• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विद्युतीय व्यापारसम्बन्धी विधेयकमा विज्ञको सुझाव- व्यापारीलाई करको दायरामा ल्याउन सकिन्छ

64x64
नेपाल लाइभ आइतबार, साउन १४, २०८०  १७:२१
1140x725

काठमाडौं- सूचना प्रविधिको माध्यमबाट हुने वस्तु वा सेवाको व्यापारिक कारोबारोलाई नियमन गरी व्यवस्थित गर्न बनेको विद्युतीय व्यापार विधेयक २०८० का विषयमा विज्ञहरुसँग छलफल भएको छ। 

आइतबार राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन समितिले विद्युतीय व्यापारका सन्दर्भमा विज्ञहरुको राय लिएको हो। विधुतीय व्यापारको माध्यमबाट हुने कारोबारोलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात प्रवर्द्धन तथा लघु, घरेलु, मझौला उद्योगको उत्पादन वृद्धि गर्ने उद्देश्यसहित ल्याएको विधेयकमा विज्ञहरुले सुझाव दिएका छन्। उक्त विधेयकमा विज्ञका रुपमा डा राजीव सुब्बा र उद्धव मैनालीले दफावार सुझाव दिएका छन्। 
 
बैठकमा डा सुब्बाले विद्युतीय व्यापार सम्बन्धी विधेयक उपभोक्ता केन्द्रित रहेको बताए। उनले भने, ‘यो विधेयक उपभोक्ता केन्द्रित रहेको छ। उपभोक्ताको कानुन परिमार्जन गर्दा धेरै कुरा समेटिन सक्छन्। तथ्याङ्क बेचेरै संसारका थुप्रै विकसित राष्ट्रहरु धनी बनेका छन।

उनले यस विधेयकलाई सामाजिक सञ्जालबाट बाहिर राख्न नमिल्नेमा जोड दिए। उनले इकमर्सका व्यापारीलाई प्यानमा दर्ता गर्न सकेको अवस्थामा साना तथा मझौला व्यापारीलाई करको दायरामा ल्याउन सकिने बताए। 

डा सुब्बाले उक्त विधेयकको दफा १० को उपदफा २ मा क्रेताले वस्तु वा सेवा फिर्ता गरेमा व्यवसायीले त्यस्तो वस्तु वा सेवा बिनासर्त फिर्ता लिने कुराले व्यापारीलाई असर पर्न सक्ने जिकिर गरे।

त्यसैगरी उनले दफा ११(२) अनुसार अग्रिम भुक्तानीको कुरा हटाउनु पर्ने, दफा १३ बमोजिम बिक्री वितरण गर्न नहुने भन्ने प्रावधानमा अनुमति वा स्वकृति कसको लिनुपर्ने भन्ने विषय प्रष्ट नभएको दाबी गरे। उनले दफा  १६ बमोजिम करार गर्दा लिखित रुपमा मात्रै नभई डिजिटल समेत व्यवस्था गर्नुपर्ने सुझाव दिए।

Ncell 2
Ncell 2

डा सुब्बाले विधेयकमा विधुतीय कारोबार सम्बन्धी ऐन लागू नभएको, गोपनीयता सम्बन्धी कानुनलाई समेत विधेयकले समेट्नु पर्नेमा जोड दिए। त्यसैगरी विधेयकमा बिना सबुत प्रमाण उजुरी दिने व्यक्तिलाई सजायको व्यवस्था हुनुपर्ने, अनुसन्धान अधिकृत र अनुसन्धानको समयसीमा तोक्नुपर्ने, फोनमार्फत गुनासा सुन्ने व्यवस्था हुनुपर्नेमा जोड दिए। 

त्यसैगरी विज्ञ एवं अनुसन्धानकर्ता उद्धव मैनालीले इकमर्शबाट सेवाग्राही ठगिनबाट जोगिने, व्यवसायीहरुलाई करको दायरामा ल्याउन र सम्पत्ति सुदृढीकरण गर्नका लागि विद्युतीय व्यापारसम्बन्धी विधेयक आवश्यक भएको औंल्याए।

उनले इकमर्शमार्फत किनेको वस्तु बिग्रेको भएमा त्यसको जिम्मेवार सम्बन्धित सेवा प्रदायक निकाय हुनु पर्नेमा जोड दिए। त्यसैगरी उनले विदेशी लगानी कर्तालाई दर्ता गर्न दिएमा मुलुकको पूँजी पलायन हुने भएकाले उनीहरुलाई दर्तामा बन्देज गर्नु पर्ने कुरा विधेयकमा समेट्न सुझाव दिए। उनले बिल जारी गर्ने र बिल नपाएको विषयमा दायित्व समेट्नु पर्ने, घरेलु उत्पादनलाई सहुलियत दिनु पर्ने र विधेयक बनिसकेपछि बन्ने निर्देशिकाको समयसीमा निर्धारण गर्नु पर्नेमा जोड दिए। 

विज्ञसँगको रायपछि समितिका सभापति जयन्तीदेवी राईले सुझावहरु स्वागतयोग्य रहेको बताइन्। उनले यो विधेयक सबैको हितमा होस् भन्ने  रहेकाले कानुन मन्त्रालयसँग र सम्बन्धित सरोकारवालासँग समेत छलफल गर्ने बताइन्।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीयको मुटु नेपाली युवतीमा: केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सफल मुटु प्रत्यारोपण
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
यस्तो रहनेछ देशभरको मौसम आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँ... शुक्रबार, पुस ११, २०८२
कोभिड भ्याक्सिन र हृदयघातको सम्बन्धबारे एम्स अध्ययनले के भन्छ? यसको शिर्षक हो, ‘युवा वयस्कमा अचानक मृत्युको बोझः भारतको एक ठूलो अस्पतालमा एक वर्षसम्म गरिएको अध्ययन।’ बिहीबार, पुस १०, २०८२
क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार, पुस १०, २०८२
ताजा समाचारसबै
भारतीयको मुटु नेपाली युवतीमा: केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सफल मुटु प्रत्यारोपण शुक्रबार, पुस ११, २०८२
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै शुक्रबार, पुस ११, २०८२
यस्तो रहनेछ देशभरको मौसम शुक्रबार, पुस ११, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्