काठमाडौं– न्याय परिषद्को बैठकले ६० जना न्यायाधीशको सरुवा गरेको छ। जिल्ला र उच्च अदालतका गरी ६० जना न्यायाधीशको सरुवा भएको हो।
परिषद्ले उच्च अदालतका ३४ जना न्यायाधीशको सरुवा गरेको छ। यस्तै, जिल्ला अदालतमा २६ जना न्यायाधीशको सरुवा भएको छ।
परिषद्को शुक्रबारको बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश समेत सिफारिस गरेको छ। परिषद्ले जिल्ला अदालतका न्यायाधीशसहित न्याय सेवा, कानुन सेवा र सरकारी वकिल समूह तथा कानुन व्यवसायी मध्येबाट उच्च अदालतका न्यायाधीश सिफारिस गरेको हो।
उच्च अदालतको न्यायाधीशका लागि सिफारिस हुनेमा १८ जना जिल्ला न्यायाधीश छन्। यस्तै, ६ जना कानुन व्यवसायी छन्। सिफारिस हुने अन्यमा न्याय सेवा, कानुन सेवा र सरकारी वकिल समूहका छन्।
लामो समयदेखि उच्च अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको थिएन। २०७८ सालदेखि रोकिएको न्यायाधीश नियुक्तिको गाँठो प्रधानन्यायाधीश श्रेष्ठले फुकाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।