• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चीनले हार्दै छ नव-शीतयुद्ध

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ०६:१९
1140x725

सन् १९९१ मा भएको सोभियत संघको विघटनलाई सम्झेर चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) हैरान भएको थियो। यो घटनाको अपजस चिनियाँ सरकारका अधिकारीहरु तत्कालीन सोभियत संघका सुधारवादी नेता मिखाइल गोर्वाचेवमाथि थोपर्ने गर्दथे। सोभियत संघलाई आफ्नो पकडमा राखिराख्न गोर्वाचेव निर्दयी बन्न सक्थे तर बनेनन्। यति हुँदाहुँदै पनि चिनियाँ नेताहरुले त्यो घटनाको अरु महत्वपूर्ण पक्षहरुको उजागर गरेका थिए, जुन दिशामा आजका चिनियाँ नेताहरु अभिमुख हुन तयार छैनन्।

सिपिसीले सुदृढ आर्थिक आधारको प्रदर्शनबिना राजनीतिक हैसियत प्राप्त गर्न गाह्रो रहेको कुरा पक्कै मनन गरेको हुनुपर्छ। सिपिसी दत्तचित्त भएर आर्थिक समृद्धि प्राप्तिमा लागिपरेपछि चीनको आर्थिक कायापलट नै भएको छ। यो तीव्र गतिमा बढ्दै गएको प्रतिव्यक्ति आयबाट पनि प्रस्ट हुन्छ। सन् १९९१ मा ३३३ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेको चीनमा गत वर्ष ७ हजार ३ सय २९ अमेरिकी डलर पुगेको छ। चीनको कम्युनिस्ट पार्टी सत्तामा लामो समय अविछिन्न रहन सक्नुको प्रमुख कारणमध्ये यो पनि एक हो। 

लगातार रुपमा बढ्दै गएको उसको रक्षा बजेटले के अर्थ्याउँछ भने चीन अमेरिकासँग दीर्घकालीन युद्धको तयारीमा लागेको छ। तर, यतिले मात्रै चीनलाई अमेरिकासँग भविष्यमा आइपरेको युद्ध जित्न पर्याप्त हुनेछैन।

खस्किँदो आर्थिक अवस्था मात्रै सोभियत संघ विघटन हुनुको कारण भने थिएन। यससँगै सोभियतीहरु अमेरिकासँग जित्नै नसकिने र खर्चालु हतियार भण्डारणको अमूक युद्धको सिकार भएका थिए। अन्न उत्पादन क्षेत्रमा बढी लगानी गरेका उनीहरुलाई आफ्नो नेतृत्वको लामो सय देखिको जीर्ण आर्थिक व्यवस्थापन र रणनीतिबिनाको आर्थिक लगानीको हेक्कै भएन। अमेरिकासँग नयाँ शीतयुद्धमा प्रवेश गरेको चीनले त्यस्तै खालको गल्ती दोहोर्‍याउँदै छ।

झट्ट हेर्दा चीन अमेरिकासँग हतियार युद्धमा नगएको देखिन्छ। चीनको यो वर्षको रक्षा बजेट लगभग एक सय ७५ बिलियन अमेरिकी डलर बराबर रहेको छ। यो अमेरिका कंग्रेसले पारित गरेको ७ सय बिलियन अमेरिकी डलरको एक तिहाइ पनि होइन। तर आधिकारीक रुपमा बाहिरिएको चीनको रक्षा बजेटभन्दा उसले खर्च गर्ने बजेट बढी हुन सक्ने सम्भावना प्रशस्त छ। अन्तर्राष्ट्रिय शान्ति तथा अनुसन्धान केन्द्र स्टकहोमले जनाए अनुसार चीनको सैन्य खर्च प्रतिवर्ष २ सय २८ बिलियन अमेरिकी डलर बराबर रहेको छ। जुन आधिकारिक रुपमा बाहिरिएको चीनको रक्षा बजेटभन्दा एक सय ५० प्रतिशत बढी हो।

यद्यपि हतियार खरिदमा चीनले खर्च गरेको यो रकम धेरै होइन। लगातार रुपमा बढ्दै गएको उसको रक्षा बजेटले के अर्थ्याउँछ भने चीन अमेरिकासँग दीर्घकालीन युद्धको तयारीमा लागेको छ। तर, यतिले मात्रै चीनलाई अमेरिकासँग भविष्यमा आइपरेको युद्ध जित्न पर्याप्त हुनेछैन।

चीनले उच्च आर्थिक वृद्धिसँगै दिगोपनसहित आर्थिक विकास गरेको अवस्थामा मात्रै अमेरिकासँग मध्यम खालको हतियारको होडबाजी गर्न सक्नेछ। तर त्यसो भएको देखिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

सूक्ष्म स्तरमा अध्ययन गर्ने हो भने चीनको आर्थिक विकास क्रमश: घट्दै गएको देखिन्छ। बढ्दो क्रममा रहेको वृद्धहरुको जनसंख्या, बढ्दो ऋणभार, परिपक्वताको असन्तुलन र अमेरिकासँग बढ्दै गएको व्यापार युद्धले चीनको आर्थिक विकासमा खलल पुर्याउने निश्चित छ। उदाहरणका लागि वृद्धवृद्धाको जनसंख्या बढ्नु भनेको परनिर्भरताको अनुपात बढ्नु हो, यसले स्वाथ्य उपचार र सामाजिक सुरक्षाको खर्च पनि बढाउँछ। यी कारणहरुले गर्दा निकट भविष्यमा सीमित स्रोतसाधनको बाँडफाँटमा चिनियाँ कम्युनिस्ट पार्टीलाई अप्ठेरो पर्ने देखिन्छ।

तत्कालीन सोभियतको अर्थतन्त्रभन्दा चीनको अर्थतन्त्र केही सुदृढ रहेको देखिन्छ तर यो अमेरिकी अर्थतन्त्रभन्दा सबल छैन। यसको मुख्य कारण भनेको चीनको राज्य स्वामित्वमा रहेको उद्योगधन्दाहरु हुन्। यिनीहरुले राज्यको आधा बैंकिङ क्रेडिट उपयोग गर्दछन् तर जम्मा २० प्रतिशत मात्र रोजगारीमा योगदान दिन्छन्। 

विश्वमै बढ्दै गएको चीनको उदार आर्थिक सहयोग जबरजस्त रुपमा बढ्दै गएको चिनियाँ साम्राज्यको एक उदाहरण हो। यो कम्बोडियादेखि भेनेजुएला र रसियासम्म फैलिएको छ, जुन फिर्ता आउने सम्भावना अत्यन्य न्यून छ।

चिनियाँ कम्युनिस्ट पार्टीको समस्या भनेको राज्यको स्वामित्वमा रहेका उद्योगहरु हो, जसले एक पार्टीय पद्धतिलाई बचाइराख्न सहयोग पुर्‍याएको छ। यस्तै, शुभेच्छुकहरुलाई सरकारका तर्फबाट पुरस्कृत गर्न र सूक्ष्म आर्थिक लक्ष्य भेटाउन पनि सहयोग गरेको छ। यस्तो राजनीतिक लक्ष्यप्राप्तिको साधनलाई बन्देज लगाउनु भनेको चीनलाई 'राजनीतिक आत्महत्या' गर्नु बराबर हुन्छ। तिनीहरुलाई संरक्षण गर्दा चीनको प्राकृतिक स्रोत साधनको दोहन मात्र हुन्छ र अमेरिकासँग हुन सक्ने हातहतियारको होडमा चीनको बर्चस्व कायम राख्न चिनियाँ नेताहरुलाई मुस्किल पर्छ।

Xtrem

Xtrem

पहिलो त चीनले विकासशील राष्ट्रहरुमा केन्द्रित भई बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत एक ट्रिलियन अमेरिकी डलर बराबर ऋण पूर्वाधारको क्षेत्रमा लगानी गरिरहेको छ। खतराको पूर्वसूचना प्राप्त भए पनि चीनले सोभियतको इतिहासबाट केही सिकेर यो काम रोक्नुपर्ने हो। तर चीन आफनो रणनीतिको गुरुयोजना, बिआरआई योजनालाई जुनसुकै सर्तमा मूर्तरुप दिन लालायित देखिन्छ। 

साम्राज्यवादी चिन्तनलाई पर्याप्त मात्रामा रोक्नुपर्छ, जुन विषयलाई चिनियाँ नेताहरुले नबुझेको दोस्रो विषय हो। एक दशकपहिले अधिक मात्राको व्यापार वृद्धिपछि बढेको हाड करेन्सी का कारण चिनियाँ सरकारले विदेशी भूमिमा आफनो प्रतिबद्धताहरु बढाउन थाल्यो भने 'मृतप्राय' रहेका उसका सहयोगीहरुलाई घटाउन थाल्यो। 

विश्वमै बढ्दै गएको चीनको उदार आर्थिक सहयोग जबरजस्त रुपमा बढ्दै गएको चिनियाँ साम्राज्यको एक उदाहरण हो। यो कम्बोडियादेखि भेनेजुएला र रसियासम्म फैलिएको छ, जुन फिर्ता आउने सम्भावना अत्यन्य न्यून छ। अमेरिकाको भर्जिनिया राज्यस्थित विलियम र मेरी कलेजले सन् २००० देखि २०१४ सम्म संकलन गरेको एडडाटाका अनुसार कम्बोडिया, क्यामरुन, आइभरी कोस्ट, क्युबा, इथियोपिया, जिम्बावे लगायत देशहरुले २४.४ बिलियन अमेरिकी डलर चिनियाँ अनुदान अथवा ऋण प्राप्त गरेका छन्। सोही समयमा एङ्गोला, लाओस, पाकिस्तान, रसिया, तुर्कमेनिस्तान, भेनेजुएला लगायतका देशहरुले ९८.२ बिलियन अमेरिकी डलर बराबरको सहयोग प्राप्त गरेका छन्।

अहिले, चीनले चीन-पाकिस्तान आर्थिक करिडोरमा ६२ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ। यसले पाकिस्तानमा बढ्दै गएको असन्तुलित आर्थिक संकटको सामना गर्न सहयोग गर्छ। तर सरकारी कोषलाई खाली गरेर अहिले मौलाउँदै गएको व्यापारिक संरक्षणवादीहरुले चिनियाँ सरकारलाई त्यसको सोधभर्ना गर्न बाध्य पार्न सक्छन्। 

सोभियत संघले जस्तै, चीन पनि आफना केही मित्र राष्ट्रहरुलाई आवयश्यकताभन्दा बढी आर्थिक सहयोग गरिरहेको छ। यसबाट उसले उल्लेख्य मात्रामा प्राप्ति भने गरेको छैन तर हतियारको होडमा भने भास्सिएको छ। सिनो-अमेरिकी युद्ध सुरु भइसकेको छैन तर चीन हारको बाटोमा गइसकेको छ। 

(प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित लेखको पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन्। यसका मूल लेखक मिङसिन पी हुन्। मूल लेखको लिंकका लागि यहाँ क्लिक गर्नुहोला।)
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ०६:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्