• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जता संघीय गठबन्धन, उतै प्रदेश गठबन्धन : चौथो पटक विश्वासको मत लिने बाध्यतामा मधेशका मुख्यमन्त्री

64x64
सक्षम मानन्धर शनिबार, चैत १०, २०८०  १९:२०
1140x725

काठमाडौं- केही दिनअघिसम्मको सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव चौथोपटक विश्वासको मत लिने बाध्यतामा परेका छन्।

कांग्रेसले शुक्रबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। मधेश प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले जसपाले एमाले लगायतका दलहरूसँग गठबन्धन गरेकाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताएका छन्।

कांग्रेसले शुक्रबार नै प्रदेश सभा सचिवालयलाई समर्थन फिर्ताको जानकारी गराइसकेको छ। यद्यपि, संघीय सरकारका लागि सत्ता गठबन्धन परिवर्तन भएपछि गत चैत ५ गते नै मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए।

चैत ५ मै एमालेबाट सरोजकुमार यादव मन्त्री नियुक्त भएका थिए। उनी यही मन्त्रिपरिषद्‌मा २०७९ पुस २९ देखि चैत २१ सम्म पनि मन्त्री थिए। तत्कालीन गठबन्धन टुटेपछि उनी लगायतका एमाले मन्त्रीहरूले राजीनामा दिएका थिए। एक वर्षपछि एमाले पुनः सत्तामा फर्किएको हो।

शनिबार पनि मन्त्रिपरिषद्‌मा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री थपिएका छन्। मन्त्रीहरू राजकुमार लेखी, शत्रुधन सिंह, प्रमोद जयसवाल र राज्यमन्त्री केशव राय थपिएका हुन्। उनीहरूले शनिबार नै सपथ लिएका छन्।

कांग्रेसले समर्थन फिर्ता लिएसँगै अब एक महिनाभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ। मधेश प्रदेश सरकारका एक मन्त्रीका अनुसार होली सकिए लगत्तै विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्छ। ‘तीस दिनभित्र विश्वासको मत लिन सकिन्छ। तैपनि किन कुरेर बस्ने?’, ती मन्त्रीले भने।

जसपाका सरोजकुमार यादव २०७९ पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पुस २९ मा सपथ लिएर कार्यभार सुरु गरेका थिए।

त्यतिबेला उनले एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

२०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमाले, जसपा लगायतका दलहरूकै समर्थनमा प्रधानमन्त्रीमा दाबी गरेका थिए। संघीय सरकारका लागि निर्मित सोही गठबन्धनको निरन्तरता मधेश प्रदेशमा पनि सम्भव भएको थियो।

मुख्यमन्त्री यादवले २०७९ माघ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। विश्वासको मत लिने प्रस्तावको पक्षमा १०२ मत परेको थियो।

प्रधानमन्त्री प्रचण्डले दुई महिनामै तत्कालीन गठबन्धन परिवर्तन गरेका थिए। उनले कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरूसँग गठबन्धन गरेका थिए। त्यसको असर मधेश प्रदेश सरकारमा पनि गरेको थियो। एमालेका मन्त्रीहरूले चैत २१ मा राजीनामा दिएका थिए। एमालेले सरकारलाई दिएको समर्थन भने जेठ १ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ ३० गते मुख्यमन्त्री यादवले दोस्रो पटक पुनः विश्वासको मत लिए। त्यतिबेला उनले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा १०३ मत परेको थियो। उनलाई एमालेले समेत विश्वासको मत दिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश सरकारमा सहभागी भइरहे पनि जसपा र जनमत पार्टीबीच असमझदारी थियो। जसकारण २०८० माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएको थियो। त्यसै दिन उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।

जनमत पार्टी बाहिरिएपछि मुख्यमन्त्री यादव तेस्रोपटक विश्वासको मत लिने बाध्यतामा परेका थिए। उनले फागुन ६ गते प्रदेश सभामा तेस्रो पटक विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरे। प्रस्तावको पक्षमा ६९ मत परेको थियो।

अब पुनः विश्वासको मत लिँदा यादवले १५ महिनामा चौथो पटक विश्वासको मत लिएका हुनेछन्।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम ठकुरी रहेका छन् । नेपाली... बुधबार, कात्तिक ११, २०८३
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? उनी अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा उनी सहभागी भए । बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्