complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशीमा कसैलाई नचाहिएको सभामुख

64x64
किशोर दहाल मंगलबार, भदौ १२, २०८०  २०:२१
1140x725

काठमाडौं- सभामुखलाई मोहरा बनाएर आफू अनुकूलका राजनीतिक परिस्थिति सिर्जना गरिएका कैयौं सन्दर्भहरु प्रतिनिधि सभाको हकमा मात्रै होइन, ५/६ वर्षयता प्रदेशमै पनि बर्गेल्ती भेटिन्छन्। त्यसैले साधारण र अनुकूल अवस्था हुँदो हो त कोशी प्रदेशमा सभामुख पदका निम्ति दलहरूबीच तानातान हुन्थ्यो। सभामुख पदको आकलन गरेरै गत पुसमा एमाले-माओवादी केन्द्र लगायतका दल सम्मिलित गठबन्धनले केन्द्रीय स्तरबाटै सातै प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुख जस्ता पदमा बाँडफाँट गरेको थियो।

केही महिना नबित्दै कोशी प्रदेशको हकमा, सभामुख यस्तो पद हुन पुगेको छ, जुन तत्कालका निम्ति कसैलाई चाहिएको छैन। त्यही परिस्थितिको प्रष्ट पार्दै मंगलबार राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख पद फालाफाल रहेको बताए। मंगलबार स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा उनले तत्कालीन गठबन्धनमै भागबण्डा हुँदा आफूहरूलाई कोशी र बागमती प्रदेशमा सभामुख दिइएको तर कोशीमा भने नलिएको बताए।

लिङ्देनले सभामुख पदको सन्दर्भमा दिएको अभिव्यक्तिको सन्दर्भ हो- माओवादी केन्द्रले पाउने भनिएको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको सभापति राप्रपाले पाउनु र त्यसका लागि सत्ता गठबन्धनसँग सहमति भएको छ भन्ने चर्चा हुनु। माओवादी केन्द्र पक्षले राप्रपासँग सहमति भएको छ भनेर गरेको चर्चा अनुसार, राप्रपाले कोशी प्रदेशमा सभामुख लगायतका पद लिएर सत्ता गठबन्धनको अप्ठ्यारो टार्न मद्दत गर्ने छ। तर लिङ्देनले भने त्यस किसिमको सहमतिलाई अस्वीकार गरेका छन्।

‘हामीले संसदीय समितिको नेतृत्व लिइराख्दाखेर कुनै पनि प्रकारको लेनदेनको सहमति भएको छैन भन्ने कुरा म सबै साथीहरुलाई स्पष्ट पार्न चाहन्छु’, उनले भने, ‘कतिपय ठाउँमा जिम्मेवार मानिसहरूले तोकेरै राप्रपाले सभामुख र एउटा मन्त्री लिने भयो र अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने भयो, टुंगो लाग्यो भन्ने जस्ता प्रचारहरू पनि आएका छन्। पहिलो कुरा त, प्रक्रियाको हिसाबले नै राप्रपाले चाहेर पनि कोशी प्रदेशमा विश्वासको मत दिने चरण नै समाप्त भइसकेको छ।’

कोशी प्रदेश सभाको अंकगणित जटिल र संवेदनशील रहेकैले सभामुख पद यतिबेला लिङ्देनको शब्दमा, फालाफाल हुन पुगेको हो। ९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता पक्षसँग ४७ सिट छ। विपक्षी दुई दल एमाले र राप्रपासँग कूल ४६ सिट छ। त्यहाँ सत्ता पक्षसँग बहुमत छ। तर, सभाको अध्यक्षता सोही पक्षले गर्नुपर्ने परिस्थितिमा कुनै पनि प्रस्तावमा बहुमत सिद्ध गर्ने भने सक्ने अवस्था छैन। गत भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा त्यस परिस्थितिको पटाक्षेप भइसकेको छ।
 
त्यस दिन सभाको अध्यक्षता गर्ने परिस्थिति नआओस् भनेर एमाले र राप्रपाका नौ सांसदले अनुपस्थितिको सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए। एमालेबाटै निर्वाचित उपसभामुख सृजना दनुवार ‘बिरामी भएर’ काठमाडौं प्रस्थान गरेकी थिइन्। परिस्थिति यस्तो बन्यो कि, सभाको सञ्चालन नै कांग्रेस सांसद इस्राइल मन्सुरीले गर्नुपर्ने भयो।

Ncell 2
Ncell 2
nimb
nimb

विश्वासको मत सिद्ध गर्नुपर्ने दबाबमा रहेको सत्ता गठबन्धनले बठ्याइँपूर्ण ढंगले सभाको अध्यक्षता गरिरहेको मन्सुरीलाई पनि विश्वासको मत लिने प्रस्तावको पक्षमा मत दिन लगाएको थियो। जसलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् संविधानसम्मत मान्न नमिल्ने भनेको छ।

सर्वोच्चमा यस मुद्दामा पूर्ण सुनुवाइका लागि भदौ १५ गते पेसी तोकिएको छ। सर्वोच्चले पुनः विश्वासको मत लिने अवसर प्रदान गर्ला भन्ने अपेक्षामा रहेको सत्ता गठबन्धनले केन्द्रीय तहबाटै राप्रपासँग सहमतिको प्रयत्न गरेको छ। सर्वोच्चले पुनः विश्वासको मत लिने अवसर दिएमा वा पछि संविधानको धारा १६८ (५) अनुसार आफूहरुकै सरकार बनेमा राप्रपाको सहयोग लिने यो पक्षको दाउ देखिन्छ। त्यसका लागि राप्रपाबाट सभा सञ्चालन गर्ने परिस्थिति सुनिश्चित गराउनुपर्ने छ। वा उसलाई सत्ता गठबन्धनमा जोड्नुपर्ने छ। तर उसलाई सभामुख पद थमाउन सक्दा सत्ता गठबन्धनलाई दीर्घकालसम्मै सजिलो हुनेछ।

राप्रपाले नलिँदा तत्काललाई कोशी प्रदेशको सभामुख अन्य दलले लिने वा पाउने परिस्थिति छैन। वर्तमान उपसभामुख एमालेबाट निर्वाचित भएकाले उसले सभामुख पाउने स्थिति छैन। किनकि, संविधानको धारा १८२ (२) अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने छ। उसले सत्ता गठबन्धनका सजिलो हुने गरी उपसभामुख त्यागेर सभामुख लिइदिने र सभा सञ्चालन गरिदिने सम्भावना पनि कमै देखिन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेसबाटै मुख्यमन्त्री रहेकाले उसलाई नै सभामुख दिन गठबन्धनका अन्य दल तयार हुने छैनन्। तयार भए भने पनि प्रदेशमा अहिले देखिएको संकट समाधान हुन सघाउ पुग्दैन। बरु थप जटिल हुने छ।

तेस्रो ठूलो दल माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमले गत साउन १६ गते राजीनामा दिएका थिए। अन्य परिस्थिति अनुकूल हुँदा आफूहरूले सभामुखमा दाबी गर्ने माओवादी केन्द्रको भनाइ पाइन्छ। ‘सभामुखमा पुनः माओवादी केन्द्रको दाबी छैन भन्ने होइन’, माओवादी केन्द्रका कोशी प्रदेश सभा सदस्य राजेन्द्र कार्की भन्छन्, ‘हामीले राप्रपासँग छलफलको ढोका खोलेका छौं। तर, सभामुख राप्रपाले नै लिने सहमति भने गरेका छैनौं। सहमति बन्ने अवस्था बन्यो र उसलाई सरकारमा सही ढंगले व्यवस्थापन गर्न सक्यौं भने सभामुखमा हाम्रो दाबी रहन्छ नै।’

उनले अहिलेलाई अदालतको फैसला कुरिरहेको र त्यसअघि सभामुखलाई लिएर आफूहरूको कुनै ‘मुभ’ नहुने प्रष्ट पारे।

कोशीमा अहिलेलाई थापा सरकार ढल्यो भने, संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतले एमालेका हिक्मत कार्की पुनः मुख्यमन्त्री नियुक्त हुनेछन्। तर उनले पनि विश्वासको मत पाउने आधार छैन। त्यसपछि संविधानको धारा १६८ (५) अनुसारको सरकार गठनको प्रयत्न हुनेछ। त्यतिबेला भने राप्रपाले सरकार गठनमा भूमिका खेल्ने बताएको छ। त्यतिबेला ऊ आफैंले सरकारको नेतृत्व गर्ने परिस्थिति बन्न सक्छ वा उसले अरुलाई सघाउन पनि सक्छ। लिङ्देनको भनाइ छ, 'संविधानका विभिन्न धाराहरूका उपयोग अगाडि बढ्दै जाँदाखेर उपयुक्त समयमा, उपयुक्त निर्णय गर्छौँ।' त्यतिबेला भने सत्ता सहकार्यको बृहत् ढोका खुल्न सक्छ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्प... बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पे... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण स्थानीय तहसँगको समन्वयमा पहिचान भएका बाढीपीडित परिवारलाई दोहोरो राहत नपर्ने गरी एकद्वार प्रणालीमार्फत रकम उपलब्ध गराइएको सरकारले जना... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस बिहीबार, असोज २९, २०८३
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्