Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी 'पार्टी जस्तो' नबन्नुमा दोषी को?

64x64
नेपाल लाइभ बिहीबार, साउन १८, २०८०  ११:१२
1140x725

काठमाडौं- 'मैले विगतमा बेला-मौकामा भन्ने गरेको छु- हामीसँग नेता/कार्यकर्ताको विशाल पंक्ति छ तर पार्टी, पार्टी जस्तो भइराख्या छैन।'

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पार्टी केन्द्रीय कमिटी बैठकको सुरुवात गर्ने क्रममा भने। प्रचण्ड त्यही पार्टीबाट विगत १६ वर्षमा तीन पटक प्रधानमन्त्री भइसके। निकटस्थहरु कसैलाई नछुटाई राज्यबाट अवसर दिलाइसके।

आफैंले निरन्तर नेतृत्व लिइरहेको पार्टीको अवस्थाबारे उनी आफैं खुसी नभएको उक्त भनाइबाट पुष्टि हुन्छ। आफैंले साढे ७ लाख संगठित सदस्य रहेको बताएको पार्टीको 'प्रगति'मा समेत आफैंले प्रश्न गरेका छन्। 

अध्यक्ष प्रचण्डको बोलीको शैली हेर्दा थाहा हुन्थ्यो, आफूले नेतृत्व गरिरहँदाको भएको कमजोरी स्वीकारेका होइनन्। बरु पार्टी केन्द्रीय सदस्यतर्फ नै असन्तोष पोखेका हुन्। 

किनभने, उनले त्यसअघि भने, 'आउने दिनमा एक्सन ओरिएन्टेड भएर जानुपर्ने आवश्यकता छ।'

त्यसपछि भने, 'कम्युनिस्ट पार्टी पुन:निर्माण अभियान थाल्नु छ। गम्भीरताका साथ, जिम्मेवारीका साथ अनुशासित रुपले रचानात्मक सुझाव दिएर बैठकलाई ऐतिहासिक बनाउनुहुनेछ।'

प्रचण्ड र पार्टी केन्द्र (स्थायी कमिटी) केन्द्रीय सदस्यहरुबाट पहिले नै डराइसकेको छ। किनभने, उनीहरुबाट नेतृत्वलाई लिएर हुने आलोचनाको डरले बैठक लाइभ गर्ने पूर्वनिर्णय हतार-हतार फिर्ता लिइएको छ। आमजनका आँखा-कानबाट लुकाइएको बैठकको पहिलो दिन नेतृत्वको महिमामण्डन मात्रै भएन, एक केन्द्रीय सदस्यका अनुसार 'बालुवाटार सामन्तवादको नयाँ किल्ला बनेको' भन्दै आलोचना गरिरहेका छन्। 

परिवारका सदस्यलाई अवसर
माओवादी पार्टीमा निरन्तर उठिरहेको प्रश्नमध्ये पहिलो प्रचण्ड स्वयंको परिवार मोह हो। आफ्ना र वरिपरिकाहरुलाई अवसरबाट सकेसम्म टाढा राख्न नचाहने प्रचण्डको स्वभाव देखिन्छ। जसका कारण पार्टीका लागि योगदान गरेका कार्यकर्ताहरुले अवसरको अनुहार चिहाउन समेत पाइरहेका छैनन्।

nimb
nimb
Ncell 2
Ncell 2

अहिलेकै अवस्था हेर्ने हो भने पनि प्रचण्ड परिवार सत्तादेखि पार्टी राजनीतिसम्ममा हावी छ। प्रचण्ड आफैं प्रधानमन्त्री छन्। प्रधानमन्त्रीको सचिवालयको बागडोर उनकै छोरी गंगा दाहालको हातमा छ। 

प्रधानमन्त्री कार्यालयमा स्वकीय सचिवको हैसियतमा रहेकी गंगालाई प्रचण्डले विदेश भ्रमणका क्रममा अनावश्यक महत्व दिएको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री प्रचण्डको गत १७ देखि २० सम्म भएको भारत भ्रमणका क्रममा गंगालाई दिइएको 'स्पेस'बारे प्रतिपक्षी दलहरुले संसद्‌मै प्रश्न उठाएका थिए।

त्योबेला भारतीय अधिकारीहरुसँग कुरा गर्दा परराष्ट्र मन्त्री वा सचिव नराखी छोरी गंगालाई राखिएको थियो। समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुअघि जेठ १७ मा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग भेट्दा पनि छोरी गंगालाई मात्रै त्यहाँ राखेका थिए। 

जेठी छोरी रेणु दाहाल दोहोर्‍याएर भरतपुर महानगरकी मेयर बनेकी छिन्। पहिलो पटक उनलाई मेयर बनाउन प्रचण्डले 'लोकतन्त्रकै हुर्मत' लिएको भन्दै निकै आलोचना भएको थियो।

ज्वाइँ जीवन दाहाल प्रदेश सभा सदस्य हुँदै गएको ७ महिनामा दुई पल्ट कोशी प्रदेशका मन्त्री भइसकेर तेस्रो पटक लाइनमा छन्। ज्वाइँले तेस्रो पटक रहर गरेपछि माओवादी केन्द्रमा विवाद बढ्यो। जसका कारण मंगलबार मुख्यमन्त्रीकै सपथ बिहान १० बजेबाट बेलुकी ५ बजे सार्नुपर्ने अवस्था आयो।

भाइ नारायण दाहाल राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट राष्ट्रिय सभा सदस्य छन्। बुहारी बिना मगरले कञ्चनपुर- १ मा प्रतिनिधि सभाको टिकट पाए पनि एमालेका तारा लामासँग पराजित भएका कारण सत्ताभन्दा पर रहेकी हुन्। अघिल्लो कार्यकालमा लामो समय मन्त्रीका रुपमा टिक्नेमध्ये एक मगर नै थिइन्।  

रेनुका श्रीमान् अर्जुन पाठकले भरतपुर महानगरमै हालिमुहाली चलाइरहेका छन्। उनी पहिले माओवादीको संसदीय दलको कार्यालयको जिम्मेवारीमा थिए। उनी गणेशमान पुन उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्री भएका बेला स्वकीय सचिव बनाइएका थिए। 

सिंहावलोकन गर्दा देखिएला के?
प्रचण्डले केन्द्रीय कमिटी बैठकमा अर्को प्रस्ताव गरेका छन्- पार्टीको विगतको सिंहावलोकन।

केन्द्रीय कमिटीले इमानदार भएर 'सिंहावलोकन' गर्ने हो भने त्यहाँ झन् समस्या देखिनेछ। विशेषगरी आफू पार्टी केन्द्रमा रहनका लागि प्रतिस्पर्धी पाखा लगाउने प्रचण्डको स्वभाव समस्याग्रस्त देखिन्छ। 

प्रचण्डको कार्यशैलीमा प्रश्न उठाउनेहरु मोहन वैद्य किरण, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादलहरु बाहिरिएका छन्। पार्टीभित्रै रहेर नेतृत्वका लागि अघि बढिरहेका जनार्दन शर्मा र वर्षमान पुनलाई उनले साइजमा राखेका छन्। महासचिवका आकांक्षी उनीहरुलाई पन्छाउन प्रचण्डले महाधिवेशनबाट पदाधिकारी चयन गरेनन्। ९ महिना ढिलो गरी गरिएको चयनमा उनीहरु दुवै उपमहासचिवमा थन्किए। महासचिव बनाएर देव गुरुङलाई ल्याइए। गुरुङ प्रचण्डको प्राधिकारमाथि चुनौती बन्ने सम्भावना कम छ।  

पार्टी केन्द्रीय कमिटीमा पनि वरिष्ठहरुलाई पाखा लगाएर प्रचण्ड निकटस्थलाई पोलिटब्युरोमा अवसर दिएको भन्दै विरोध हुने गरेको छ। गत महाधिवेशनमा हलमै यो कुरा उठेको थियो। भाइ नारायण, सचिवालयमा कार्यरत रमेश मल्ल, छोरी रेनु दाहाल र बुहारी बिना मगरसमेत पोलिटब्युरो सदस्य बनेका थिए। जबकी, उनीहरुभन्दा बढी पार्टीलाई योगदान गर्नेहरु छुटाइए।  बेला हलमै विरोध भएको थियो। केहीलाई समेटियो भने केहीलाई पछि समेट्ने भन्दै थामथुम पारियो। 

पार्टी केन्द्रीय कमिटी निर्माणमा पनि दाहालले मनलाग्दी गरेका छन्। प्रचण्डले विधानमा उल्लेखितभन्दा बढी सदस्य राख्दै गएपछि केन्द्रीय कमिटीले मंगलबार विधान संशोधन गरेको छ। स्थायी कमिटी बैठकपछि महराले भनेका थिए, 'केही विधान विपरीत केन्द्रीय सदस्य बनाइएका छन्। त्यसैले विधान संशोधन गर्ने निर्णय पनि भएको छ।'

केन्द्रीय समिति बैठकमा छलफल समेत नगरी विधान संशोधन गरेर केन्द्रीय सदस्यको संख्या ४ सय ९ पुर्‍याइएको छ भने वैकल्पिक केन्द्रीय सदस्य १ सय ९९ जना बनाइएका छन्। 

प्रचण्ड आफैंले पार्टीलाई 'निजी कम्पनी' बनाइरहेको यी घटनाक्रमले देखाउँछन्। तर उनी आफैं सोधिरहेका छन्- माओवादी पार्टी जस्तो किन भएन? माओवादीमा केही नेताहरुमा अझै हिम्मत बाँकी भए  प्रतिप्रश्न गर्लान्,  'पार्टी, पार्टी जस्तो बन्न नसक्नुमा दोषी हामी कि मुख्य नेतृत्व?'

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन्
सम्बन्धित सामग्री
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘ग्रिन रन’ प्रतियोगितामा सहभागी हुन आम नागरिकलाई निमन्त्रणा गरेका हुन् । मंगलबार, साउन ५, २०८३
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै विधायन व्यवस्थापन समितिको ७६० औँ बैठक सोमबार दिनको २:१५ बजे समितिको बैठक कक्षमा बस्नेछ। सो बैठकमा ऐन कार्यान्वयन मापन, विधायिकी अन्त... सोमबार, साउन ४, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी एकताका लागि सात महिना बितिसक्दा र अदालतको फैसला आएको चार महिना पुग्दा पनि कुनै सार्थक... आइतबार, साउन ३, २०८३
ताजा समाचारसबै
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल मंगलबार, साउन ५, २०८३
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल मंगलबार, साउन ५, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना मंगलबार, साउन ५, २०८३
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्