• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी 'पार्टी जस्तो' नबन्नुमा दोषी को?

64x64
नेपाल लाइभ बिहीबार, साउन १८, २०८०  ११:१२
1140x725

काठमाडौं- 'मैले विगतमा बेला-मौकामा भन्ने गरेको छु- हामीसँग नेता/कार्यकर्ताको विशाल पंक्ति छ तर पार्टी, पार्टी जस्तो भइराख्या छैन।'

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पार्टी केन्द्रीय कमिटी बैठकको सुरुवात गर्ने क्रममा भने। प्रचण्ड त्यही पार्टीबाट विगत १६ वर्षमा तीन पटक प्रधानमन्त्री भइसके। निकटस्थहरु कसैलाई नछुटाई राज्यबाट अवसर दिलाइसके।

आफैंले निरन्तर नेतृत्व लिइरहेको पार्टीको अवस्थाबारे उनी आफैं खुसी नभएको उक्त भनाइबाट पुष्टि हुन्छ। आफैंले साढे ७ लाख संगठित सदस्य रहेको बताएको पार्टीको 'प्रगति'मा समेत आफैंले प्रश्न गरेका छन्। 

अध्यक्ष प्रचण्डको बोलीको शैली हेर्दा थाहा हुन्थ्यो, आफूले नेतृत्व गरिरहँदाको भएको कमजोरी स्वीकारेका होइनन्। बरु पार्टी केन्द्रीय सदस्यतर्फ नै असन्तोष पोखेका हुन्। 

किनभने, उनले त्यसअघि भने, 'आउने दिनमा एक्सन ओरिएन्टेड भएर जानुपर्ने आवश्यकता छ।'

त्यसपछि भने, 'कम्युनिस्ट पार्टी पुन:निर्माण अभियान थाल्नु छ। गम्भीरताका साथ, जिम्मेवारीका साथ अनुशासित रुपले रचानात्मक सुझाव दिएर बैठकलाई ऐतिहासिक बनाउनुहुनेछ।'

प्रचण्ड र पार्टी केन्द्र (स्थायी कमिटी) केन्द्रीय सदस्यहरुबाट पहिले नै डराइसकेको छ। किनभने, उनीहरुबाट नेतृत्वलाई लिएर हुने आलोचनाको डरले बैठक लाइभ गर्ने पूर्वनिर्णय हतार-हतार फिर्ता लिइएको छ। आमजनका आँखा-कानबाट लुकाइएको बैठकको पहिलो दिन नेतृत्वको महिमामण्डन मात्रै भएन, एक केन्द्रीय सदस्यका अनुसार 'बालुवाटार सामन्तवादको नयाँ किल्ला बनेको' भन्दै आलोचना गरिरहेका छन्। 

परिवारका सदस्यलाई अवसर
माओवादी पार्टीमा निरन्तर उठिरहेको प्रश्नमध्ये पहिलो प्रचण्ड स्वयंको परिवार मोह हो। आफ्ना र वरिपरिकाहरुलाई अवसरबाट सकेसम्म टाढा राख्न नचाहने प्रचण्डको स्वभाव देखिन्छ। जसका कारण पार्टीका लागि योगदान गरेका कार्यकर्ताहरुले अवसरको अनुहार चिहाउन समेत पाइरहेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेकै अवस्था हेर्ने हो भने पनि प्रचण्ड परिवार सत्तादेखि पार्टी राजनीतिसम्ममा हावी छ। प्रचण्ड आफैं प्रधानमन्त्री छन्। प्रधानमन्त्रीको सचिवालयको बागडोर उनकै छोरी गंगा दाहालको हातमा छ। 

प्रधानमन्त्री कार्यालयमा स्वकीय सचिवको हैसियतमा रहेकी गंगालाई प्रचण्डले विदेश भ्रमणका क्रममा अनावश्यक महत्व दिएको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री प्रचण्डको गत १७ देखि २० सम्म भएको भारत भ्रमणका क्रममा गंगालाई दिइएको 'स्पेस'बारे प्रतिपक्षी दलहरुले संसद्‌मै प्रश्न उठाएका थिए।

त्योबेला भारतीय अधिकारीहरुसँग कुरा गर्दा परराष्ट्र मन्त्री वा सचिव नराखी छोरी गंगालाई राखिएको थियो। समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुअघि जेठ १७ मा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग भेट्दा पनि छोरी गंगालाई मात्रै त्यहाँ राखेका थिए। 

जेठी छोरी रेणु दाहाल दोहोर्‍याएर भरतपुर महानगरकी मेयर बनेकी छिन्। पहिलो पटक उनलाई मेयर बनाउन प्रचण्डले 'लोकतन्त्रकै हुर्मत' लिएको भन्दै निकै आलोचना भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ज्वाइँ जीवन दाहाल प्रदेश सभा सदस्य हुँदै गएको ७ महिनामा दुई पल्ट कोशी प्रदेशका मन्त्री भइसकेर तेस्रो पटक लाइनमा छन्। ज्वाइँले तेस्रो पटक रहर गरेपछि माओवादी केन्द्रमा विवाद बढ्यो। जसका कारण मंगलबार मुख्यमन्त्रीकै सपथ बिहान १० बजेबाट बेलुकी ५ बजे सार्नुपर्ने अवस्था आयो।

भाइ नारायण दाहाल राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट राष्ट्रिय सभा सदस्य छन्। बुहारी बिना मगरले कञ्चनपुर- १ मा प्रतिनिधि सभाको टिकट पाए पनि एमालेका तारा लामासँग पराजित भएका कारण सत्ताभन्दा पर रहेकी हुन्। अघिल्लो कार्यकालमा लामो समय मन्त्रीका रुपमा टिक्नेमध्ये एक मगर नै थिइन्।  

रेनुका श्रीमान् अर्जुन पाठकले भरतपुर महानगरमै हालिमुहाली चलाइरहेका छन्। उनी पहिले माओवादीको संसदीय दलको कार्यालयको जिम्मेवारीमा थिए। उनी गणेशमान पुन उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्री भएका बेला स्वकीय सचिव बनाइएका थिए। 

सिंहावलोकन गर्दा देखिएला के?
प्रचण्डले केन्द्रीय कमिटी बैठकमा अर्को प्रस्ताव गरेका छन्- पार्टीको विगतको सिंहावलोकन।

केन्द्रीय कमिटीले इमानदार भएर 'सिंहावलोकन' गर्ने हो भने त्यहाँ झन् समस्या देखिनेछ। विशेषगरी आफू पार्टी केन्द्रमा रहनका लागि प्रतिस्पर्धी पाखा लगाउने प्रचण्डको स्वभाव समस्याग्रस्त देखिन्छ। 

प्रचण्डको कार्यशैलीमा प्रश्न उठाउनेहरु मोहन वैद्य किरण, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादलहरु बाहिरिएका छन्। पार्टीभित्रै रहेर नेतृत्वका लागि अघि बढिरहेका जनार्दन शर्मा र वर्षमान पुनलाई उनले साइजमा राखेका छन्। महासचिवका आकांक्षी उनीहरुलाई पन्छाउन प्रचण्डले महाधिवेशनबाट पदाधिकारी चयन गरेनन्। ९ महिना ढिलो गरी गरिएको चयनमा उनीहरु दुवै उपमहासचिवमा थन्किए। महासचिव बनाएर देव गुरुङलाई ल्याइए। गुरुङ प्रचण्डको प्राधिकारमाथि चुनौती बन्ने सम्भावना कम छ।  

पार्टी केन्द्रीय कमिटीमा पनि वरिष्ठहरुलाई पाखा लगाएर प्रचण्ड निकटस्थलाई पोलिटब्युरोमा अवसर दिएको भन्दै विरोध हुने गरेको छ। गत महाधिवेशनमा हलमै यो कुरा उठेको थियो। भाइ नारायण, सचिवालयमा कार्यरत रमेश मल्ल, छोरी रेनु दाहाल र बुहारी बिना मगरसमेत पोलिटब्युरो सदस्य बनेका थिए। जबकी, उनीहरुभन्दा बढी पार्टीलाई योगदान गर्नेहरु छुटाइए।  बेला हलमै विरोध भएको थियो। केहीलाई समेटियो भने केहीलाई पछि समेट्ने भन्दै थामथुम पारियो। 

पार्टी केन्द्रीय कमिटी निर्माणमा पनि दाहालले मनलाग्दी गरेका छन्। प्रचण्डले विधानमा उल्लेखितभन्दा बढी सदस्य राख्दै गएपछि केन्द्रीय कमिटीले मंगलबार विधान संशोधन गरेको छ। स्थायी कमिटी बैठकपछि महराले भनेका थिए, 'केही विधान विपरीत केन्द्रीय सदस्य बनाइएका छन्। त्यसैले विधान संशोधन गर्ने निर्णय पनि भएको छ।'

केन्द्रीय समिति बैठकमा छलफल समेत नगरी विधान संशोधन गरेर केन्द्रीय सदस्यको संख्या ४ सय ९ पुर्‍याइएको छ भने वैकल्पिक केन्द्रीय सदस्य १ सय ९९ जना बनाइएका छन्। 

प्रचण्ड आफैंले पार्टीलाई 'निजी कम्पनी' बनाइरहेको यी घटनाक्रमले देखाउँछन्। तर उनी आफैं सोधिरहेका छन्- माओवादी पार्टी जस्तो किन भएन? माओवादीमा केही नेताहरुमा अझै हिम्मत बाँकी भए  प्रतिप्रश्न गर्लान्,  'पार्टी, पार्टी जस्तो बन्न नसक्नुमा दोषी हामी कि मुख्य नेतृत्व?'

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
सम्बन्धित सामग्री
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं बुधबार, कात्तिक ११, २०८३
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्