• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अनुप बरालले ‘नेपोटिजम’ चलाएको अभिनेत्री रजकको आरोप

64x64
नेपाल लाइभ शुक्रबार, असोज ५, २०८०  १४:४२
1140x725

काठमाडौं- अभिनेत्री उषा रजकले अभिनेता तथा नाटकका गुरु अनुप बरालले नेपाली फिल्ममा ‘नेपोटिजम चलाएको आरोप लगाएकी छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले भुषण दाहालले निर्देषण गरेको ‘कागबेनी’मा रातारात आफूलाई हटाएर बरालकी श्रीमती समेत रहेकी अभिनेत्री दीया मास्केलाई अनुबन्ध गराइएको आरोप लगाएकी छन्।

‘एक्टर स्टुडि‌‌ओ‌’की पहिलो ब्याचकी विद्यार्थी रजकले राम्रो भूमिका र पटकथा आउँदा बरालले सबै मुख्य पात्रमा मास्केलाई अनुबन्धित गराउने गरेको आरोप लगाएकी छन्। अहिले पनि त्यही अवस्था कायमै रहेको उनको भनाइ छ।

‘त्यो फिल्म (कागबेनी) मा निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे! (यो कुरा फिल्मको २ प्रमुख पात्रले भन्नु भएको मलाई) तर रातारात म आउट र दीया मास्के इन हुनुभयो। त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ,’ उनले भनेकी छन्, ‘त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखेँ।’

यद्यपि, उक्त आरोप निर्देशक दाहालले नस्वीकारेको र आफूसँग कुनै प्रमाण पनि नभएको उनले स्वीकारेकी छन्। उनले भनेकी छन्, ‘उहाँले अनुप सरको प्रेसरमा आएर कुरा मान्नु भयो। दाइको पहिलो फिल्म थियो, उहाँ नर्भस हुनुभयो होला, अनुप सरबाट फिल्म साकार पार्नुमा धेरै भर परेका थिए रे!’

अहिले पनि धेरै अडिसन एक्टर स्टुडियोबाट हुने गरेकोमा अहिले पनि त्यस्तै हुने गरेको आरोप उनको छ।

उनले भनेकी छन्-

एक्टर स्टुडियोको पहिलो ब्याचको विद्यार्थी म। १७ वर्षअघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दीया मास्केलाई मात्र अनुबन्धित गराउनु हुन्थ्यो, अहिले पनि त्यही कुरीति कायम नै छ। गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको परिभाषा यस्तो छैन।  

२००६ : एक्टर स्टुडियोको ट्रेनिङ बज्र होटेलमा हुन्थ्यो। त्यहाँ भुषण  दाहाल र टिम कास्टिङको लागि आएका थिए, पूजा गुरुङ, शिवानी सिंह थारु, दीया मास्के, म, आशा मङ्राती थियौं अडिसनमा। कुरा ‘कागबेनी’, नेपालको पहिलो डिजिटल फिल्मको। त्यो फिल्ममा निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे। (यो कुरा फिल्मको २ प्रमुख पाटोले भन्नु भएको मलाई) तर रातारात म आउट र दिया मास्के इन हुनुभयो। त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ। त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखेँ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो कुराको न त मसँग प्रूफ छ, न त आज भुषण दाइले मान्नु हुनेछ कि वहाँले अनुप सरको प्रेसरमा आएर वहाँको कुरा मान्नु भयो। दाइको पहिलो फिल्म थियो, वहाँ नर्भस हुनुभयो होला, अनुप सरबाट फिल्म साकार पार्नुमा धेरै भर परेका थिए रे। 

किन अहिले मात्र बोलिएको त उषा? त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ। १९ वर्षकी शायद मैले बुझिनँ, अथवा बुझ पचाएँ, र खुरुक्क गएर चुपचाप क्लासमा बसेँ। १७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ, हो म अलिकति त काँतर नै हो।  

कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई रोल दिन पाइयो, तर एक शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनु भन्दा ‘नेपोटिजम’, ‘फेबोरिजम’ किन? मैले एक्टर स्टुडियोका धेरै विद्यार्थीले पछाडि-पछाडि यो कुरा भनेको सुनेको छु। तर बिरालोको घाँटीमा कसले घन्टी बान्ने?

अझै पनि धेरैजसो राम्रो फिल्मको अडिसन त्यहीँबाट हुन्छ, अझै पनि कलाकार आशा लिएर अडिसनमा जान्छन्, त्यो दूषित ठाउँमा। ठीकै  छ, म पनि गएकी थिएँ आश लिएर, आँखा नखोलुन्जेल।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यति भन्दाभन्दै, मलाई कसैप्रति रिस छैन। अनुप सरबाट धेरै राम्रो कुरा पनि सिकेकी छु, दीया आफैमा सक्षम अभिनेत्री हुन्, र यो संसार यस्तै हो, अनि मै होला! कला आध्यत्म हो, यसलाई चोखो राख्नुपर्छ भन्ने बुद्धु। 

यति भन्दाभन्दै, मैले कसैमाथि कुनै बेला जानी-नजानी अन्याय, धोका, अपमान गरेकी छु भने भन्नुहोला। सच्याउने मौका सबैले पाउनुपर्छ। सायद यो सबै भन्ने म गलत पनि होला।  

अनि के, कला क्षेत्र सबै यस्तै हो? प्रदुषित। नो, हैन। धेरै राम्रा गुरुहरु भेटें, निष्पक्ष कास्टिङ टिम, निडर निर्देशक, टाइममा पारिश्रमिक दिने निर्मातासँग काम गरेकी छु।  

कुरा प्रकाश फिल्मको : चलचित्र अवार्डप्रति मेरो आस्था छ। एकदिन मेरो मिहेनत पुगेको, भाग्य खोलेको दिन मैले पनि पाउने अठोट लिएकी छु। हिजो आर्टिकल पढें, बेस्ट फिल्म अवार्ड हराएको रहेछ। फिल्म एकदम राम्रो छ, अवार्ड लायक। यसरी पुरस्कार गायब गरिएकोबारे घोर निन्दा गर्दछु। चाँडै न्याय पाइयोस् भन्ने माग गर्दछु। परेमा अझै साथ दिइनेछ। किनकि अन्याय भोगेकी म र अन्य धेरैलाई थाहा छ, कति पोल्छ, दु:ख हुन्छ भनेर। सबैको भलो होस्! जय नेपाली सिनेमा!

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १४:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज शुरु
सुनको मूल्य बढ्यो
काँग्रेसलाई थप एकताबद्ध बनाउँदै जनताको विश्वास जित्छौँ : महामन्त्री पौडेल
सम्बन्धित सामग्री
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । आइतबार, कात्तिक १, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज शुरु सोमबार, कात्तिक ९, २०८३
सुनको मूल्य बढ्यो सोमबार, कात्तिक ९, २०८३
काँग्रेसलाई थप एकताबद्ध बनाउँदै जनताको विश्वास जित्छौँ : महामन्त्री पौडेल सोमबार, कात्तिक ९, २०८३
पहिरोले खप्त्याडको प्रवेशद्वार बन्द, मुख्यमन्त्रीद्वारा अनुगमन सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्