• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

समय यात्रा : साइन्स फिक्सनमै सीमित हुनेछैन

64x64
नेपाल लाइभ शनिबार, भदौ १६, २०७५  १२:५४
1140x725

म तन्नेरी भएर काठमाडौं आइपुग्दासम्म स्वरसम्राट नारायण गोपाल सिकिस्त बिरामी भएर वीर अस्पतालको आइसियूमा भर्ना भइसकेका रहेछन्। केही दिनमै उनको निधनको खबर सुनेको थिएँ। एउटा महान गायकलाई प्रत्यक्ष भेट्न नपाउनुको अपूर्णता मेरो हृदयमा गडिरहेकै थियो। 

समयक्रममा विज्ञान र प्रविधिले गुणात्मक फड्को मार्छ। हामी प्रकाशको गति पक्डन सफल हुन्छौं। 

आज २०७५ साल भदौ १६। यतिबेला दिउँसोको दुई बज्दैछ। यूट्यूबमा नारायण गोपालका गीत सुन्दासुन्दै मलाई उनै स्वर सम्राटलाई भेटने रहर जाग्छ।

टाइम मेसिनभित्र पस्छु। अब गर्नु छ मैले समय यात्रा अर्थात् टाइम ट्राभल।

भित्र एउटा चारपाटे स्क्रिनमा मोबाइलको कि प्याडजस्तो देखिन्छ। मेरा औंलाहरुले २०४६ साल जेठ ८ थिच्छन्। 

पलभरमै मैले आफूलाई प्रज्ञा प्रतिष्ठानमा आयोजित स्वर्णिम सन्ध्याको दर्शकदिर्घामा पाउँछु। मञ्चमा मोटो चस्मा लगाएका तिनै प्रिय गायक दायाँबायाँका वाद्यवादक र कोरस गायिका समूहलाई हेर्दै, हाँस्दै, हार्मोनियममा औंला खेलाउँदै कपासजस्तै हलुका पारामा गाइरहेका छन्ः

‘यो सम्झिने मन छ, म विर्सुं कसोरी
तिमी नै भनिदेउ हे..जाने निठुरी..’

रोमाञ्चित, गदगद् र अल्हादित हुुन्छु। त्यो भावातीत र अतार्किक पलमा स्वर्णीम सन्ध्या कतिखेर सकिन्छ, पत्तै हुँदैन। दर्शक श्रोता आ–आफ्नो आसनबाट उठेर बाहिरिँदै छन्। म जुरुक्क उठछु। मेरो सानो शरीर भिडलाई छिचोल्दै मञ्च पछाडि पुग्छ, जहाँ नारायण गोपाल वाद्यवादकहरुलाई धन्यवाद दिइरहेका हुन्छन् र उनका फ्यान अटोग्राफ मागिरहेका हुन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अटोग्राफ नारान दाइ’, म भन्छु। 

‘सम्झना सधैँभरीलाई....’, मेरो हातमा रहेको सानो डायरीमा नारायण दाइका शब्दहरु कुँदिन्छन्।

छेउमै देख्छु, फोटो पत्रकार मीन बज्राचार्य नारायण गोपालमाथि फल्यासका फल्यास चम्काइरहेका छन्। 

म पनि नारायण गोपालसँगै उभिन्छु र मीनलाई फोटो लिइदिन इशारा गर्छु। मीनजीले तत्काल एक दुइ क्लिक मार्छन्। 

Xtrem

Xtrem

लौ फर्कने बेला हुन्छ। टाइम मेसिनले मलाई तत्काल अरु कसैले नदेख्ने भिन्नै आयामको ब्रम्हाण्डीय बाटो (वार्म होल)मा छिराइदिन्छ, किनकी मैले २०४६ सालमा पाँच घन्टा मात्र बिताउने र २०७५ सालमै फर्कने भनेर टाइम मेसिनमै ‘ब्याक टाइम’ सेट गरेको थिएँ। 

नभन्दै, म २०७५ सालमा फर्कन्छु, साँझको सात बजिसकेको रहेछ। 

मीन बज्राचार्यलाई फोन गछुर्् र स्वर्णीम सन्ध्याका पुराना एल्बमहरु हेर्न चाहेको जानकारी दिन्छु। उनले भोलि बिहानै घरमा भेट्न बोलाउँछन्। 

अर्को दिन, मीनजीको घरमा पुग्दा उनी आफ्नो बैठक कोठामा पुराना फोटाहरु चारैतिर फैलाएर बसिरहेका हुन्छन्। दर्जनौं फोटाहरुको भिडमा दुईवटा फोटा भेट्छु, जसमा नारायण गोपालसँगै टाँस्सिएर दंग पर्दै उभिएको मेरो फोटो हाँसिरहेको हुन्छ। 

मीनजीलाई समय यात्राको जानकारी दिँदै घर फर्कन्छु। उनी पनि केही दिनअघि समय यात्रा गरेर २००७ साल फागुन ७ मा पुगेका रहेछन् र दिल्लीबाट फर्केका राजा त्रिभुवन डकोटा विमानबाट एयरपोर्टमा उत्रदै गर्दाका फोटाहरु खिचेका रहेछन्, डिजिटल क्यामराले।

‘जस्ट ल्याण्डिङ फ्रम २०४६, सेल्फी विद स्वर सम्राट’ 

फेसबुकमा फोटो पोष्ट गर्छु। 

लाइकको ओइरो सुरु हुन्छ। 

‘इट्स अम्याजीङ कुसुम, आइ वाज अल्सो प्रिजेन्ट देयर’, पत्रकार विजयकुमारको पहिलो कमेन्ट आउँछ।

‘थ्यांक यू दाजु’, मेरो रिप्लाई। 

के यो सम्भव छ?
अहो, मैले यहाँ कल्पना गरेजस्तो घटना वास्तवमै सम्भव भए कति जाती हुन्थ्यो। समय यात्रा गरेर कहिले अतितमा त कहिले भविष्यमा पुग्न पाए कति मजा आउँथ्यो? अतितमा पुगेर आफ्ना पुराना गल्तीहरु सच्याउन सकिन्थ्यो अनि भविश्यमा पुगेर आफ्नो नियती बुझ्न सकिन्थ्यो। 

के यति काइदाको कुरा सम्भव होला?

समय यात्राको परिकल्पना धेरै वर्ष पहिलेदेखि मानिसहरुले गर्दै आएका छन्। खासगरी लेखक र साहित्यकारहरुले नै यो परिकल्पना बाहिर ल्याएका हुन्। विज्ञानका धेरैजसो खोज र आविष्कारसँग ‘साइन्स फिक्सन’को गहिरो सम्बन्ध छ। कुनै कल्पनाशील एवं भावुक साहित्यकार मानव जीवनलाई उन्नत र सहज कसरी बनाउन सकिन्छ भनेर घोत्लिन्छ र आफ्नो कृतिमा विभिन्न यन्त्र या प्राविधिक सम्भावनाका बारेमा चर्चा गर्छ। कालान्तरमा लेखकको त्यो काल्पनिक उडानले सार्थक अवतरण पाउँछ, अर्थात वैज्ञानिकले त्यो काल्पनिक यन्त्र या प्रविधि आविष्कार गर्छन्।  

सन् १८९५ मा इंग्ल्याण्डका प्रख्यात लेखक हर्बट जर्ज वेल्सले एउटा अदभूत उपन्यास लेखे, ‘द टाइम मेसीन।’

यो उपन्यासले धेरै पाठकको मथिंगल खलबल्यायो। यसमा आधारित रहेर हलिउडमा चलचित्र पनि बन्यो। यही ‘थिम’मा रहेर धेरै कथाहरु लेखिए। वैज्ञानिकहरु पनि यसको सम्भावनाबारे घोत्लिन थाले र कल्पनाशील मानिसहरुले विभिन्न ‘कन्स्पीरेसी थ्यौरी’हरु प्रकाशमा ल्याए र तिनमा आधारित चलचित्रहरु निर्माण हुन थाले। 

‘द टाइम मसीन’, ‘ब्याक टु द फयूचर–२’, ‘मेन इन ब्ल्याक–३’, ‘लुपर’ र ‘टर्मिनेटर’ लगायतका प्रख्यात हलिउड चलचित्रमा समय यात्राकै कथा छ। जस्तै ‘मेन इन ब्ल्याक’का मुख्य पात्र समय यात्रा गरेर अतितमा जान्छन् र त्यहाँ भेटिएका अर्का मित्रसँग भन्छन्, ‘म भविष्यमा मरिसकेको छु।’

‘टर्मिनेटर’का सुरुका दुइ भाग जेम्स क्यामरुनले निर्देशन गरेका थिए, बाँकी तीन भाग अन्य निर्देशकले। यी पाँचै सिक्वेलमा पात्रहरु भूत, वर्तमान र भविष्यमा यात्रा गर्छन्। पाचौँ भाग ‘जिनेसीस’मा यो प्रसँग झन स्पष्ट हुन्छ। यसको छैठौँ भाग २०१९ मा रिलिज हुँदैछ। टर्मिनेटरमा मुख्य पात्र एक प्रसंगमा भन्छन्, ‘उनीहरुले मेरी आमालाई मार्न भूतकालमा टर्मिनेटर पठाएका छन्, म अब आमालाई बचाउन अतितमा जान्छु।’ 

तैपनि प्रश्न कायमै छ, के यो सम्भव छ? 

यो शताब्दीका महान भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त (थ्यौरी अफ रिलेटिभिटी)का अनुसार समय यात्रा पक्कै सम्भव छ। उनका अनुसार पृथ्वीका हामी मानिस अहिले पनि समय यात्रा गरिरहेकै छौं। तर, त्यसको आयाम भूतबाट वर्तमान र वर्तमानबाट भविष्यतर्फ मात्रै केन्द्रित छ। अर्थात मान्छे जन्मन्छ, युवा हुन्छ, बुढो हुन्छ र एक दिन मर्छ। यो पनि समय यात्रा हो। हाम्रो समय यात्राको दर हो, एक घन्टाका लागि एक घन्टा। अर्थात हामी पृथ्वीका बासिन्दालाई आफ्नो जीवनको एक घन्टाको यात्रा गर्न एकै घन्टा लाग्छ। 

के हामी समय यात्राको यो रफ्तारलाई बढाउन र अघिपछि मोडन सक्दैनौं? के हामी एक घन्टामै सयौं वर्ष अगाडि भविष्यमा या अतितमा पुग्न सक्दैनौं? थ्यौरी भन्छ, अवश्य सक्छौं। पलभरमै हामी हजारौं वर्षको यात्रा पार गर्न सक्छौं।

आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्तको खोज गरेपछि नै समय यात्राको सम्भावनाको चिन्तन घनिभूत हुँदै गएको हो। आइन्सटाइनले पिण्ड, प्रकाश, गति, दुरी, ‘स्पेस’ र समयका बारेमा स्पष्ट सिद्धान्त प्रतिपादन नगर्दासम्म सबैको धारणा के थियो भने ब्रम्हाण्डमा जताततै समयको गति पृथ्वीकै जस्तो हुन्छ। आइन्स्टाइनले समयको नयाँ सोच ल्याए। उनका अनुसार समय र अन्तरिक्ष आपसमा जोडिएका छन्, जसलाई ‘स्पेस टाइम’ भनिन्छ । समय चौथो आयाम हो। 

आइन्सटाइनले समयको गतिलाई तिब्र या मन्द गर्न सकिने सूत्र पहिल्याए। उनले भने, ‘ब्रम्हाण्डमा समय एक नदि सरह चलिरहेको छ। जसरी नदिको बहाव कतै तिब्र र कतै मन्द हुन्छ, त्यसैगरी ब्रम्हाण्डमा समय पनि अलग अलग स्थानमा अलग गतिका साथ चलिरहेको छ।’

यही सूत्रले नै समय यात्राको सम्भावनालाई पनि चम्किलो बनायो। आइन्स्टाइनको सिद्धान्त अनुसार कुनै पनि वस्तु जति तिब्र गतिका साथ अघि बढछ, समय उत्तिकै मात्रामा घटदै जान्छ। उदाहरणका लागि हामी तिब्र रफ्तारका साथ चल्ने बुलेट ट्रेन या हवाइ जहाजमा यात्रा गर्छौं, त्यसबेला यात्रुको समय बाहिरी संसारको तुलनामा धेरै कम हुँदै जान्छ। जब हामी बुलेट ट्रेन या जहाजबाट ओर्लन्छौंं, त्यसबेला हामी भविष्यमा पुगिसकेका हुन्छौं। तर, पृथ्वीबासीले चढने बुलेट रेल या हवाइजहाजको रफ्तारबाट हामी एक एक सेकेन्डको एक करोडौं हिस्सा समय मात्र भविष्यमा पुगेका हुन्छौं। जुन हामीलाई बोध नै हुँदैन। बोध हुने गरी भविष्यमा पुग्ने हो भने हाम्रो बुलेट रेल या हवाइ जहाजको रफ्तार प्रकाशको गति या त्यसको ९५ औं प्रतिशत हुनुपर्छ। 

हालै दिवंगत महान भौतिकशास्त्री एवं ‘विग ब्यांग’ र ‘ब्ल्याक होल थ्यौरी’का आविष्कारक स्टफेन हकिङले पनि समय यात्राको सम्भावनालाई स्वीकार गरेका छन्। उनले पृथ्वीमा एउटा यस्तो रेलवे लिकको कल्पना गरेका छन्, ज्ुन लिक पृथ्वीको वरिपरी वृत्ताकार रुपमा घेरिएको होस्। र त्यसमा गुड्ने रेल प्रकाशको गतिबाटै चलोस्।

प्रकाशको गतिमा चल्ने रेलभित्र बसेका यात्रुहरुका लागि समयको गति सुस्त भइहाल्छ। हुन त रेलमा बसेका यात्रुका लागि समयको गति सामान्य महसुस हुनसक्छ, तर त्यस अवधिमा रेलबाहिरको समय भने अति उच्च मात्रामा घटेको हुन्छ। यात्रुले यस्तो रेलभित्रको समय अनुसार एक साता यात्रा गरेर अर्को स्टेशमा उत्रँदासम्म बाहिर पृथ्वीमा ६५ वर्ष बितिसकेको हुनेछ। अर्थात उनीहरुले आफुहरुलाई भविष्यमा पाउनेछन्। घर पुग्दा उनीहरुले आफ्ना छोराछोरी बुढाबुढी भइसकेको पाउनेछन्। 

यसलाई ‘टाइम डायलेशन’ भनिन्छ। टाइम डायलेशनको प्रत्यक्ष उदाहरण त, अन्तरिक्षमा रहेको ‘स्पेस स्टेसन’ नै हो। स्पेस स्टेसनले तिब्र रफ्तारका साथ पृथ्वीको परिक्रमा गरीरहेको हुन्छ। कुनै अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा ६ महिना बिताएर पृथ्वीमा फर्कियो भने उसको आयु शून्य दशमलव शून्य शून्य पाँच सेकेन्ड कम हुन्छ। अर्थात पृथ्वीका मानिसको आयुको तुलनामा उ त्यति मात्रामा जवान हुन्छ। प्रकाशको गतिसँगै टाइम डायलेशन पनि बढदै जान्छ र समय सुस्त हुँदै जान्छ। यसका साथै दुइ पिण्ड या स्थानबीचको दुरी पनि कम हुँदै जान्छ। यसलाई ‘लेन्थ कन्ट्रयाक्सन’ भनिन्छ। 

केही वर्षअघि प्रदर्शनमा आएको क्रिस्टोफर नोलान निर्देशित चलचित्र ‘इन्टरस्टेलर’मा प्रकाशको  गतिमा गरिएको यात्राको दृश्य देखाइएको छ। चलचित्रमा अन्तरिक्ष यात्री एउटा यस्तो ग्रहमा अवतरण गर्छन्, जसको गुरुत्वाकर्षण पृथ्वीभन्दा तीस प्रतिशत बढी हुन्छ। त्यो ग्रहले एउटा प्रकाशको ५५ प्रतिशत गतिमा ब्ल्याक होललाई परिक्रमा गरिरहेको हुन्छ। ‘गार्गान्तुआ’ नामक त्यो ब्ल्याक होलको द्रव्यमान दस करोड सूर्य बराबरको हुन्छ र त्यसको गति पनि प्रकाशको ९९ दशमलव ८ प्रतिशत हुन्छ।

सो ग्रहमा तीन घन्टा बिताएर यात्रीहरु जब अन्तरिक्ष यानमा फर्किन्छन्, तब २४ वर्ष बितिसकेको हुन्छ। अर्थात् उनीहरु भविष्यमा पुगिसकेका हुन्छन्। 

प्रकाशको गति सम्भव छ? 
सोच भएर मात्र हुँदैन, साधन पनि चाहिन्छ। उत्साह भएर मात्र पुग्दैन, उर्जा पनि चाहिन्छ। विज्ञानले भनिसक्यो, समय यात्रा सम्भव छ। तर, यात्राका लागि सरजामको पनि त जोहो गर्नुपर्छ। पृथ्वीमा गुड्ने रेल होस या उडने हवाइजहाज, त्यसका लागि इन्धन चाहिन्छ। 

समय यात्राका लागि पनि उर्जा त पक्कै चाहिन्छ । के प्रकाशको गतिबाट चल्ने रेल बनाउन सम्भव होला? हो, समस्या यहींनेर पेचिलो छ। वैज्ञानिकहरुको अबको खोज र अनुसन्धान यही बिन्दुमा आएर बढी केन्द्रित भइरहेको छ। 

हाललाई प्रकाशको गति पक्डन मुश्किल छ। किनकि, कुनै पनि वस्तुको गति बढ्नासाथ त्यसको मास (द्रव्यमान) पनि बढ्दै जान्छ। मानौैं, वैज्ञानिकहरुले प्रकाशकै गतिबाट चल्ने रेलको निर्माण गरे र त्यसलाई स्टार्ट गरे भने त्यसको द्रव्यमान अनन्त भइदिन्छ। अनन्त द्रव्यमान भएको वस्तुलाई चलाउन अनन्त उर्जाकै खाँचो पर्दछ। र, त्यो अनन्त उर्जा हाल हामी बाँचिरहेको ब्रम्हाण्डमा रहेको मिल्की वे ग्यालेक्सी (आकाशगंगा)मा समेत छैन। 

उर्जाको यो विराट अभावकै कारण समय यात्राको अवधारणा सिद्धान्ततः सही भए पनि व्यवहारतः सम्भव हुन नसकिरहेको हो।

यही भएर अर्को कन्स्पिरेसी थ्यौरी पनि आएको छ, जसमा स्पेस टाइममै भएको छिद्रबाट भविष्यमा यात्रा गर्न सकिन्छ, जसलाई ‘क्लोज्ड टाइमलाइट स्ट्रक्चर’ भनिन्छ। जस अनुसार स्पेस टाइममा एउटा यस्तो छिद्र हुन्छ, जसले स्पेस टाइमको एउटा बिन्दुलाई अर्को बिन्दुसँग निकट दुरीमा जोड्छ। जसबाट हामी लाखौं प्रकाश वर्ष परको स्थानसम्म कम समयममै पुग्न सक्छौं। तर, यो पनि आइन्स्टाइनको सिद्धान्तमा मात्र सीमित छ, व्यवहारतः त्यस्तो छिद्र या ‘वार्म होल’ अहिलेसम्म अस्तित्वमा फेला परिसकेको छैन। 

तैपनि आशा गरौं, भविष्यमा कुनै न कुनै दिन प्रकाशको गतिलाई जित्न मानव सभ्यता सफल हुनेछ र हाम्रो समय यात्राको सपना साकार हुनेछ। किनकि, धेरै वैज्ञानिकहरुले मानेको अर्को ‘कन्स्पिरेसी थ्यौरी’ के पनि हो भने यो ब्रम्हाण्ड सम्भावना नै सम्भावनाले भरिएको छ, यहाँ हामी जे कल्पना गरिरहेका हुन्छौं, त्यो कुरा अर्को कुनै ब्रम्हाण्डमा घटित भइरहेको पनि हुन सक्छ। कल्पना आफैंमा सत्य हो र आजसम्म हामीले भौतिक जगतमा देखेका सत्यहरु कल्पना र परिकल्पनाकै उपज हुन्। 

नारायण गोपाल दाई, म नभए नि, मेरो भावी पुस्ता तपाईंको समयमा पक्कै आउने आशा छ। 

किनकि यो सम्झिने मन छ, म बिर्सुं कसोरी?

प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५  १२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्