• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
६० किलो सुन तस्करी प्रकरण

बिना लगानी होटलको १० प्रतिशत सेयर किशोर बस्नेतलाई दिन किन तयार भए दावा?

64x64
नेपाल लाइभ सोमबार, असोज १, २०८०  १४:०९
1140x725

काठमाडौं- ६० किलो सुन तस्करी प्रकरणका मुख्य व्यक्तिमध्ये एक किशोर बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतबाट पक्राउ गरेर ल्याएको थियो। हङकङ लगायत बाह्य देशबाट आएको सुन नेपालबाट भारत पुर्‍याएर त्यसको व्यवस्थापन गर्ने मुख्य जिम्मा उनै बस्नेतको रहेको सीआईबीको दाबी थियो। 

बस्नेत पक्राउ परेपछि थप उच्चपदस्थ व्यक्तिहरु पक्राउ पर्न सक्ने आकलन सीआईबीले गरेको थियो। तर सीआईबीले सोचेअनुसार उच्चपदस्थ व्यक्तिहरु कोही पनि कानुनी दायरामा आएनन्। भारतमा सुन व्यवस्थापनको मुख्य जिम्मा पाएको भनिएका उनै बस्नेत विरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। आफैंले दिएको बयानबाट पनि बस्नेत सुन तस्करीमा संलग्न रहेको खुल्छ। 

तस्करीको सुनको व्यवस्थापकमध्ये एक रहेका भियना होटलका मालिक दावा छिरिङले किशोर बस्नेतलाई बिना लगानी होटलको १० प्रतिशत सेयर समेत दिन तयार रहेको कुरा अनुसन्धानबाट खुलेको छ। यो कुरा किशोरले आफ्नो बयानमा समेत स्वीकार गरेका छन्। सुन तस्करको व्यवस्थापक रहेका दावाले बिना लगानी १० प्रतिशतसम्म सेयर दिन तयार रहनुले पनि सुन तस्करी प्रकरणमा किशोरको भूमिका पनि मुख्य देखिन्छ।

यस्तो छ बस्नेतको बयान
यस मुद्दामा पक्राउमा परेका प्रतिवादीहरुमध्ये दावा छिरिङलाई मात्र चिन्दछु। दावा छिरिङकी श्रीमती अमला रोक्कालाई मैले करिब १४/१५ वर्ष अगाडिदेखि जडिबुटी बिक्री गर्ने सिलसिलामा चिनेको हुँ भने दावा छिरिङलाई करिब १० वर्ष अगाडि उनकी श्रीमती अमला रोक्कामार्फत चिनजान भएको हो। 

सोपश्चात् दावा छिरिङलाई मैले जडिबुटी बिक्री गर्ने गरेको थिएँ। दावा छिरिङले चाइनिज साथीहरुलाई राख्नका लागि नक्साल, बालुवाटार, चुनदेवीतिर घर खोज्दिनू, हामी चाइनिज रेष्टुरेन्ट खोल्छौं भनेका थिए। चाइनिज रेष्टुरेन्ट खोलेपश्चात् बिना लगानी रेष्टुरेन्टको १० प्रतिशत सेयर मलाई दिने भनेका थिए। सोपश्चात् म दावा छिरिङले भने अनुसारको घर खोज्नको लागि प्रहरी प्रधान कार्यालय नक्साल पछाडि, बालुवाटार चुनदेवी गएको थिएँ। दावा छिरिङसँग मेरो भेटघाट भइरहन्थ्यो। विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीपश्चात् दावा छिरिङले ठमेलमा भियना नामको होटल सञ्चालन गरेका हुन्।

करिब ४ महिना अगाडि मलाई दावा छिरिङले चाइनिज साथीहरुलाई जडिबुटी खरिद गर्न ४/५ दिनको लागि भारत लानुपर्ने भएको हुँदा ४/५ दिनसम्म बसी फर्किनको लागि के कति रकम चाहिन्छ बुझ्नु भनी मलाई भनेका थिए। मैले चिनेका गाडीवालाहरुलाई बुझ्दा नेपाली पाँच लाख लाग्छ भनेको हुँदा मैले सोही कुरा दावा छिरिङलाई बताएको थिएँ।

मेरो जडिबुटीको कारोबार ज्याठा, ठमेलमा भइरहने हुँदा दावाले आजभन्दा करिब ३ महिना अगाडि मलाई फोन गरी मेरो गाडी ठमेल सञ्चय कोष अगाडिको हिमालयन जाभाको साइडमा आएको छ, सो गाडीको मान्छेलाई मेरो होटल भियनाको लोकेसन थाहा छैन। सो गाडीलाई मेरो होटल भियनासम्म ल्याइदिनू भनी गाडी नम्बर दिएपश्चात सो गाडीलाई मैले दावा छिरिङको होटल भियनासम्म पुर्‍याइदिएको हुँ। सो गाडीमा नेपाली चालक मात्र थिए। सो गाडी सानो भ्यान जस्तो थियो। सो गाडीमा पानी सफा गर्ने डिटरजेन्ट पाउडर ल्याएको भनी दावा छिरिङले भनेका थिए। मैले होटल भियनासम्म पुर्‍याइदिएर म फर्किएको थिएँ। सोवापत मलाई दावा छिरिङले भोलिपल्ट नेपाली २० हजार दिएका थिए।

सिभिल मलमा हिमालयन बिन्स कफी नामको रेष्टुरेन्ट सञ्चालन गर्ने पेम्बा भतिज भन्ने पेम्बा शेर्पालाई भेटी कुराकानी गर्ने क्रममा दावा छिरिङले डिटरजेन्ट पाउडर भनी सुन पगाल्न प्रयोग हुने केमिकल ल्याएको रहेछ भनी मैले पेम्बा भतिज भन्ने पेम्बा शेर्पालाई बताएको थिएँ।

nimb
nimb
Ncell 2
Ncell 2

निज दावा छिरिङ यस मुद्दामा पक्राउ पर्नुभन्दा अन्दाजी १५ दिन अगाडि मलाई फोन गरी लाजिम्पाटस्थित क्याफे डी स्यालोनमा दिउँसो ३ बजेतिर बोलाई भेटघाट गर्ने क्रममा दावा छिरिङले सुनको बिस्कुट भएको फोटो देखाई ठमेलमा अन्य चाइनिजहरुले यस्तो किसिमको सुन ल्याउँदैछन्, सुन खरिद गर्ने मानिस खोज्नू, सुन बिक्री गर्ने र खरिद गर्नेले आफैं कारोबार गर्छ, सो बापत प्रति किलो २० हजार नेपाली कमिसन आउँछ भनेका थिए।

सो दिन मैले निज दावा छिरिङलाई २० हजारमा काम गर्दिनँ भनी फर्किएको थिएँ। निज दावा छिरिङ र आगो भन्ने चाइनिज नागरिक पुल्चोक जान भनी हिँडेका थिए। सो भेटघाट भएको भोलिपल्ट दावा छिरिङलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेपश्चात् मलाई समेत पक्राउ गर्ने डरले म भारततिर गएको थिएँ।

म, दावा छिरिङको भाइ गम्बु र आगो भन्ने चाइनिज नागरिक ठमेल छाया सेन्टरस्थित रहेको हिमालयन जाभा सेन्टरमा कफी खाएर बसिराखेको समयमा दावा छिरिङको भाइ गम्बु र आगो भन्ने चाइनिज नागरिकले चाइनिज भाषामा निज दावा छिरिङले गाडीमा ल्याएको डिटरजेन्टले सुन सफा गर्न प्रयोग हुने भनी कुरा गरेका थिए। म अलिअलि चाइनिज भाषा बुझ्ने र बोल्न सक्ने भएकोले मैले थाहा पाएको हुँ। सोही कारण मैले पेम्बा भतिज भनिने पेम्बा शर्पालाई दावा छिरिङले डिटरजेन्ट पाउडर भनी सुन पगाल्न प्रयोग हुने केमिकल ल्याएको रहेछ भनी बताएको हुँ।

मेरो मोबाइलमा भेटिएका सुनका बिस्कुटका फोटाहरु गुगलबाट सर्च गरी राखेको हुँ। ‘आई सेन्ड टु पर्सन फाउण्ड द गोल’ भनी पठाएको म्यासेज हुवाई माइन्स कम्पनीका चिन भन्ने व्यक्तिलाई पठाएको हुँ।

‘गोल्ड बिजनेस पर्सन हि इज नेपाल, एभ्री डे हि ट्रेड ५० किलो गोल्ड’ भनी मैले चाइनिज महिला लीलाई पठाएको हुँ। ली चाइनाको बैंकमा काम गर्ने केटी हुन्। दैनिक ५० किलो सुनको कारोबार गर्ने व्यक्ति हिस्सान हुन्। निजको दुबईमा सुनको पसल रहेको छ। अडियो क्लिप्स सुनाई सोधनी गरिन्छ की ‘गोल्ड का बात आप भैया से बात किजिएगा, मे आपने जो अकाउन्ट दिया हे, यो एक करराहा हूँ आप गोल्ड के बारेमा एक बार भैया से बात किजियगा, किशोर भैया से बात किजियगा’ भन्ने अडियो बर्माको राजु भन्ने व्यक्ति र भारतका हरिश राणाबीच सुनको कारोबार गर्ने क्रममा भएको कुराकानीको अडियो क्लिप्स मलाई बर्माको राजु भन्ने व्यक्तिले पठाएको हो।

‘गोल्ड बिजनेस पर्सन हि इज नेपाल, एभ्री डे ही ट्रेड ५० किलो गोल्ड’ भनी मैले चाइनिज महिला लिईलाई पठाएको हुँ। लिई चाइनाको बैंकमा काम गर्ने केटी हो। दैनिक ५० किलो सुनको कारोबार गर्ने व्यक्ति हिस्सान भन्ने हुन्। उनको दुबईमा सुन पसल छ।

‘गोल्डका बात आप भैया से किजिएगा, मे आपने जो अकाउन्ट दिया हे, एक एक कर रहा हुँ आप गोल्ड के बारेमे एक बार भैया से बात किजिएगा, किशोर भैया से बात किजियगा’ भन्ने अडियो बर्माको राजु भन्ने व्यक्ति र भारतको हरिश राणाबीच सुनको कारोबार गर्ने क्रममा भएको अडियो क्लिप मलाई बर्मा भन्ने राजुले पठाएको हो। 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १४:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस
आज सातै प्रदेशमा वर्षाको सम्भावना
किसानलाई उत्पादित वस्तु तथा बालीमा क्षति न्यूनीकरण गर्न कृषि विभागको आग्रह
सम्बन्धित सामग्री
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर सुजन शाहीलाई नियन्त्रणमा लिएको हो । बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा घटनामा स्थलमा सुरुमा ४ जना र पछि थप एक जना आएको दृश्य सिसिटिभीमा देखिन्छ । तर, हत्यामा ३ जना मात्रै संलग्न रहेको अनुसन्धानमा संलग्न... बिहीबार, वैशाख २४, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)... शुक्रबार, वैशाख ११, २०८३
ताजा समाचारसबै
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस आइतबार, जेठ ३, २०८३
आज सातै प्रदेशमा वर्षाको सम्भावना आइतबार, जेठ ३, २०८३
किसानलाई उत्पादित वस्तु तथा बालीमा क्षति न्यूनीकरण गर्न कृषि विभागको आग्रह शनिबार, जेठ २, २०८३
लागु औषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ शनिबार, जेठ २, २०८३
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्