काठमाडौं– श्रीलंकाको क्यान्डीमा जारी एसिया कपमा भारतविरुद्ध नेपालले २३१ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो।
नेपालको ब्याटिङ सकिएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले लक्ष्यमा पुग्नबाट भारतलाई रोक्न सक्ला भन्दै जिज्ञासा राखेका छन्।
खेल हेर्दै गरेका ओलीले नेपालको बलिङ राम्रो भएको र भारतलाई २२९ रनमै रोक्न सक्ला भन्ने जिज्ञासा राखेका हुन्।
उनले भनेका छन्, ‘के नेपालले भारतलाई २२९ मा रोक्न सक्ला? हाम्रो बलिङ त पहिलेदेखि नै राम्रो हो क्यार!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।