• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायालय फेरि पनि कामुकै भरमा

64x64
नेपाल लाइभ बिहीबार, साउन १८, २०८०  १२:५३
1140x725

काठमाडौं- २०७८ फागुन १ गते प्रधानन्यायाधीश रहेका चोलेन्द्र शमशेर राणा विरुद्ध महाभियोग दर्ता भयो। सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९५ सांसदले हस्ताक्षर गरी राणा विरुद्ध संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराए।

महाभियोग दर्ता भएपछि उनी निलम्बित भए । त्यसपछि न्यायालयको नेतृत्व कायममुकायम प्रधानन्यायाधीशको रुपमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको काँधमा आइपर्‍यो। 

राणाले भ्रष्टाचार संस्थागत गरेको, बिचौलिया खडा गरी मुद्दामा सेटिङ गरेको, कार्यकारी शक्तिमा हिस्सेदारी खोजेको लगायत २१ वटा आरोप महाभियोगमा लगाइएको थियो। सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि राणाको नेतृत्व अस्वीकार गर्दै आन्दोलनमा रहेका कारण राणाको निलम्बनले अस्थायी रुपमा विवाद त समाधान गर्‍यो तर यसले लामो समयसम्म नेतृत्व भने पाएन। 

राणा विरुद्ध दर्ता भएको महाभियोग संसद्मै अल्झियो। राणाले महाभियोग नटुंगिएसम्म राजीनामा दिएनन्। जसले गर्दा सर्वाेच्च कामुकै भरमा रह्यो। कार्कीले करिब ७ महिना कामुकै रुपमा काम गरे। कार्कीले असोजमा अवकाश पाए। 

कार्कीले अवकाश पाएपछि सर्वोच्चको जिम्मेवारी हरिकृष्ण कार्कीको काँधमा आयो। कार्की सर्वोच्चको नेतृत्वमा आइपुग्दा महाभियोग लागेका राणा संसदीय समितिमा जवाफ दिँदै थिए। राणाको महाभियोग टुंगो नलागेका कारण उनी प्रधानन्यायाधीश हुन पाएनन्। कामु प्रधानन्यायाधीशको रुपमा कामकाज चलाउन थाले। कात्तिकदेखि प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी पाउनुपर्नेमा कार्कीको सिफारिस हुन सकेन। उनी कामुकै भरमा ८ महिना रहन बाध्य भए। कुल १५ महिना कामुकै भरमा रहँदा कार्की आफ्नै कार्यकालमा आधा समय कामु रहन बाध्य भए। उनी २०८० असार १ गते प्रधानन्यायाधीश नियुक्त भए। उनले करिब ५० दिन सर्वोच्चमा बिताएर साउन २० गते अवकाश पाउँदैछन्। 

कार्कीको अवकाश हुन २ दिन बाँकी छ। तर हालसम्म सर्वाेच्चमा प्रधानन्यायाधीश सिफारिस हुन सकेको छैन। बिहीबार ५ वजे प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको छ। यसअघि मंगलबार पनि संवैधानिक परिषद्को बैठक बसेको थियो। उक्त बैैठकमा एकमत हुन नसकेपछि अजेण्डा मात्र बाँडेर पुनः बस्ने भनी बैठक सकिएको थियो।

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहन्छन्। 

सिफारिस भए पनि कामु, नभए पनि कामु 
संवैधानिक परिषद्ले बिहीबार नयाँ प्रधानन्यायाधीशको सिफारिस गरे पनि नगरे पनि न्यायालय एक पटक फेरि कामुकै भरमा हुने निश्चित देखिएको छ। संवैधनिक परिषद्ले सिफारिस गरेमा त्यो संसदीय सुनुवाइका लागि जानेछ। संघीय संसद्को विशेष सुनुवाइ समितिले सार्वजनिक सूचना निकाल्नेछ। एक साताको समय दिँदै सुनुवाइ समितिले उजुरी आह्वान गर्नेछ। सुनुवाइ समितिमा उजुरीको समय सकिएपछि सुनुवाइको प्रक्रिया सुरु हुनेछ। प्रस्ताविक प्रधानन्यायाधीश विरुद्ध परेको उजुरीहरुमा अध्ययन गर्दै सुनुवाइ समितिले सुनुवाइ गर्नेछ। समितिले सुनुवाइ समितिबाट अनुमोदन भएमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन्। यी सबै प्रक्रिया पूरा हुन न्यूनतम १० दिनको समय लाग्नेछ।  

nimb
nimb
Ncell 2
Ncell 2

आइतबारदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश खाली हुने भएकाले कामुकै रुपमा चलाउनुपर्नेछ। त्यस्तै यदि संवैधानिक परिषद्मा आज सहमति भएर सिफारिस हुन नसकेमा भने अनिश्चितकालका लागि सर्वोच्च कामुको भरमा चल्नेछ। न्यायालयको इतिहासमा लगातार लामो समयसम्म कामुकै भरमा अदालत चलेको यो पहिलो पटक देखिएको सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीले बताए। 

‘२००८ सालमा स्थापना भएको सर्वोच्च अदालतमा संविधान र अभ्यासले  नेतृत्वविहीन हुन्छ भन्ने कल्पना नै गरेको छैन,’ केसीले भने, ‘अविच्छिन्न नेतृत्व हुन्छ भनेर नै अवकाश पाउनेभन्दा एक महिनाअघि सिफारिस गर्ने व्यवस्था संविधानमा राखिएको हो।’ 

तर, प्रधानमन्त्री र संवैधानिक परिषद्‍मा संलग्न सबैको नालायकीपनका कारण लामो समयदेखि अदालत प्रधानन्यायाधीश नहुने र कामुले चलाउने अभ्यास सुरु भएको उनको टिप्पणी छ। यसमा प्रधानमन्त्रीमाथि संविधान उल्लंघनको आरोपमा कारबाही हुनुपर्ने उनको तर्क छ। ‘कानुनको उल्लंघन हुँदा नागरिकमाथि कारबाही हुन्छ भने संविधान उल्लंघन गर्ने प्रधानमन्त्री र संवैधानिक परिषद्का सदस्यमाथि किन कारबाही नगर्ने,’ उनले भने, ‘हैन भने यो जिम्मवारीबाट उहाँ कसरी च्युत हुनुभयो, यसको जवाफ जनतालाई दिनु पर्दैन?’ 

पटकपटक मिचिएको संविधान 
संविधानको धारा २६८ को उपधारा ३ मा एक महिनाअघि प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भनिएको छ। एक महिनाअघि सिफारिस गर्ने व्यवस्था राख्नुको कारण थियो, अविच्छिन्न रुपमा नेतृत्व कायम होस् भन्ने। सर्वोच्च अदालत कुनै पनि अवस्थामा प्रधानन्यायाधीश विहीन हुँदैन भन्ने थियो। तर राजनीतिक खिचातानी र सरकारको उतारचढावका कारण करिब २ वर्षदेखि सर्वोच्चले समयमा नेतृत्व पाउन सकेको छैन।

‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नु पर्नेछ,’ धारा २६८ को उपधारा ३ मा भनिएको छ। तर यो धारा पटकपटक उल्लंघन हुँदै आएको छ।

संविधान सबैैका लागि बराबर भएको र यसको उल्लंघनको अधिकार कसैलाई नभएको नेपालका बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए। सयममा नियुक्तिका लागि प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्षले पहल लिनुपर्ने नत्र संविधान उल्लंघनको जिम्मेवारी पनि अध्यक्षले नै लिनुपर्ने घिमिरेको टिप्पणी छ। तर संविधान उल्लंघन हुँदा पनि कहीँ जवाफदेही नभएका कारण आज सर्वाेच्च मात्र नभई देशभरका अदालतमा न्यायाधीश अभाव भएको उनले बताए।

‘सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीश छैनन्, उच्चमा मुख्य र न्यायाधीश नै अभाव छ,’ उनले भने, ‘जिल्लामा पनि उस्तै अवस्था छ। यसरी हेर्दा संविधान उल्लंघनमा जोजो छन्, सबैमाथि कारबाही हुनुपर्ने देखिन्छ।’ 

सर्वोच्च मात्र हैन, उच्च अदालत पनि कामुकै भर 
कामुको शासनमा चल्ने अवस्था सर्वोच्च मात्र हैन, उच्च अदालतमा पनि सिर्जना भएको छ। १५ महिनादेखि सर्वोच्च अदालतको नेतृत्व कामु प्रधानन्यायाधीशले गरिरहँदा देशका सात उच्च अदालतमध्ये ६ मा कामु मुख्य न्यायाधीश छन्।  उच्च अदालतमा कामु रहेका केही न्यायाधीशहरुले अवकाश पनि कामुकै रुपमा पाएका छन्। 

उच्च अदालत दीपायल बाहेक अन्य उच्च अदालत कायममुकायमको भरमा चलिरहेका छन्। दीपायल उच्च अदालतमा भने नृपध्वज निरौला मुख्य न्यायाधीशको रुपमा छन्।

उच्च अदालत पाटन, उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुर, उच्च अदालत पोखरा, उच्च अदालत तुलसीपुर र उच्च अदालत सुर्खेतमा कायममुकायम न्यायाधीशले नेतृत्व गरिरहेका छन्।

विराटनगरमा सत्यमोहन जोशी थारू, पोखरामा रमेशप्रसाद भण्डारी, तुलसीपुरमा गोपाल भट्टराई र सुर्खेतमा माधवप्रसाद पोखरेलले कायममुकायमको जिम्मेवारी चलाउँदै आएका छन्।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने
सम्बन्धित सामग्री
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सिंहदरबारमा मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ ५, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्