• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
२० वर्षअघिको ढुंगेधारा घटना :

दुर्घटना गराएको भन्दै ट्याक्सी चालकको गोली हानी हत्या गर्ने सैनिक जवानलाई होला त कारबाही?

सेना भन्छ– त्यतिबेलै बर्खास्त गरेर कारबाही गरेका हौं
64x64
नारायण अधिकारी आइतबार, पुस २२, २०८०  १८:०५
1140x725

काठमाडौं–२० वर्षअघि काठमाडौंको बनस्थली ढुंगेधारामा एक ट्याक्सी चालकमाथि गोली हानी हत्या भएको थियो। गोली हान्नुको मुख्य कारण भने दुर्घटना गराएको आरोप थियो। सैनिक बसमा ट्याक्सी ठोक्किएपछि एक सैनिक जवानले ट्याक्सी चालकलाई गोली हानी हत्या गरेका थिए।
 
ट्याक्सीभित्रै रहेका अर्का व्यक्तिलाई ती सैनिकले भने– ‘कोही कसैलाई भनिस् भने मार्दिन्छु’ भन्दै बन्दुकको कुन्जालेसमेत हिर्काएका थिए। २० वर्षअघि बर्दीको रवाफमा गोली हानी हत्या भएको उक्त घटना त्यसपछि बिस्तारै सामसुम भएको थियो।

निहत्था नागरिकको हत्या गर्ने ती सैनिक जवानविरुद्ध हत्या आरोपमा जिल्ला अदालतमा मुद्दा नै चलेन। बर्दीकै रवाफमा उनले उन्मुक्ति पाए। तर अहिले २० वर्षपछि उक्त घटनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि पीडितले न्याय पाउने आशा पलाएको छ।

गोली हानी ट्याक्सी चालकको हत्या गरेको आरोपमा तत्कालीन एक सैनिक जवानविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर भएको छ। २०६० सालमा भएको उक्त हत्या घटनाको २० वर्षपछि अहिले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

मृतक ट्याक्सी चालक २१ वर्षीय राजिव श्रेष्ठका काका नरेन्द्रमान श्रेष्ठले त्यतिबेलै प्रहरीमा दिएको जाहेरीको आधारमा अहिले तत्कालीन सैनिक जवान दिलबहादुर विष्टविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर भएको छ।

ट्रायल दिनका लागि भनेर ट्याक्सी लिएर जाँदै गरेको बेलामा राजिवले चलाएको बा १ ज ३९४९ नम्बरको ट्याक्सी नेपाली सेनाको बा १ ग ११९७ नम्बरको स्कूल बससँग ठोक्किएर २०६० कात्तिक २ गते दिउँसोको सवा ५ बजेतिर दुर्घटना भएको थियो। ढुंगेधारामा भएको उक्त दुर्घटनामा सेनाको स्कूल बसभित्र बसेका हतियारधारी जवान दिलबहादुर बिस्टले राजिवलाई बोल्नेसमेत मौका नदिई गोली हानी हत्या गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

ट्याक्सीमै रहेका अर्का व्यक्तिलाई पनि बोलिस् भने मार्छु भन्दै धम्की दिएका थिए। गोली लागेर गम्भीर घाइते भएका राजिवको उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषित गरेका थिए। पोष्टमार्टम रिपोर्टमासमेत छातीमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको थियो।

आफ्ना भतिजाको हत्या भएपछि उनको काका नरेन्द्रमानले प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान गर्दा गोली प्रहार गर्ने व्यक्ति सैनिक जवान दिलबहादुर विष्ट रहेको खुलेको थियो। उनी सेनाको तत्कालीन स्काउटर गुल्मको जवान रहेको पाइएको थियो। त्यतिबेला तत्कालीन शाही नेपाली सेनाले जवान विष्टलाई नियन्त्रणमा लिएर कारबाही गरिएको बताएको थियो।

सेना भन्छ– त्यतिबेलै बर्खास्त गरेर कारबाही गर्‍यौं, प्रहरीले अहिले गर्‍यो फरार बनाएर मुद्दा दर्ता
कारबाहीका लागि भन्दै प्रहरीले सेनालाई पत्र पठाउँदै सैनिक जवान विष्टलाई आफूहरुको जिम्मा लगाउन आग्रह गरेको थियो। तर त्यतिबेला सैनिकलाई कारबाही गर्ने अधिकार प्रहरीलाई नभएको र सैनिक ऐनअनुसार नै आफूहरुले कारबाही गर्ने जवाफ सेनाले पठाएको थियो।

Xtrem
Xtrem

सेनाले तत्कालीन सैनिक ऐन २०१६ बमोजिम विष्टलाई बर्खास्त गर्नुका साथै कैद सजायसमेत गरिएको भन्दै प्रहरीलाई जवाफ पठाएको थियो। त्यसैगरी सेनाले त्यतिबेलै मृतक राजिवको परिवारले रक्षा मन्त्रालयबाटसमेत क्षतिपूर्ति पाएको भन्दै प्रहरीलाई जवाफ पठाएको थियो। सैनिक प्रहरी गण, सेना प्राड विवाक भद्रकालीको पत्रबाट यी कुराहरु उल्लेख गर्दै प्रहरीलाई पत्र आएको थियो।

सेनाले त्यतिबेलै बर्खास्त गदै तत्कालीन सैनिक ऐनअनुसार कारबाही तथा कैद गरिएको बताए पनि २० वर्षपछि यो फाइल अदालतमा पुगेको छ। प्रहरीले तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महल अनुसार सैनिक जवान विष्टलाई कारबाही गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो।

सरकारी वकिल कार्यालयलेसमेत फाइल अध्ययन गरेर मुद्दा चलाउने निर्णयसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। यता तत्कालीन सैनिक जवान भनिएका विष्टलाई भने फरार प्रतिवादी बनाइएको छ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १८:०५
  • #२० वर्षअघिको ढुंगेधारा घटना :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी सोमबार, असोज २६, २०८३
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्