काठमाडौं– गायिका स्वर्गीय दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ। ‘आमाको सम्झनामा दाङका छात्राहरूलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको हो,’ छोरी समेत रहेकी गायिका कोमल वलीले बताइन्।
अक्षय कोषबाट दाङ जिल्लाका थारु समुदाय र दलित समुदायका छात्राहरुलाई पढ्न छात्रवृत्ति प्रदान गरिने कोमल वलीले बताइन्।
‘एक जना थारु समुदाय र एक जना दलित समुदायबाट गरेर कक्षा ८ बाट उच्च शिक्षासम्मका लागि अध्ययनमा सहज होस् भनेर सम्पूर्ण खर्च यो ट्रष्टले व्यहोर्ने छ,’ वलीले बताइन्।
त्यस्तै, वली परिवारले वर्षेनी आमाको स्मृति दिवसको अवसर पारेर एक जना महिला नेतृलाई सम्मान गर्ने पनि घोषणा गरेको छ। राजनीतिमा लागेर कुनै लाभको पदमा नपुगेका ६० वर्षमाथिका महिलालाई ‘दीपा वली स्मृति सम्मान’बाट सम्मान गरिने कोमल वलीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।