काठमाडौं– शाहरुख खानले छोरी सुहाना खानसँग स्पाई थ्रिलर फिल्ममा काम गर्ने भएका छन्।
सुहाना फिल्म ‘द आर्चिज’ बाट बलिउडमा डेब्यू गर्दैछिन्। दुबैले छिट्टै चलचित्रको छायांकन सुरु गर्ने चर्चा छ। यो फिल्मलाई सुजय घोषले निर्देशन गर्दैछन्।
सुजय लेखनको स्तरमा कुनै कसर छोड्न चाहँदैनन्। डिसेम्बरको अन्त्यमा यो अनटाइटल फिल्मको स्क्रिप्ट पढ्न शाहरुख र सुहाना सँगै बस्ने बताइएको छ।
फिल्मको छायांकन आगामी जनवरीको अन्त्य वा फेब्रुअरीमा सुरु हुनसक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।