• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जता संघीय गठबन्धन, उतै प्रदेश गठबन्धन : चौथो पटक विश्वासको मत लिने बाध्यतामा मधेशका मुख्यमन्त्री

64x64
सक्षम मानन्धर शनिबार, चैत १०, २०८०  १९:२०
1140x725

काठमाडौं- केही दिनअघिसम्मको सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव चौथोपटक विश्वासको मत लिने बाध्यतामा परेका छन्।

कांग्रेसले शुक्रबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। मधेश प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले जसपाले एमाले लगायतका दलहरूसँग गठबन्धन गरेकाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताएका छन्।

कांग्रेसले शुक्रबार नै प्रदेश सभा सचिवालयलाई समर्थन फिर्ताको जानकारी गराइसकेको छ। यद्यपि, संघीय सरकारका लागि सत्ता गठबन्धन परिवर्तन भएपछि गत चैत ५ गते नै मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए।

चैत ५ मै एमालेबाट सरोजकुमार यादव मन्त्री नियुक्त भएका थिए। उनी यही मन्त्रिपरिषद्‌मा २०७९ पुस २९ देखि चैत २१ सम्म पनि मन्त्री थिए। तत्कालीन गठबन्धन टुटेपछि उनी लगायतका एमाले मन्त्रीहरूले राजीनामा दिएका थिए। एक वर्षपछि एमाले पुनः सत्तामा फर्किएको हो।

शनिबार पनि मन्त्रिपरिषद्‌मा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री थपिएका छन्। मन्त्रीहरू राजकुमार लेखी, शत्रुधन सिंह, प्रमोद जयसवाल र राज्यमन्त्री केशव राय थपिएका हुन्। उनीहरूले शनिबार नै सपथ लिएका छन्।

कांग्रेसले समर्थन फिर्ता लिएसँगै अब एक महिनाभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ। मधेश प्रदेश सरकारका एक मन्त्रीका अनुसार होली सकिए लगत्तै विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्छ। ‘तीस दिनभित्र विश्वासको मत लिन सकिन्छ। तैपनि किन कुरेर बस्ने?’, ती मन्त्रीले भने।

जसपाका सरोजकुमार यादव २०७९ पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पुस २९ मा सपथ लिएर कार्यभार सुरु गरेका थिए।

त्यतिबेला उनले एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

२०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमाले, जसपा लगायतका दलहरूकै समर्थनमा प्रधानमन्त्रीमा दाबी गरेका थिए। संघीय सरकारका लागि निर्मित सोही गठबन्धनको निरन्तरता मधेश प्रदेशमा पनि सम्भव भएको थियो।

मुख्यमन्त्री यादवले २०७९ माघ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। विश्वासको मत लिने प्रस्तावको पक्षमा १०२ मत परेको थियो।

प्रधानमन्त्री प्रचण्डले दुई महिनामै तत्कालीन गठबन्धन परिवर्तन गरेका थिए। उनले कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरूसँग गठबन्धन गरेका थिए। त्यसको असर मधेश प्रदेश सरकारमा पनि गरेको थियो। एमालेका मन्त्रीहरूले चैत २१ मा राजीनामा दिएका थिए। एमालेले सरकारलाई दिएको समर्थन भने जेठ १ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ ३० गते मुख्यमन्त्री यादवले दोस्रो पटक पुनः विश्वासको मत लिए। त्यतिबेला उनले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा १०३ मत परेको थियो। उनलाई एमालेले समेत विश्वासको मत दिएको थियो।

Xtrem

Xtrem

प्रदेश सरकारमा सहभागी भइरहे पनि जसपा र जनमत पार्टीबीच असमझदारी थियो। जसकारण २०८० माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएको थियो। त्यसै दिन उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।

जनमत पार्टी बाहिरिएपछि मुख्यमन्त्री यादव तेस्रोपटक विश्वासको मत लिने बाध्यतामा परेका थिए। उनले फागुन ६ गते प्रदेश सभामा तेस्रो पटक विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरे। प्रस्तावको पक्षमा ६९ मत परेको थियो।

अब पुनः विश्वासको मत लिँदा यादवले १५ महिनामा चौथो पटक विश्वासको मत लिएका हुनेछन्।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा विभिन्न जिम्मेवारी सम्हालिसकेका पत्रकारहरू कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्ष... बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार( आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको सरकारका प्र... बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने विद्... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्