काठमाडौं– पशुपति क्षेत्र विकास कोषले बहाल मस्यौदा तयार गरेको छ। पशुपति क्षेत्र विकास कोषले बहाल व्यवस्थापन मस्यौदा तयार गरी मन्त्रलयमा पेस गरेको छ।
बहाल व्यवस्थापन कार्यविधि बनाएर कोषको आम्दानी वृद्धि गर्ने बताइएको छ। कार्यविधि नबन्दा कोषको अचल सम्पत्ति कौडीको मूल्यमा प्रयोग हुँदै आएको छ।
कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवदीको संयोकत्वमा रहेको ६ सदस्य मस्यौदा समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई मस्यौदा बुझाएको हो। मस्यौदा अध्ययन गरेर कार्यन्वयमा लाने मन्त्री किराँतीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।