काठमाडौ– मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ।
मधेस प्रदेश स्तरमा गरिएको उक्त कार्यक्रममा १ सय ५० वटा भन्दा बढी आवेदन परेको थियो। जसबाट दोस्रो चरणमा ७५ जनालाइ छनोट गरिएको थियो। छनोट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योग को परिसर स्थित हलमा क्यानभासमा चित्र बनाएका थिए।
उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनोट गरिने छ। जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ। तेस्रो चरणको प्रतियोगिता पुस २ गतेदेखि ७ गते सम्म चल्नेछ।
प्रतियोगितामा प्रथम हुनेलाइ ७५ हजार, द्वितीय हुनेलाइ ५० हजार, तृतीय हुनेलाइ २५ हजार र बाँकी १२ जनालाई ५ -५ हजार नगद प्रदान गरिने छ।
कार्यक्रमको निर्णयक टिममा मिथिला आर्ट ग्यालरिका सञ्चालक श्याम सुन्दर यादव र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।