• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
२० वर्षअघिको ढुंगेधारा घटना :

दुर्घटना गराएको भन्दै ट्याक्सी चालकको गोली हानी हत्या गर्ने सैनिक जवानलाई होला त कारबाही?

सेना भन्छ– त्यतिबेलै बर्खास्त गरेर कारबाही गरेका हौं
64x64
नारायण अधिकारी आइतबार, पुस २२, २०८०  १८:०५
1140x725

काठमाडौं–२० वर्षअघि काठमाडौंको बनस्थली ढुंगेधारामा एक ट्याक्सी चालकमाथि गोली हानी हत्या भएको थियो। गोली हान्नुको मुख्य कारण भने दुर्घटना गराएको आरोप थियो। सैनिक बसमा ट्याक्सी ठोक्किएपछि एक सैनिक जवानले ट्याक्सी चालकलाई गोली हानी हत्या गरेका थिए।
 
ट्याक्सीभित्रै रहेका अर्का व्यक्तिलाई ती सैनिकले भने– ‘कोही कसैलाई भनिस् भने मार्दिन्छु’ भन्दै बन्दुकको कुन्जालेसमेत हिर्काएका थिए। २० वर्षअघि बर्दीको रवाफमा गोली हानी हत्या भएको उक्त घटना त्यसपछि बिस्तारै सामसुम भएको थियो।

निहत्था नागरिकको हत्या गर्ने ती सैनिक जवानविरुद्ध हत्या आरोपमा जिल्ला अदालतमा मुद्दा नै चलेन। बर्दीकै रवाफमा उनले उन्मुक्ति पाए। तर अहिले २० वर्षपछि उक्त घटनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि पीडितले न्याय पाउने आशा पलाएको छ।

गोली हानी ट्याक्सी चालकको हत्या गरेको आरोपमा तत्कालीन एक सैनिक जवानविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर भएको छ। २०६० सालमा भएको उक्त हत्या घटनाको २० वर्षपछि अहिले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

मृतक ट्याक्सी चालक २१ वर्षीय राजिव श्रेष्ठका काका नरेन्द्रमान श्रेष्ठले त्यतिबेलै प्रहरीमा दिएको जाहेरीको आधारमा अहिले तत्कालीन सैनिक जवान दिलबहादुर विष्टविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर भएको छ।

ट्रायल दिनका लागि भनेर ट्याक्सी लिएर जाँदै गरेको बेलामा राजिवले चलाएको बा १ ज ३९४९ नम्बरको ट्याक्सी नेपाली सेनाको बा १ ग ११९७ नम्बरको स्कूल बससँग ठोक्किएर २०६० कात्तिक २ गते दिउँसोको सवा ५ बजेतिर दुर्घटना भएको थियो। ढुंगेधारामा भएको उक्त दुर्घटनामा सेनाको स्कूल बसभित्र बसेका हतियारधारी जवान दिलबहादुर बिस्टले राजिवलाई बोल्नेसमेत मौका नदिई गोली हानी हत्या गरेका थिए।

Ncell 2
Ncell 2

ट्याक्सीमै रहेका अर्का व्यक्तिलाई पनि बोलिस् भने मार्छु भन्दै धम्की दिएका थिए। गोली लागेर गम्भीर घाइते भएका राजिवको उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषित गरेका थिए। पोष्टमार्टम रिपोर्टमासमेत छातीमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको थियो।

आफ्ना भतिजाको हत्या भएपछि उनको काका नरेन्द्रमानले प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान गर्दा गोली प्रहार गर्ने व्यक्ति सैनिक जवान दिलबहादुर विष्ट रहेको खुलेको थियो। उनी सेनाको तत्कालीन स्काउटर गुल्मको जवान रहेको पाइएको थियो। त्यतिबेला तत्कालीन शाही नेपाली सेनाले जवान विष्टलाई नियन्त्रणमा लिएर कारबाही गरिएको बताएको थियो।

सेना भन्छ– त्यतिबेलै बर्खास्त गरेर कारबाही गर्‍यौं, प्रहरीले अहिले गर्‍यो फरार बनाएर मुद्दा दर्ता
कारबाहीका लागि भन्दै प्रहरीले सेनालाई पत्र पठाउँदै सैनिक जवान विष्टलाई आफूहरुको जिम्मा लगाउन आग्रह गरेको थियो। तर त्यतिबेला सैनिकलाई कारबाही गर्ने अधिकार प्रहरीलाई नभएको र सैनिक ऐनअनुसार नै आफूहरुले कारबाही गर्ने जवाफ सेनाले पठाएको थियो।

सेनाले तत्कालीन सैनिक ऐन २०१६ बमोजिम विष्टलाई बर्खास्त गर्नुका साथै कैद सजायसमेत गरिएको भन्दै प्रहरीलाई जवाफ पठाएको थियो। त्यसैगरी सेनाले त्यतिबेलै मृतक राजिवको परिवारले रक्षा मन्त्रालयबाटसमेत क्षतिपूर्ति पाएको भन्दै प्रहरीलाई जवाफ पठाएको थियो। सैनिक प्रहरी गण, सेना प्राड विवाक भद्रकालीको पत्रबाट यी कुराहरु उल्लेख गर्दै प्रहरीलाई पत्र आएको थियो।

सेनाले त्यतिबेलै बर्खास्त गदै तत्कालीन सैनिक ऐनअनुसार कारबाही तथा कैद गरिएको बताए पनि २० वर्षपछि यो फाइल अदालतमा पुगेको छ। प्रहरीले तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महल अनुसार सैनिक जवान विष्टलाई कारबाही गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो।

सरकारी वकिल कार्यालयलेसमेत फाइल अध्ययन गरेर मुद्दा चलाउने निर्णयसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। यता तत्कालीन सैनिक जवान भनिएका विष्टलाई भने फरार प्रतिवादी बनाइएको छ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १८:०५
  • #२० वर्षअघिको ढुंगेधारा घटना :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्