• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

निको नहुने डोक्लामको घाउ

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २२, २०७५  ०८:५३
1140x725

चीन र भारतबीच डोक्लाम विवाद अन्त्य भएको एक वर्ष पुगेको छ। गत अगष्ट २८ गते विवाद अन्त्य भएको एक वर्ष पुगेको हो। चीनले चीन र भुटानको विवादित भूमिमा बाटो निर्माण गर्न थालेपछि विवाद चुलिएको थियो। र, यसले एउटा तरङ्ग नै पैदा गरेको थियो।

डोक्लाम अर्थात् घाँसे–मैदान। चिनियाँ स्थानीय भाषामा डोङलाङ भनिने यो भूमि चीन, भुटान र भारतको त्रीदेशीय सीमामा पर्छ। यो स्थानमा चिनियाँ जनसेनाले व्यापक मात्रामा सैनिक व्यारेक, केही हेलिप्याड र सुरुङको निर्माण गर्न थालेपछि चीन र भारतका सेनाहरु आमने सामने भएका थिए। गत वर्षको जुन १६ देखि अगष्ट २८ सम्म ७२ दिनसम्म दुई देशका सेनाहरु एकअर्काको आमनेसामने भएका थिए। दुवै देशले विवादित क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने सहमति गर्दै विवादको अन्त्य गरेका थिए। यद्यपि दुवै देशका विदेश मन्त्रालयबाट जारीे वक्तव्य एक अर्कासँग मेल नखाए पनि विरोधाभाषपूर्ण भने थिएनन्। 

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष एवं लोकसभा सदस्य राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग डोक्लाम विवाद कसरी र किन उत्पन्न भयो, राष्ट्रलाई जानकारी गराउन आग्रह गर्ने गरेका छन्। गत जुलाई २० मा मोदीविरुद्ध सदनमा अविश्वास प्रस्ताव पेश गर्दै गान्धीले डोक्लाम विवादका प्राथमिक कारणका विषयमा बोलेका थिए। गान्धिलाई साथ दिंदै सो विषयमा स्वयं मोदीले पनि बोले तर विवादको पूर्ण विवरण भने उल्लेख गरेनन्। 

त्यो विवादको विषय सोध्नु जायज पनि हुन्छ। जायज किन पनि हुन्छ भने चीन र भारतबीच व्यापार, वाणिज्य र आर्थिक क्षेत्रमा ब्रिक्स, न्यू डेभ्लप्मेट बैंक र एसिया पूर्वाधार लगानी बैंकमार्फत सहकार्य र साझेदारी हुँदाहुँदै चीन र भारतबीच डोक्लाम पठारमा किन विवाद भयो भन्ने विषय महत्वपूर्ण हुन्छ। के त्यो विवाद चीन र भुटानबीचको सीमा विवादका कारण मात्रै थियो जुन विवादमा भुटानका तर्फबाट भारत पनि सामेल भयो?

भारतका केही विश्लेषकहरुले डोक्लाम विवादलाई भारत र भुटानबीचको सीमा सन्धिले उत्पन्न गरेको विवादका रुपमा मात्रै व्याख्या गरेका छन्। यद्यपि यस्ता खालको विश्लेषण भ्रमपूर्ण छन् किनभने डोक्लाम विवाद सीमा विवाद भन्दा माथिको विषय हो। यसलाई खासगरी हिमाली क्षेत्रमा चीन र भारतको मिडिया र सैन्य रणनीतिक परिदृश्यका रुपमा हेरिनुपर्छ। विशेषगरी हिमाली क्षेत्रमा हुने गरेको अमेरिकी र भारतीय प्रभावलाई चीनले आफ्नो अनुकूल ल्याउन गरेको प्रयासका रुपमा यो विवादलाई लिनुपर्छ। 

अमेरिकी रणनीति
डोक्लाम विवादको चुरोमा पुग्न पहिला अमेरिकाको दुईवटा रणनीतिलाई बुझ्न आवश्यक हुन्छ। पहिलो, निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाको ‘एसिया केन्द्रित’ रणनीति। अमेरिकाको दोस्रो पटक राष्ट्रपति हुँदा ओबामाले चीन घेर्ने रणनीति अख्तियार गरेका थिए। उनको रणनीति अन्र्तगत दक्षिण चीन सागर, दक्षिण प्रशान्त, पूर्वी चीन सागर, इन्डियन ओसन, एल्लो सागर हुँदै हिमालय क्षेत्रबाट पनि अमेरिका र उसको एसिया प्रशान्त क्षेत्रमा रहेका सहयोगीहरुको साहयताले चीनको यस क्षेत्रमा बढ्दै गएको प्रभावलाई रोक्ने रणनीति अपनाएको थियो।

अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए), राष्ट्रिय सुरक्षा निकाय (एनएसए) भारतको अनुसन्धान र विश्लेषण विभाग (रअ) र इजरेली गुप्तचर निकाय (मोसाद) ले २०१३ को शुरुवातमा भुटानका चीन समर्थक प्रधानमन्त्री जिग्मे थिन्लेलाई सत्तामा आउन नदिन सहकार्य गरेका थिए। एनएसएका एक गुप्तचरले एड्वार्ड स्रोडेनले सिड्नी मर्निङ हेराल्डलाई सन् २०१३ मा दिएको जनकारीअनुसार भारतस्थित अमेरिकी दूतावासले यो ‘षडयन्त्र’ गरेको बताएका छन्। त्यही वर्ष नेपालका माओवादीहरुलाई पनि संविधानसभा निर्वाचनमार्फत सत्तामा आउन नदिन संयुक्त प्रयास भएको थियो। त्यसपछिको अवस्थामा चीनले अमेरिकाको एसियाकेन्द्रित रणनीतिलाई विफल बनाउन आफनो उपस्थिति नेपाल र भुटानमा बढाउँदै लगेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

दोस्रो रणनीतिका रुपमा भारतमा मोदी प्रधानमन्त्रीका रुपमा सत्तामा आइसकेपछि २०१४ को मे महिनामा चिनियाँ राष्ट्रपति सि जिङफिङले भारतसँग दुईपक्षीय सम्बन्ध र क्षेत्रीय स्तरमा सहकार्य बढाउन मोदीको गृहनगर गुजरातको र नयाँदिल्लीको भ्रमण गरेका थिए। उक्त समयमा प्रधानमन्त्रीको जिम्मेवारीमा नयाँ भएका कारण मोदीलाई कूटनीति र विदेशनीति कसरी सञ्चालन गर्ने भन्ने खासै अनुभव थिएन।

अमेरिका समर्थित विदेश सचिव नियुक्त
सत्तासिन भएको लगभग ६ महिनापछि मोदीले सुब्रमण्य जयशंकरलाई आफ्नो पहिलो अमेरिका भ्रमणको अवसर जुटाएकोमा भारतको विदेश सचिव नियुक्त गरे। जयशंकर अमेरिका सर्मथित चीन विरोधीका रुपमा चिनिन्छन्। उनको सन् २००७ मा नै ‘भारत र अमेरिका नयाँ बाटोतर्फ’ शीर्षकको लेख दिल्लीस्थित भारतीय विदेशी सेवा संस्थानमा प्रकाशित थियो। उक्त लेखमा उनले चीनको कम्युनिष्ट सत्ता फाल्दै प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न  भारत र अमेरिकाबीच सहकार्य हुनुपर्ने वकालत गरेका छन्।

मोदीले जयशंकरलाई विदेश सचिव नियुक्त गरेपछिको अवस्थामा भारत र अमेरिकाबीचको सहकार्य बढेर गएको थियो। अमेरिका र भारतले लजेस्टिक एम्सचेज मेमोरेन्डमा सहमति (एलइएमओए) मा अगष्ट २०१६ मा हस्ताक्षर पनि गरेका थिए। यो सम्झौताले अमेरिका र भारतलाई एक अर्काको सैन्य सुविधाहरु प्रयोग गर्ने सुविधा दिएको छ। तर भारतीय भूमि प्रयोग गर्न अमेरिकी सैनिकले उक्त सहमतिले छूट दिएको भने छैन। 

अमेरिकी राष्ट्रपतिका रुपमा सन् २०१६ मा डोनाल्ड ट्रम्प नियुक्त भएपछि उनले आफ्नो कार्यभार सम्हाल्दै २०१७ बाट ओबामा प्रशासनले लिएको एसियाकेन्द्रित रणनीतिलाई इण्डो प्रशान्त रणनीतिका रुपमा परिमार्जन गरेका छन्। यो रणनीति अन्र्तगत चीनको बीआरआई परियोजना मार्फतबाट उसको एसिया प्रशान्त क्षेत्रमा बढ्दै गएको प्रभावलाई निस्तेज पार्नु रहेको छ। पूर्व अमेरिकी विदेश सचिव रेक्स टेलरसनले इण्डो प्रशान्त रणनीतिलाई ‘२१औँ शताब्दी कै सहकार्य’ को रुपमा व्याख्या गरेका छन्।

चीनको युरोप र अफ्रिकन देशहरुसँग हुने व्यपार र मध्य एसियाबाट गर्ने पेट्रोलियम पदार्थको आयातका लागि भारत हुँदै बग्ने इण्डियन ओसेनको निर्भर रहन्छ। त्यसैले अमेरिकाको लागि चीनलाई किनारा लगाउन उक्त क्षेत्र आफ्नो सैन्य उपस्थिति बढाउनु महत्वपूर्ण छ। यसका अलवा नेपाल र भुटानका हिमालय क्षेत्रहरु पनि चीनलाई किनार लगाउन इण्डो प्रशान्त क्षेत्रका महत्वपूर्ण पाटोका रुपमा रहेका छन्। त्यसैले अमेरिकाको आफूलाई बन्दक बनाउने रणनीतिको प्रतिक्रियास्वरुप चीनले पनि आफ्नो गर्विलो उपस्थिति हावा, पानी र जमिन तीनै क्षेत्रमा बढाउँदै लगेको छ। 

चिनियाँ प्रतिक्रिया
चीनले अमेरिकी रणनीतिको प्रतिक्रियाका रुपमा यस क्षेत्रका पाकिस्तानको ग्वादर बन्दरगाह र जिवानी बन्दरगाह, श्रीलंकाको हन्वम्नतोता बन्दरगाह, माल्दिसको गादू बादरगाह र हालसालै भारतको सेसेल्स फाउ पासमा आफ्नो उपस्थिति बढाउँदै चीन घेर्ने रणनीतिको प्रतिक्रिया दिएको छ। चीनले विदेशी भूमि जिबुटीमा आफ्नो पहिलो सैन्य अखडा स्थापना पनि गरेको छ। भलै सैन्य अखडाका निम्ति उसले अन्य कारण बताउने गरेको छ। 

यस्तै चीनले प्रशान्त महासागरमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेको छ। न्युयोर्क टाइम्समा २९ अगष्ट २०१८ मा प्रकाशित समाचारले युएस इण्डो प्रशान्त क्षेत्रको कमाण्डर एण्मेरल फिलिप्प डेभिण्डसनले अमेरिकी सिनेटमा लिखित टिप्पणी बुझाउँदै भनेका थिए, ‘चीन अब दक्षिणी चीन सागरलाई अमेरिकासँग युद्ध भएकै अवस्थामा पनि पूर्ण रुपमा नियन्त्रणमा लिन सक्क्षम भएको छ।’ 

हिमालय क्षेत्रमा बढ्दै गएको अमेरिका र भारतको सहकार्यको प्रतिक्रियास्वरुप चीनले भारतको सिलगुडी कोरिडोरको ‘चिकेन नेक’ बाट भारतलाई परेशान गर्न सक्छ। यो करिडोरका माध्यमबाट भारतका आठ राज्य भारतका अन्य राज्यसँग जोडिएका छन्। यदि कथमकदाचित एसियाका दुई ठूला देशबीच युद्ध भएको अवस्थामा भारतको ठूलो भूभागमाथि खतरा उत्पन्न हुन सक्छ।
‘द वायर’ नामक डिजिटल म्यागजिनमा अगष्ट १५ मा प्रकाशित समाचारअनुसार विदेश मामिलासम्बन्धी संसदीय समितिमा प्रतिवेदनमा डोक्लाममा भारतको हार भएको कुरा उल्लेख छ। सो प्रतिवेदनमा डोक्लाम घटनाको तीन भाग समावेश गरिएको छ।

पहिलो, भारत आफैंले चीनसँग कूटनीतिक वार्ताको थालनी गरेको थियो जसमा डोक्लाम विवाद शुरु भएपछि दुई देशबीच १३ चरणका कूटनीतिक वार्ताहरु सम्पन्न भएको निवर्तमान विदेश सचिव जयशंकरलाई उद्धृत गर्दै भनिएको छ। दोस्रो, समितिमा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार भारतले डोक्लामको उच्च भेगको आफ्नो दावी फिर्ता लिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘डोक्लाम पठारको उच्च भेगमा हुने निर्माण कार्यका विषयमा थिम्पु र बेजिङबीच छलफल हुनुपर्छ।’ तेस्रो, विवादका बेला भुटान र चीन यो विषयमा निरन्तर छलफलमा रहेका थिए र भुटानले सीमा विवादको विषयमा चीनसँग छलफल गर्नेछ। 

चीन र भारतका कट्टर देशभक्त मिडियाले डोक्लाम विवादमा शब्दयुद्ध नै मच्चाएको भए पनि डोक्लाम विवादको विजेता भुटानको आसन्न निर्वाचनको परिणामले देखाउने छ। भुटानमा पहिलो चरणको निर्वाचन यही सेक्टेम्बर १५ मा हुँदैछ भने दोस्रो चरणको निर्वाचन अक्टुबर १८ मा हुनेछ। यदि स्वघोषित भारतीय सर्मथक जनता प्रजातान्त्रिक पार्टी चुनावमा पराजित भएको अवस्थामा चीनको अर्को जित हुनेछ। यदि सत्तासिन पार्टीले नै चुनाव जीते पनि त्यो भारतको जित हुनेछैन। किनभने भुटानका धेरै युवाहरु चीनप्रति सकारात्मक भएका छन्।

त्यसैले डोक्लाम विवाद अमेरिका र भारत समर्थित पश्चिमा शक्ति राष्ट्रहरुको चीनलाई हिमाली क्षेत्रमा किनार लाउने रणनीतिको प्रतिक्रियास्वरुप आएको थियो। चिनियाँहरुका लागि त्यो सैन्य विवाद खेलको स्वरुप नै परिर्वतन गरिदिने रणनीति थियो। यो विवादबाट चीनले अमेरिका र भारतलाई हिमाली क्षेत्रबाट पछि धकेल्ने काम मात्रै गरेन, भुटानका युवालाई पनि भारतविरोधी कित्तामा लगिदियो।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०७५  ०८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर
कुन कुन राजमार्ग अवरुद्ध छन्?
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, वैशाख १९, २०८३
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्