• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपनिर्वाचनमा पारिवारिक सदस्यलाई उम्मेदवार बनाउने एमालेको ३० वर्षे परम्परा

64x64
सक्षम मानन्धर आइतबार, चैत ११, २०८०  १९:२०
1140x725

काठमाडौं- आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयन गरेको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले इलाम- २ र बझाङ १ (१) का लागि उम्मेदवार चयन गरेको हो। इलाममा प्रतिनिधि सभा सदस्य र बझाङमा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ।

एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण इलाम-२ रिक्त हुन पुगेको थियो। त्यस क्षेत्रमा सुवासकै कान्छा पुत्र सुहाङलाई उम्मेदवार बनाइएको हो। सुहाङ केही महिनायता इलाम-२ को उम्मेदवार बन्दै राजनीतिमा होमिने तयारीमा थिए। आइतबार सार्वजनिक एमालेको निर्णयसँगै सुहाङको तयारीले सार्थकता पाएको छ।

एमालेबाट सुहाङ उम्मेदवार बन्ने चर्चा सुरु भएदेखि नै त्यसको समर्थन र विरोध नभएको होइन। उनलाई नै उम्मेदवार बनाउनुपर्ने पक्षधरहरूले उनी उम्मेदवार बन्दा जित सहज हुने बताउँथे। अर्कोतिर, उनलाई उम्मेदवार बनाउन नहुने पक्षधरहरूले भने परिवारका सदस्यभन्दा पनि पार्टीमा योगदान गरेका अन्य नेतालाई पनि अवसर दिइनुपर्ने बताउँथे। तर आइतबार सुहाङलाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि पक्ष-विपक्षका तर्क ओझेलमा परेको छ।

एमालेले उपनिर्वाचनमा पारिवारिक सदस्यलाई नै उम्मेदवार बनाउने निर्णय गरेको यो पहिलो पटक होइन। विजयी उम्मेदवारको निधन भएपछि हुने उपनिर्वाचनमा उसैको पारिवारिक सदस्यलाई नै उम्मेदवार बनाउने प्रचलन उसले २०५० सालदेखि नै सुरु गरेको थियो। जुन ३० वर्षपछिसम्म कायम छ। सुहाङलाई उम्मेदवार बनाउने निर्णय त्यही परम्पराको पछिल्लो सन्दर्भ मात्रै हो।

२०४८ को आम निर्वाचनमा काठमाडौं- ५ बाट समेत निर्वाचित भएका थिए एमालेका महासचिव मदन भण्डारी। तर २०५० जेठ ३ गते जिप दुर्घटनामा उनको निधन भयो। त्यसपछि रिक्त हुन आएको स्थानमा सोही वर्ष माघ २५ मा उपनिर्वाचन भएको थियो।

एमालेले त्यस उपनिर्वाचनमा मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारीलाई उम्मेदवार बनायो। विद्यादेवीले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन्। उपनिर्वाचनअघि संसदीय राजनीतिमा नयाँ अनुहार विद्यादेवी शक्तिशाली बन्दै गइन्। कालान्तरमा उनी राष्ट्रपतिसम्म बन्न सफल भइन्।

२०७४ को आमनिर्वाचनपछि त्यस्तै भयो। कास्की- २ बाट निर्वाचित भएका रवीन्द्र अधिकारीको निधन भएपछि भएको उपनिर्वाचनका लागि रवीन्द्र पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाइएको थियो। उनी विजयी भएकी थिइन्।

प्रतिनिधि सभाका लागि मात्रै होइन, प्रदेश सभाका लागि पनि श्रीमान्‌को मृत्युपछि श्रीमतीलाई उम्मेदवार बनाइएको छ। २०७४ को निर्वाचनमा दाङ- ३ (२) बाट निर्वाचित भएका उत्तरकुमार वलीको निधन भएपछि भएको उपनिर्वाचनमा उनकै पत्नी विमलाकुमारी खत्रीलाई उम्मेदवार बनाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यति मात्रै होइन, निर्वाचनअघि उम्मेदवारको मृत्यु हुँदा पनि एमालेले नयाँ उम्मेदवारको रुपमा परिवारकै सदस्य खोज्ने गरेको छ। पहिलो संविधान सभा निर्वाचनमा त्यस्तो भएको छ।

सुर्खेत- १ बाट एमालेका उम्मेदवार बनेका थिए ऋषिप्रसाद शर्मा। २०६४ चैत २८ मा निर्वाचन हुँदै थियो। उनको चैत २६ गते निधन भयो। उम्मेदवारकै निधन भएपछि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक भयो। जसअनुसार २०६५ वैशाख ७ गते निर्वाचन हुने भयो।

शर्माको निधन भएपछि एमालेले उनकै पत्नी कमला शर्मालाई उम्मेदवार बनायो। निर्वाचनमा विजयी भएर आएकी शर्माले संविधान सभाको पहिलो बैठकमा पूर्णबहादुर खड्कालाई चप्पल प्रहार गरेकी थिइन्। आफ्नो पतिको हत्याको आरोप लगाउँदै उनले खड्कालाई चप्पल प्रहार गरेकी थिइन्।

पारिवारिक सदस्यहरूलाई नै उम्मेदवार बनाउन प्राथमिकता दिनुमा मुख्यगरी दुई कारण रहेको एमालेका एक जना स्थायी कमिटी सदस्य बताउँछन्।

Xtrem

Xtrem

'पहिलो त निर्वाचन नै संवेदनासँग जोडिन्छ। जस्तो विद्या भण्डारीलाई उम्मेदवार बनाउँदा मदनको मृत्युको संवेदना जोडियो। जसले गर्दा मतदाताले विद्यालाई मत दिने सम्भावना बढ्यो। दोस्रो, आफ्नो पार्टीको उम्मेदवार चिनाउन सजिलो हुन्छ। उम्मेदवार परिचित हुने भएकाले प्रचारप्रसारमा सजिलो हुन्छ। त्यसो हुँदा जित्न सजिलो हुन्छ। परिवारका सदस्यबाट उम्मेदवार बनाइएकाहरूले हारेका पनि छैनन् नि त', उनले भने।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा विभिन्न जिम्मेवारी सम्हालिसकेका पत्रकारहरू कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्ष... बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार( आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको सरकारका प्र... बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने विद्... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्