• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘पढ्दै कमाउँदै’ हुप्सेकोटका विद्यार्थी, कक्षा कोठामै सिलाइकटाइ तालिम

64x64
रासस शुक्रबार, भदौ ८, २०८०  १२:३०
1140x725

मध्यविन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका-१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्ने मात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्छन्।

विद्यालयमा हरेक दिन बिहान ६ देखि साढे ७ बजेसम्म सिलाइकटाइ सम्बन्धी प्रशिक्षण हुन थालेको दुई महिनामा तामाङले कपडा सिलाउने धेरै अभ्यास गरिसकेकी छिन्। ‘सधैँ किताब मात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैनथ्यो। तर फरक सिप सिक्दा नयाँ सिप र पढाइ दुवै राम्रो भइरहेको छ,’ उनले भनिन्।

गत दुई महिनादेखि विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गतको सिलाइकटाइ तालिममा सरुखा जस्तै सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत ४३ विद्यार्थी सहभागी भई पढाइसँगसँगै सिप पनि सिकिरहेका छन्। कक्षाका सबै छात्र-छात्रा  सिलाइकटाइ तालिममा सहभागी हुने गरेका छन्।

क्याट्रिना तामाङले पनि विद्यालयमा नै दैनिक सिलाइकटाइ तालिम लिन पाउँदा खुसी लागेको बताइन्। ‘विद्यालयमा पढाइ मात्र हुने गरेको थियो। तर यो वर्षदेखि सिलाइकटाइ तालिम पनि सुरु भएको छ, हामीलाई धेरै प्रभावकारी भइरहेको छ,’ उनले भनिन्।
 
हुप्सेकोट गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरी १२ वटा माध्यमिक विद्यालयमा फरक-फरक सिपमूलक तालिम सञ्चालन गरेको छ। सोहीअन्तर्गत सूर्यज्योति माविमा सिलाइकटाइ तालिम सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक निमु गिरीले बताए। ‘हाम्रो विद्यालयमा एक सय ८० घण्टे सिलाइकटाइ तालिम सञ्चालन गरेका छौँ,’ उनले भने, ‘कक्षा ९ का विद्यार्थी हेरक दिन बिहान ६ देखि साढे ७ बजेसम्म सिलाइकटाइमा सहभागी हुन्छन्।’

विद्यालयले १५  सिलाइ मेसिन स्थानीय अभिभावकसँग सहयोग मागेर तालिम सञ्चालन गरेको छ। ‘गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा उपलब्ध गराउने ६२ हजार पाँच सय रुपैयाँबाट एक जना प्रशिक्षक र आवश्यक सामग्री व्यवस्थापन गरेका छौँ,’ उनले भने।

विद्यालयका विद्यार्थीलाई व्यावसायिक सिप सिकाउने कार्यक्रमले विद्यालय तह उत्तीर्ण गर्दा विद्यार्थीमा व्यावसायिक सिपको पनि विकास हुने हुँदा यो कार्यक्रम निकै प्रभावकारी हुने प्रअ गिरीले बताए। हुप्सेकोट गाउँपालिकाले गत शैक्षिक सत्रमा चार वटा विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रम अहिले १२ विद्यालयमा सञ्चालन गरेको छ। 

कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीलाई एक सय ८० घण्टे सिपमूलक तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। ‘प्राविधिक तालिमकै लागि पालिकाले १२ विद्यालयलाई रु ६२ हजार पाँच सयका दरले सात लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ, ‘उनले भनिन्, ‘यो वर्ष चार सय ५० विद्यार्थीले तालिम लिइरहेका छन्।’

पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सिलाइकटाइ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, प्लम्बर, ब्युटिसियन, कपाल काट्ने तालिम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताइन्। ‘कक्षा १२ उत्तीर्ण गर्दा विद्यार्थीले केही न केही व्यावसायिक सिप बोकेर निस्किउन् भन्ने नीतिका साथ नयाँ कार्यक्रम लागू गरिएको हो,’ उनले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सञ्चालन भएको तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को तह दुई बराबरको रहेको अध्यक्ष पाण्डेले बताइन्। ‘तालिम सकिएपछि विद्यार्थीलाई सीटीईभीटीकै प्रमाणपत्र पनि उपलब्ध गराइनेछ,’ उनले भनिन्।

हुप्सेकोट गाउँपालिकाको शिक्षा ऐनमा नै विद्यार्थीलाई प्राविधिक सिप सिकाउने बुँदा समेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले बताए। चालु आर्थिक वर्षमा गाउँपालिका भित्रका संस्थागत विद्यालयमा पनि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौँ, ‘उनले भने। सिपमुलक तालिम नियमित कक्षालाई असर नपर्ने गरी बिहान र साँझको समयमा सञ्चालन गर्न विद्यालयलाई समन्वय गरिएको घिमिरेले बताए।

आर्थिक रूपले विपन्न समुदायका विद्यार्थीलाई यस्तो तालिमले धेरै सहयोग पुग्ने अपेक्षा गरिएको शिक्षा अधिकृत माधवराज गौतमले बताए। ‘यस क्षेत्रमा धेरै विद्यार्थी आर्थिक रूपले कमजोर छन्,’ उनले भने, ‘यस्ता व्यावसायिक सिपले वैकल्पिक आयआर्जनमा सहयोग पुग्नेछ।’

पढ्दै कमाउँदै कार्यक्रमले विद्यालयमा विद्यार्थी टिकाउ दर बढेको नेपाल शान्ति मावि हुप्सेकोट–३ बेलाहानीका प्रधानाध्याक सूर्य भण्डारीले बताए। ‘हाम्रो विद्यालयका कक्षा ९ का ४० र कक्षा ११ का ३० विद्यार्थी प्लम्बिङ तालिममा  सहभागी भएका छन्, ‘उनले भने, ‘यही तालिमले गर्दा बीचमा पढाइ छाड्ने सङ्ख्या यो वर्ष छैन।’

तालिम लिन पाउँदा विद्यार्थी खुसी देखिएका छन्। सिपमूलक तालिममा सहभागी भएपछि विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गर्न सहज भएको शिक्षकहरूको अनुभव छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्