काठमाडौं– बलिउड अभिनेत्री कट्रिना कैफले सलमान खानको तारिफ गरेकी छन्। उनले सलमान आफ्नो कामका लागि जिउने बताएकी छन्।
कट्रिनाले सलमान खानसँग ‘मैने प्यार क्यूँ किया?’, ‘पार्टनर’, ‘टाइगर’ फ्रेन्चाइज र ‘भारत’ जस्ता धेरै फिल्ममा काम गरिसकेकी छन्। उनले भनिन्, ‘सलमानको सबैभन्दा राम्रो कुरा उनी आफू वा कुनै पनि कुरालाई धेरै गम्भीरतापूर्वक लिँदैनन्, उनी आफ्नो कामका लागि बाँच्छन् र सेटमा उत्कृष्ट छन्।’
कट्रिनाले भनिन्, ‘सलमान निकै उदार व्यक्ति हुन्। जब सलमान वरपर हुन्छन्, सेटमा सबै मुस्कुराउँछन्। हामी एकअर्कालाई राम्रोसँग चिन्छौँ। यसले उत्कृष्ट केमिस्ट्री बनाउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।