• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले संकल्प यात्रा: झुलाघाटमा तामझाम, अछाममा उकुसमुकुस

64x64
शेरबहादुर ऐर बुधबार, मंसिर १३, २०८०  २१:३९
1140x725

धनगढी– नेकपा एमालेले बिहीबारदेखि मध्यपहाडी क्षेत्र केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’ सुरु गर्दैछ। एमालेले संकल्प यात्राको सुरुवातका लागि महाकाली किनारको सीमावर्ती बजार बैतडीको झुलाघाट रोजेको छ। 

यात्राको उद्‌घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु बैतडी केन्द्रित भएका छन्। बैतडीमा जोडतोडका साथ यात्राको तयारी चलिरहँदा सुदूरपश्चिम प्रदेशकै अछाममा भने एमाले पंति उकुसमुकुसमा छ। 

बिहीबार एमाले अध्यक्ष ओलीले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेपछि सुरु हुने यात्रा शनिबार अछाम पुग्ने कार्यतालिका छ। 

तर अछामका एमाले नेता/कर्ताहरु भने यात्रालाई लिएर बेग्लै तनावमा छन्। अछाम पार्टीका नेता भीम रावलको गृहजिल्ला हो। १०औं महाधिवेशनमा अध्यक्षका लागि ओलीको प्रतिस्पर्धी बनेयता रावल पार्टीमा निरन्तर ‘उपेक्षित’ बन्दै आएका छन्। रावलले भोग्दै आएको ‘उपेक्षा’का कारण नेतृत्व (अध्यक्ष ओली)प्रति असन्तुष्ट रहेका अछामका नेता/कार्यकर्ताहरु यात्राको सन्दर्भलाई लिएर कसरी प्रस्तुत हुने भनेर तनावमा छन्। 

‘सुदूरपश्चिम प्रदेशबाट पार्टीको विशेष अभियान सुरु हुँदा भीम रावल जस्तो नेतालाई खबर नगरिनु। नबोलाइनु, सल्लाह नगरिनुलाई सकारात्मक रुपमा त लिन सकिँदैन नि!’ रावलनिकट एमाले अछामका एक नेताले भने। 

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैशीले संकल्प यात्राका लागि रावललाई जानकारी गराएको बताउँछन्। यद्यपि त्यसबारे रावलबाट कुनै प्रतिक्रिया नआएको जैशीको भनाइ छ। 

जैशीले भने, ‘उहाँ बैतडीदेखि नै सहभागी हुनुहुन्छ वा आफनो गृहजिल्लाबाट भन्ने केही थाहा छैन। तर, कार्यक्रमबारे जानकारी गराएका छौँ।’

एमाले अध्यक्ष ओली यात्राको उद्‌घाटन गर्न भन्दै बुधबार नै बैतडी पुगिसकेका छन्। बुधबार बैतडीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले मध्यपहाडी राजमार्ग भित्रका पहाडका समस्या बुझ्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताए। ‘महाकालीदेखि मेचीसम्म समृद्ध नेपाल सम्भव छ भन्ने उद्देश्यले संकल्प यात्रा गर्दै छौँ। भोलि यसै जिल्लाको झुलाघाटबाट सुरु गर्छौँ,’ ओलीने भने, ‘पूर्व–पश्चिम मेचीदेखि महाकालीसम्म एमालेले समृद्ध नेपाल बनाउन सक्छ। यहाँका समस्या के छन्, ती हर्नेका लागि पहाडै पहाडको यात्रामा छौँ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष ओलीले झुलाघाटमा उद्घाटन गर्ने यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ। १ हजार ८७९ किलोमिटर लामो १९ दिने मध्य पहाडी लोकमार्ग पदयात्रा शुक्रबार डोटी र शनिबार अछाम पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। 

एमाले सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष जैशीका अनुसार पार्टीका शीर्ष नेता सबैको सहभागिता रहने उक्त संकल्प यात्राका क्रममा शनिबार अछामको साँफेबगर र मंगलसेन पुगेर कार्यक्रम गर्ने कार्यतालिका छ। 

तर भीम रावल उक्त कार्यक्रममा नहुने अवस्था आएपछि रावलका समर्थकले विरोधका कार्यक्रम गर्नेसम्मको तयारी गरिरहेका छन्। 

‘यो त हद भयो, आफ्नै प्रदेशको कार्यक्रममा पनि भीम रावलले सहभागी हुन नपाउने अवस्था बारम्बार दोहोरिन थाल्यो,’ रावल निकट एमाले अछामका अर्का एक नेताले भने, ‘अब के गर्ने भन्ने आन्तरिक छलफल गरिरहेका छौँ। सबै कार्यकर्ता आक्रोशित छन्, विरोधका क्रियाकलाप पनि हुन सक्छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हालै सम्पन्न एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा पनि भीम रावललाई नबोलाइएको भन्दै उद्घाटन सत्रमा अध्यक्ष ओलीले बोलिरहँदा रावल समर्थक कार्यकर्ताहरुले ‘भीम रावल खै?’ भन्दै नारा लगाएका थिए।

रावलले पार्टीको संकल्प यात्राबारे आफूलाई जानकारी गराइएको भन्ने कुरा सत्य नभएको बताएका छन्। रावलले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै आफ्नो सहभागिताबारे अध्यक्ष ओलीले चासो नदिएको र महासचिव शंकर पोरेलले पनि उपेक्षित गरेको बताएका छन्। 

रावलले लेखेका छन्– एमालेको मध्यपहाडी पुष्पलाल राजमार्ग अभियानबारे धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मेरो बारेमा सोधिएको प्रश्नको जबाफमा मलाई निम्तो दिइएको भन्ने सत्य होइन। तथ्य यस्तो छ: प्रदेश अध्यक्ष कृष्ण प्र जैशीले फोनमा पत्र पठाउँ कि भन्नु भयो। मैले भनेँ- अभियान प्रदेशको भए तपाईंले भन्दा म आइहाल्थेँ। तर केन्द्रको भएकोले तपाईं अध्यक्षलाई फोन गरी मेरो सहभागिताको कुरा गर्नुस्, उहाँले मलाई भन्नुभयो भने म सहभागी हुन्छु। केही समयपछि उहाँले फोनमा भन्नुभयो फोन गरेँ, अध्यक्षको स्वकीयसँग कुरा हुँदा महासचिवसँग कुरा गर्न भनियो। महासचिवसँग कुरा गर्दा इच्छा हुने जाँदा हुन्छ भन्ने जवाफ आएकोले तपाईं झुलाघाट जानु परेन, अछाम आफ्नै किसिमले गए हुन्छ।अब सबै विवेकशील व्यक्तिले सोचौं। यही हो त मलाई अभियानमा निम्ता गरिने कायदा?

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद घडीमा... आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्