• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टीआरसी विधेयक:

प्रधानमन्त्री प्रचण्डको हतारो, सहमतिको बिन्दु खोज्दै उप–समिति

64x64
नेपाल लाइभ सोमबार, साउन १५, २०८०  १८:५४
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई भेट्न आएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहयोग मागे। कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्यसमेत रहेका परियारसँग प्रधानमन्त्रीले उक्त विधेयकमा सहमति गर्न गठन भएको उप–समितिले गरेको कामबारे पनि चासो राखे। 

केही दिन विदेश भ्रमण गरेर फर्केका प्रधानमन्त्रीले उक्त विधेयक छिट्टै पारित हुनुपर्ने भन्दै यसलाई छिट्टै टुंग्याइदिन पनि अनुरोध गरे। प्रधानमन्त्री प्रचण्डले आइतबार बालुवाटारमा सत्ता गठवन्धनका नेता र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि यो विधेयक पारित गर्न सहयोग मागे।

प्रतिनिधि सभा अन्तर्गतको मानव अधिकार समितिको उप–समितिमा रहेको ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन विधेयक’लाई दलहरुको सहमतिमा टुंग्याएर प्रतिनिधि सभामा पेस गर्न ढिलाई भइसकेको भन्दै उनले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहयोग मागेका थिए। यो क्रम प्रधानमन्त्रीले सोमबार पनि जारी राखे। 

दोस्रो दिन प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसहित अन्य दलका सचेतकसँग छलफल गर्दै संसद्को प्रभावकारी सञ्चालनसँगै समितिमा रहेको संक्रमणकालीन विधेयकमा पनि चासो राखे। बालुवाटारमा प्रधानमन्त्रीले चासो र चिन्ता गरिएको विधेयक भने उप–समितिमा सहमति जुटाउने काम भइरहेको छ।

समितिले पछिल्ला दिनहरुमा उक्त विधेयकमा लगातार छलफल गरिहेको छ। उप–समितिले मानव अधिकार आयोग, संक्रमणकालीन न्यायको पक्षमा काम गरिरहेका विज्ञ र कानुनका जानकारसहितलाई राखेर छलफल गरिरहेको रास्वपाका सचेतक परियारले बताए। संक्रमणकालीन न्यायसम्बन्धी आयोगको विधेयक गम्भीर र दूरगामी महत्त्वको भएकाले नै उप–समिति बनाएर यसमा छलफल भइरहेको उनले बताए। 

साउन ५ गते उप–समितिको म्याद पनि थप भएको थियो। दुई साता थप भएको म्यादमा अब केही दिनमात्र बाँकी रहेको छ। उप समितिको प्रतिवेदन बुझाउने समय नजिक आउँदै गर्दा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले चासो दिएर छलफल पनि थालेका हुन्। उक्त विधेयकको प्रत्यक्ष सरोकारवाला पक्ष पनि माओवादी भएकाले विधेयकमा प्रधानमन्त्रीको धेरै चासो रहेको देखिन्छ।

गत जेठ ५ गते सहमति जुटाउनका लागि उप–समिति गठन गरिएको थियो। उप–समितिले सुरुमा २१ दिनको समय पाएको थियो। तर उक्त २१ दिनमा सामान्य छलफलबाहेक केही हुन नसकेपछि पुन: साउन ५ गते म्याद थप गरिएको हो। यो विधेयकका विवादित विषय शीर्ष तहमै बसेर सहमति गरी टुंग्याउनुपर्ने भएपछि उप–समिति अन्योलमा रहँदै म्याद सकिएको थियो।

उपसमितिमा नेकपा एमालेबाट सुवास नेम्वाङ र महेश बर्तौला, नेपाली कांग्रेसवाट रमेश लेखक, जीवन परियार र शुसिला थिङ सदस्य रहेका छन्। त्यस्तै माओवादी केन्द्रबाट पूर्णबहादुर घर्ति मगर, रास्वपाबाट सन्तोष परियार, जनमतबाट गोमा लाभ, जसपाबाट रञ्जुकुमारी झा, राप्रपाबाट ध्रुवबहादुर प्रधान र एकीकृत समाजवादीवाट शेरबहादुर कुँवर सदस्य रहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उप–समितिमा नेपाली कांग्रेसबाट नेतृत्व गरिरहेका रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक उप–समितिमा छलफलकै क्रममा रहेको बताए। ‘उप–समितिले आफ्नो काम द्रुत गतिमा गरिरहेको छ,’ लेखकले भने,  ‘उप–समितिले विवादमा रहेका केही विषयमा सहमति बनाउने कोसिस गरिरहेको र त्यो टुंगिएलगत्तै केही दिनभित्र प्रतिवेदन समितिमा पठाउँछ।’ उक्त प्रतिवेदनमा समितिले छलफल गरेर विवाद बाँकी रहेका विषय टुंग्याउने लेखकले बताए।

मंसिरमै पास गराउन खोजिएको विधेयक आठ महिनासम्म समितिमै
सरकारले मंसिर ४ गतेको निर्वाचनअघि नै उक्त विधेयक संसद्‌बाट पारित गराउन खोजेको थियो। मंसिर ४ पछि आएको सरकारले पनि विधेयकलाई समितिमा नपठाइ पारित गराउने प्रयास गरेको थियो।

तर, दलहरुकाबीचमा फरक–फरक मत आइरहँदा यो विधेयक रोकिएको थियो। पछिल्लो पटक दलहरुले सहमति नै गरेर यो विधेयक समितिमा पुगेको थियो।

प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सहमति गर्दै यसलाई समितिमा छलफल गरेर छिट्टै पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

Xtrem

Xtrem

लगत्तै प्रतिनिधि सभाले उक्त विधेयकमाथि परेका संशोधनहरुलाईसमेत सम्बोधन गर्दै छलफल गरेर प्रतिवेदन पेस गर्न मानव अधिकार समितिमा पठायो।

मानव अधिकार समितिले उक्त विधेयकमाथि गम्भीर छलफल गरी प्रतिवेदन तयार गर्न भन्दै ११ सदस्यीय उप–समिति गठन गरेको थियो। जेठ ५ गते मानव अधिकार समितिले यस्तो उपसमिति गठन गरेको थियो। 

उप समितिलाई ३ साताको समय दिइएको थियो। सबै राजनीतिक दलको प्रतिनिधित्व हुनेगरी उपसमितिको बैठक पनि बसेको थियो। उपसमितिमा सत्ता पक्षका ७ र विपक्षका ४ जनाको प्रतिनिधित्व थियो। तर उप–समिति लामो समयदेखि विवादित भएका विषयमा निष्कर्षमा पुग्न नसकेपछि लामो समय अलपत्र भयो।

चार वर्ष अवधि र विवादित विषयमा सहमति खोज्दै उप–समिति
उप समितिले पछिल्लो छलफलमा केही विवादित बुँदाहरुमा सहमति खोजेको छ। उप–समितिका एक सदस्यका अनुसार आयोगको अवधि चार वर्ष राख्ने सहमति भएको छ। प्रस्तावित विधेयकमा २ वर्ष राखिएको थियो। 

त्यसलाई बढाएर चार वर्ष बनाउन उप–समिति सहमत भएको हो। लामो विवाद र करिब ६० हजारको संख्यामा उजुरीहरुमाथि अध्ययन गर्नुपर्ने भएकाले २ वर्ष अवधि अपुग हुने भएकाले ऐनमा एकै पटक चार वर्ष राख्नेकुरामा सबै दलका सांसदहरु सहमत भएपछि उप–समितिले उक्त कुरा टुंग्याएको हो। 

उप–समितिले यी मुद्दाहरु सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्दै विशेष अदालतमा दर्ता गर्ने, विशेष अदालतमा न्याय परिषद्ले तोकेका न्यायाधीशहरु रहने कुरामा पनि सहमति गरेको छ।

त्यस्तै विधेयकमा भएको जघन्य मानव अधिकार उल्लंघन र मानव अधिकार उल्लंघनकाबीचमा विवाद भइरहकाले यसको समाधान खोज्ने प्रयास गरिरहेको छ। उप समितिले यो विवाद शीर्ष तहमै टुंगिनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङसमेत अनौपचारिक रुपमा गरेपछि प्रधानमन्त्रीले सक्रियता देखाएका हुन्।

त्यस्तै सजाय गर्ने, हदम्याद राख्ने कि नराख्ने र अन्य केही प्रस्तावित विधेयकका बारेमा पनि सहमति गर्ने प्रयासमा उप–समिति सक्रिय रुपमा लागेको छ।

उक्त विधेयकलाई नेपालभित्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि चासोका साथ हेरिएको छ। नेपालमा पीडितहरुले न्याय नपाए अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित हुने  भएकाले उनीहरुले चासोका साथ हेरिरहेका हुन्।

त्यस्तै द्वन्द्वकालमा मानव अधिकार हननमा संलग्नहरुलाई अन्तर्राष्ट्रिय निकायले पनि निर्देशन दिने काम गरेका छन्। द्वन्द्वकालीन मुद्दाको अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित हुँदा त्यसले तत्कालीन समयमा युद्धरत सबै पक्षलाई असर पार्ने भएकाले प्रधानमन्त्री प्रचण्डले आफू सरकारको नेतृत्वमै रहेको समयमा टुंग्याउन चाहेका छन्। 

प्रधानमन्त्री प्रचण्डले उक्त विधेयकलाई सत्ता पक्षको साथ लिँदै उप–समिति, समिति हुँदै संघीय संसद्‌बाट पास गराएर आयोगहरुलाई पनि सक्रिय बनाउँदै मुद्दाहरुको समाधान दिने बताउँदै आएका पनि छन्।

यो पनि पढ्नुहोस

संक्रमणकालीन ऐन सम्बन्धी विधेयक संसद्‌मा टेबल, फास्टट्रयाकमा पारित गराउने सरकारको तयारी

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह
सम्बन्धित सामग्री
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले युवाहरू आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताएका हुन् । उनले अहिलेको राजनीतिक परिस्... बुधबार, असोज २१, २०८३
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच एकता भएपछि बस्न लागेको यो पहिलो बैठक हो । बुधबार, असोज २१, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बोलाएको छ। पहिलो बैठक बिहीबार तय भएको एमाले सचिवालयले जनाएको हो। बैठक दिउँसो १ बजेदेखि... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह बुधबार, असोज २१, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट: १ हजार ४ सय ५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्