी उम्मेदवार बन्दा जित सहज हुने बताउँथे। अर्कोतिर, उनलाई उम्मेदवार बनाउन नहुने पक्षधरहरूले भने परिवारका सदस्यभन्दा पनि पार्टीमा योगदान गरेका अन्य नेतालाई पनि अवसर दिइनुपर्ने बताउँथे। तर आइतबार सुहाङलाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि पक्ष-विपक्षका तर्क ओझेलमा परेको छ।

एमालेले उपनिर्वाचनमा पारिवारिक सदस्यलाई नै उम्मेदवार बनाउने निर्णय गरेको यो पहिलो पटक होइन। विजयी उम्मेदवारको निधन भएपछि हुने उपनिर्वाचनमा उसैको पारिवारिक सदस्यलाई नै उम्मेदवार बनाउने प्रचलन उसले २०५० सालदेखि नै सुरु गरेको थियो। जुन ३० वर्षपछिसम्म कायम छ। सुहाङलाई उम्मेदवार बनाउने निर्णय त्यही परम्पराको पछिल्लो सन्दर्भ मात्रै हो।

२०४८ को आम निर्वाचनमा काठमाडौं- ५ बाट समेत निर्वाचित भएका थिए एमालेका महासचिव मदन भण्डारी। तर २०५० जेठ ३ गते जिप दुर्घटनामा उनको निधन भयो। त्यसपछि रिक्त हुन आएको स्थानमा सोही वर्ष माघ २५ मा उपनिर्वाचन भएको थियो।

एमालेले त्यस उपनिर्वाचनमा मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारीलाई उम्मेदवार बनायो। विद्यादेवीले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन्। उपनिर्वाचनअघि संसदीय राजनीतिमा नयाँ अनुहार विद्यादेवी शक्तिशाली बन्दै गइन्। कालान्तरमा उनी राष्ट्रपतिसम्म बन्न सफल भइन्।

२०७४ को आमनिर्वाचनपछि त्यस्तै भयो। कास्की- २ बाट निर्वाचित भएका रवीन्द्र अधिकारीको निधन भएपछि भएको उपनिर्वाचनका लागि रवीन्द्र पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाइएको थियो। उनी विजयी भएकी थिइन्।

प्रतिनिधि सभाका लागि मात्रै होइन, प्रदेश सभाका लागि पनि श्रीमान्‌को मृत्युपछि श्रीमतीलाई उम्मेदवार बनाइएको छ। २०७४ को निर्वाचनमा दाङ- ३ (२) बाट निर्वाचित भएका उत्तरकुमार वलीको निधन भएपछि भएको उपनिर्वाचनमा उनकै पत्नी विमलाकुमारी खत्रीलाई उम्मेदवार बनाएको थियो।

Ncell 2
Ncell 2

त्यति मात्रै होइन, निर्वाचनअघि उम्मेदवारको मृत्यु हुँदा पनि एमालेले नयाँ उम्मेदवारको रुपमा परिवारकै सदस्य खोज्ने गरेको छ। पहिलो संविधान सभा निर्वाचनमा त्यस्तो भएको छ।

सुर्खेत- १ बाट एमालेका उम्मेदवार बनेका थिए ऋषिप्रसाद शर्मा। २०६४ चैत २८ मा निर्वाचन हुँदै थियो। उनको चैत २६ गते निधन भयो। उम्मेदवारकै निधन भएपछि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक भयो। जसअनुसार २०६५ वैशाख ७ गते निर्वाचन हुने भयो।

शर्माको निधन भएपछि एमालेले उनकै पत्नी कमला शर्मालाई उम्मेदवार बनायो। निर्वाचनमा विजयी भएर आएकी शर्माले संविधान सभाको पहिलो बैठकमा पूर्णबहादुर खड्कालाई चप्पल प्रहार गरेकी थिइन्। आफ्नो पतिको हत्याको आरोप लगाउँदै उनले खड्कालाई चप्पल प्रहार गरेकी थिइन्।

पारिवारिक सदस्यहरूलाई नै उम्मेदवार बनाउन प्राथमिकता दिनुमा मुख्यगरी दुई कारण रहेको एमालेका एक जना स्थायी कमिटी सदस्य बताउँछन्।

'पहिलो त निर्वाचन नै संवेदनासँग जोडिन्छ। जस्तो विद्या भण्डारीलाई उम्मेदवार बनाउँदा मदनको मृत्युको संवेदना जोडियो। जसले गर्दा मतदाताले विद्यालाई मत दिने सम्भावना बढ्यो। दोस्रो, आफ्नो पार्टीको उम्मेदवार चिनाउन सजिलो हुन्छ। उम्मेदवार परिचित हुने भएकाले प्रचारप्रसारमा सजिलो हुन्छ। त्यसो हुँदा जित्न सजिलो हुन्छ। परिवारका सदस्यबाट उम्मेदवार बनाइएकाहरूले हारेका पनि छैनन् नि त', उनले भने।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने ‘साँझ ६:३० बजेदेखि ७:३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । अब समय थप हुँदैन । मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजन... मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा सानेपास्थित केन्द्रीय कार्यालयको बैठकहलमा केन्द्रीय सदस्यहरू शीर्ष नेतालाई कुरेर बसिरहेका छन् । उता शीर्ष नेताहरू छुट्टै छलफलमा जुटे... मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिको चुनाव जितिसकेपछि पार्टीबाट अलग भएको अवस्थामा नाम आउनु शोभनीय नभएको भन्दै निर... मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्