• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

उपमेयर डंगोल भन्छिन्- यौन हिंसा भए प्रहरीकोमा भन्दा पनि ‌ओसीएमसीमा जानुपर्छ

64x64
नेपाल लाइभ सोमबार, साउन २२, २०८०  १७:४१
1140x725

काठमाडौं- यौनजन्य हिंसा न्यूनीकरणकाा लागि काठमाडौंमा सोमबार छलफल भएको छ। आयोजना सामाजिक विकास विभागको आयोजनामा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा एकद्वार संकट व्यवस्थापन केन्द्र (काठमाडौँ महानगरपालिका भित्रका ५ वटा ओसीएमसी) र अस्पतालका अधिकारीसँगको संयुक्त छलफल भएको हो।

बैठकमा बालिका र प्रौढ तथा ६० वर्षमाथिका महिला पनि यौनजन्य हिंसाबाट पीडित भएको र यसको समाधानका लागि छलफल भएको थियो। सबैभन्दा बढी पीडित किशोरी भएको, पुरुष पनि हिंसामा परेको तर महिलाको दाँजोमा त्यस्तो सख्या कम भएको विषयमा बैठक केन्द्रित थियो। नदेखिएका र लुकाउन खोजिएका, दबाइएका घटना पनि समाजमा हुनसक्ने भन्दै यसमा सुक्ष्म अध्ययन र व्यक्ति व्यक्तिसम्म पुग्ने कार्यक्रम चलाउनुपर्ने छलफल भयो।

बैठकमा यौनजन्य हिंसा भयो भने प्रहरीकोमाभन्दा संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा जानुपर्ने उपमेयर डंगोलले बताइन्। ‘यौनजन्य हिंसा भयो भने प्रहरीकोमाभन्दा ओसीएमसीमा जानुपर्छ। यहाँ पुगेपछि उपचार, कानुनी र प्रशासनिक सहयोग एकै ठाउँमा पाइन्छ। यसका लागि शुल्क तिर्नु पर्दैन,' उनले भनिन्, 'व्यक्तिको गोपनीयतालाई ध्यान दिइन्छ। उसको उपचार, कानुनी तथा प्रशासनिक विधि र प्रक्रियाका बारेमा सूचना दिइन्छ। मनोसामाजिक परामर्श गराइन्छ भन्ने सूचना सबैलाई हुनुपर्छ।’

अगाडि उनले भनिन्, 'हाम्रो चाहना घटना नहोस् भन्ने हो, त्यसका लागि सचेतनाका कार्यक्रमलाई व्यापक बनाउनुपर्छ। काठमाडौँ महानगरपालिकाका वडा महिला सञ्जाल र ओसीएमसीलाई अन्तरसम्बन्धित बनाएर एकीकृत कार्यक्रम थालनी गरौँ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले हिंसामा परेका व्यक्तिहरूमध्ये थोरै मात्र सिधै ओसीएमसीमा आउने गरेको, धेरैजसो पहिले प्रहरीकोमा पुग्ने गरेको बताए। यसप्रकारका घटनाबाट प्रभावित भएका व्यक्तिहरू पहिले अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्रमा जानुपर्ने उनको भनाइ थियो।

संघ सरकारले जारी गरेको निर्देशिकाले यस्ता घटना व्यवस्थापनमा स्थानीय सरकारलाई भूमिका नदिएको तर यो स्थानीय सरकारको दायित्वभित्रको काम भएको भनाइ उनले राखे। उनले भने, 'त्यसैले हामी अभिभावकीय र समन्वयात्मक भूमिकाबाट काम गर्छौँ। निगरानी बढाउँछौँ।’

बैठकमा सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता कार्यक्रम टोल-टोलमा लिएर जानुपर्ने बताए।

वीर अस्पतालका निर्देशक सन्तोष पौडेल र कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाको धारणा पनि समान थियो। उनीहरूले केन्द्रलाई यस्ता घटनालाई प्राथमिकतामा राख्न कठिन भएकाले स्थानीय तहको नेतृत्व हुनुपर्ने भनाइ उनीहरूले राखे।

nimb
nimb
Ncell 2
Ncell 2

बैठकमा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले केन्द्रहरूलाई समन्वय गर्न काठमाडौं महानगरपालिकाले निर्देशक समिति र कार्य सञ्चालन समिति गठन गर्नुपर्ने प्रस्ताव पेश गरे। कार्य क्षेत्रगत शर्तसहित पेश गरिएको प्रस्तावमा अस्पताल र केन्द्रहरुबाट पृष्ठपोषण प्राप्त भएपछि अन्तिम रुप दिने तयारी गरिएको छ।

प्रस्तावमा उपप्रमुखको संयोजकत्वमा ९ सदस्य रहने निर्देशक समिति र सामाजिक विकास विभागका प्रमुखको संयोजकत्वमा ९ सदस्यीय कार्य सञ्चालन समिति गठन गर्ने कुरा उल्लेख छ। 

कान्ति बाल अस्पतालको तथ्यांक हेर्दा काखे बालिका पनि यौन हिंसाको शिकार भएका छन्। धेरैजसो विद्यालयका छात्राहरु शिक्षक र आफूभन्दा माथिल्ला कक्षाका विद्यार्थीबाट, परिवार, नाताभित्र, आफन्त र चिनेजानेकाबाट पीडित भएका छन्।

संख्या हेर्दा परोपकार स्त्री तथा प्रसुति रोग अस्पतालमा धेरै छन्। गएको बर्ष कान्ति बाल अस्पतालबाट ६५ जनाले सेवा पाए भने प्रसुति रोग अस्पतालबाट ४०३ जनाले सेवा लिए। यस्तै प्रकारको सेवा वीर अस्पताल, ट्रमा सेन्टर र सरुवा रोग अस्पतालबाट पनि दिइयो।  

महानगरपालिकाभित्र कान्ति बाल अस्पताल, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा यस्ता केन्द्रहरु छन्। बैठकमा केन्द्रका सम्पर्क अधिकारीहरु क्रमशः पुष्पा घिमिरे, सुकु लामा, सुमन चौधरी, मीना शेर्पा र सदीक्षा पराजुलीले केन्द्र सञ्चालनको अवस्था, सम्भावना, चुनौती र महानगरपालिकासँगको अपेक्षाका विषयमा प्रस्तुतिकरण गरेका थिए।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
सङ्घीय संसद्को दुवै सदनका बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, जेठ ५, २०८३
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि अर्थमन्त्री वाग्लेले जवाफ दिँदै मंगलबार, जेठ ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ ५, २०८३
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, जेठ ५, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सन्दीप लामिछानेको नाममा विश्व रेकर्ड, स्टार्कलाई उछिने सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्